घण्टाघरबाट हेर्दा

अल्सर र क्यान्सर भो रे
नेकपाका सेकेण्ड अध्येक्षे प्रचण्डाउ वहु प्रतिभाशाली आदमी रै’छन् । सत्तामा गएसी’ नेकपा रोग्याउदै गाथ्यो । दक्षिण धाउदा पनि रोग निको भएन । उत्तरकाले घरैमा ल्याएर झारफुक गराउँदा पनि कसतो खालको रोग हो भनेर छुट्याउृनै सकेनन् । दुवै तर्फका पूर्व कार्जेकर्ताहरु आफैमा महाभारत गर्न थाल्या थे । सिराहामा कुर्र्सी हानाहान भयो । एकजना पूर्व मन्त्रीले धोति उचालेर सुइँकुच्चा ठोके । अन्त
मारामारसँग भिड्ने काम जारी छ । आफ्नैले आफ्नैलाई ठटाउन थालेपछि खप्रओ भन्दा प्रचण्डाउ ज्यादै चिन्तित र व्याकुल भए । आफ्ना पूर्वले नै बजाउलान् भन्ने त्रास बढेसी’ उनले नेकपालाई कुन रोगले गाज्या छ भन्ने पत्ता लगाउने अठोट गरेछन् । अन्तत ः उन्ले पत्ता लगाएरै छाडे । नेकपालाई अल्सर भा’रैछ र चाँडै नै क्यान्सर हुने उनले पत्ता लगएछन् । देशै भरिका नेकपाका कार्जेकर्ताहरु भोक विलास, मोज मस्ती, कमाउने धन्दामा लागेपछि अहिले अल्सर सम्मले समातेछ र पछि पछि त्यो क्यान्सर हुने छाट देखिएपछि उनी अत्तालिएका रै’छन् ।
कसैले हटाउन सक्दैन
पर्धानमअन्तरी खप्रओ वा’ले अस्तिका दिन फेरि धक्कु लगाएछन् । मलाई लेखेटेर हटाउन सम्भवै छैन, कसैको दाल गल्दैन भनेछन् । खप्रओको कुरा सुनेसी’ घण्टाघरलाई खित्का छाडेर हाँस्न मन लाग्यो । हैन हौ तिन्लाई कस्ले लखेटेर हँटाउन खोजेछ हँ ? विचारा दौडन सक्दैनन् । अर्काको अंगले यसो ल¥यात¥याङ्ग गर्छन् । जो भाग्न सक्छ त्यसलाई पो लेखेट्ने हो त । भाग्नै नसक्नेलाई लेखेट्ने कुरा पनि आएन । अर्काकै अंगले चले पनि खप्रओ साह«ै बलिया छन् । जनता उन्का पक्षमा नभए नि दुई तिहाई जनप्रतिनिधि उनकै पक्षेमा छन् । स्थानीय, प्रदेश, संघमा खप्रओका बारेमा कस्ले बोल्ने ? उन्का विरुद्धमा बोलेर अनिष्ट निम्त्याउनु छ र ? आफना विरुद्धमा बोलेर हिडने ज्ञानेन्द्र शाही, रवि लामिछानेको कस्तो कन्तविजोग बनाइदिए । अब यस्ता खरा बूढाका विरुद्धमा कस्ले बोल्ने ? विपक्षीको त आँट छैन आफनो को त कुरै छाडौ । कि कसो हौ खप्रओ बा
प्रक्राउ गर्ने मिल्दैन रे
यो मुलुकाँ के हुन थाल्यो है ? नेप्लिज लाँग्रेसका मुखिया छेरबहादुरले अस्तिका दिन भक्तपुरतिर गएर भनेछन् १२ बर्ष अगाडि मान्छे मार्नेलाई अँठ्याउन पाइदैन । तिन्का कुरा सुनेर एक पटक त रन्न रन्को छुट्यो । अब छेरबहादुर सठ्याएछन् भन्ने लाग्यो । पुलिसले रौतहतका अफ्ताव आलमलाई जिउँदो मान्छेलाई इँटा भट्टाको आगोमा हातखुट्टा बाधेर जलाउने कसुर गरेको भन्दै पक्राउ गरेको छ । १२ बर्ष अगाडिको घट्ना अहिले उदांगो पार्नु त भएन नि । फेरि आलम काँग्रेसका सांसद परे । काँग्रेसका सांसदलाई, नेतालाई, कार्यकर्तालाई प्रक्राउ ग¥यो भने लोकतन्त्र खतरामा हुन्छ । आलम पक्राउ परेसी देउवाले लोकतन्त्र खतरामा परको देखे । सत्तामा कम्निष्ट छन् षड्यन्त्र गरेर लोकतन्त्रवादीहरुलाई फँसाउन खोजिदै छ रे दउवाले भन्या । आलमलाई तुरुन्तै छाड्नुपर्छ नत्र लोकतन्त्र खतरामा पर्छ ।
जनप्रतिनिधि जिल्लराम
जन्ताको सेवा गर्छम भनेर जन्ताबाट भोट मागेर गएका जनप्रतिनिधिहरुले जनतालाई जोर लात्ती बजाउँदै उनेरले तिरेको कर भागबण्डा गरेर बुक्याउन थालेसी तिन्का सात पुस्ताले गाली खाँदै आएका थिए । जन्तालाई त माखो बराबर पनि गन्न छाड्या थे । तर सर्वोच्च अदालते अस्तिका दिन तिनका बाजा बजाइद्यिा छ । सर्वोच्चले बाजा बजाइदिएसी’ यतिबेला स्थानीय तहका जनप्रतिनिधिहरुमा रुवाबासी चल्या छ । ती सबै जिल्लराम भएका छन् । अब उप्रान्त तिन्ले स्थानीय निकायेबाट तलब भत्ता हसुर्न नपाउने भएका छन् । गर्र्न पनि अत्याचारै ग¥या थे, मन लाग्यो विदेश भ्रमणमा गयो । लाखौ रुपैयाँको दारु पार्टी ग¥यो । जन्ताले तिरेको करबाट महँगा महँगा सवारी साधन किन्यो । आफन्तलाई जागिर लगाइदियो । जन्ताको काममा जन्ताबाटै घुस बजायो । अति गर्न अतिचार नगर्नु । अतिचार गर्दा खति हुन्छ । खै लाउकेहरुले कुरा बुझ्या ?
श्री ६ महारानी रे
सामाजिक सञ्जालमा हाम्रा राष्ट्रपतिलाई श्री ६ महारानी भनेर सम्बोधन गरेको देख्दा अचम्म लाग्न थाल्या छ ।
राष्ट्रपति भनया राष्ट्रपति नै हुन् । सबै राष्ट्रपति हुन्छन् ? खप्पराँ लेख्या हुनुपर्छ । द ुःख गरेपछि एक दिन न एक दिन कसो सुख नहोला ? हिजो भुटेका मकै, अरुका घरको भात खाएर राजनीति गरेकी हुन् बाबै । फेरि पर्र्धानमन्तरी खप्रओ दाहिने भएसी राष्ट्रपतिलाई कस्ले लछार्न सक्ने ? हैन इष्र्या पनि कत्रो हौ ? डेढ अर्बको हेलकोप्टर चढन् ? ५ किमीको दूरी तय गर्न पनि हेलिकोप्टर चाहिने ? कुरा त कति हो कति । खप्परमा भएपछि कसैलै इष्र्या गरेर हुन्छ र ? पु¥याउनेले पु¥याइदिएपछि चढ्नेलाई के को टन्टन ? कसैले त झन पिर्के महारानी सम्म भन्न भ्याएका छन् । गाडीबाट उत्रदा अप्ठेरो होला कि भनेर उनका सुरक्षाकर्मीहरुले पिर्का राखिदिए । त्यसरी राख्दैमा पिर्र्के महारानी भन्नुपर्छ र ? कसैको खिसी टेउडी गर्न पाए भन्दैमा ओभरचाहिँ गर्नु हुँदैन है ब्रोहरु ।
साधारण तारेखमा रिहा
बुद्ध एयरको जनकपुरस्थित काउन्टर तोडफोड गर्ने राजपाका सांसद प्रमोद साहलाई अदालतले साधारण तारेखमा रिहा गरेछ । राम्रै गरेछ यो मुुुलुकमा तोडफोड गर्ने, बलाकार गर्ने, भष्टाचार गर्ने सांसद, सभामुख, मन्त्रीलाई कारबाही हुनु हुँदैन । त्यस्ता ठूला ठूला मान्छेलाई पनि कारबाही गरेर हुन्छ त ? साहलाई कारबाही गर्नु हुँदैन भनेर तिन्को राष्ट्रिय जन्ता पार्टीका काजेकर्ता सडकमा आएर नाराबाजी गरेको सबैले देखेकै हुन् । बरु विचरा महराको पो कोही आएनन् । अठ्याउनै नहुने मान्छेलाई अँठ्याए पछि त्यस्तै हो । अदालतले पनि साधारण
तारेखमा छोड्छ र छोड्नुपर्छ । जाबो काउन्टर त तोडफोड गरेका हुन् नि † कसैको ज्यान लिएका होइनन, कसैलाई बलात्कार गरेका होइनन् । बरु कारबाही गर्नु छ भने बुद्ध एयरलाई गर्नुपर्छ । जहिल्यै पनि पिलेन डिले गरेर सास्ती दिन्छ । कुनै पिलेनले डिलो ग¥यो कि भटाभट त्यसका काउन्टर तोडफोड गर्नुपर्छ । अदालतले साधारण तारेखमा छोडिहाल्छ लन्ठै साफ ।
अपराधिक घट्ना रे
भडुवा राजनीति गर्दैै आएका अयाराम गयाराम नेता बाउरामले भन्या इँटा भट्टामा जिउँदै मान्छे जलाउनु आपराधिक घटना हो रे । जिन्दगीमा बाउरामले सही कुरा गरेको यही होला । लाँगेसका सांसद अफ्ताव आलमले आफू चुनाउ जित्न बम पड्काए, घाइतेलाई जिउँदै इटा भट्टाको आगोमा पोलेर मारे । अनि बाउरामले चाहिँ सत्तामा आउन के के गरे । मुक्ति अधिकारीलाई जिउँदै रुखमा बाँधेर काँटी ठोके । गाउँ गाउँबाट मान्छेहरुलाई लखेटे, अरुको सम्पत्ति कब्जा गरे, बैंक लुटे, दजनौ सेना प्रहरीलाई सिध्याए, १७ हजारलाई सिनित्तै बनाए । यो चाहिँ आपराधिक घट्ना हैन रे । एउटाले मान्छे मार्दा अपराध हुने अर्कोले मार्दाचाहिँ राजनीति हुने । क्या वात । हुन त बाउराम मार्काहरु यतिबेला विचलित भएका छन् । कहिले के बोल्छन्, कहिले के बोल्छन् । बाउरामले १० बर्षसम्म गरेको पनि अपराध हो, आलमले १२ बर्ष अगाडि गरेको पनि अपरोध हो । कि कसो हौ ?
अन्तेमा
राजपाका नेता राजिन्दर महतोलाई यतिबेला साह«ै ठूलो टेन्सिन भएको छ । उनलाई अरु कुरा त त्यस्तै हो कुन बेला खप्रअ‍ोको
सरकारले जेल हाल्ला भन्ने टेन्सिन भा’रैछ । अब मधेशवादी दलहरु सबै एक हुनुपर्छ नत्र खप्रओ सरकारले आफूहरुलाई जेल हाल्छ भनेर अस्तिका दिन निक्कै कुर्लेछन् महतो । हैन हौ महतो अब निक्कै कमजोर भएछन् क्यारे । पहिला पहिला अलिकति केही हुनासाथ आन्दोलन गर्ने धम्की दिन्थे । हिजो आज त आन्दोलनको कुरै गर्न छाड्या छन् । अब जन्ताले साथ नदेलान जस्तो देखेसी उन्ले आन्दोलनको कुरै गर्न छा्या छन् । नत्र त पहिला पहिला वाफ रे वाफ आगो खाएर अंगार विस्ट्याउला झै गर्थे । राजधानी बासीलाई दानापानी नै बन्द गर्ने चेतावनी दिन्थे । हिजो आज गलेछन् ।

तपाईको प्रतिक्रिया