घण्टाघरबाट हेर्दा

गज्जबै नशा चढेछ
गोडातीनेक महिना अगाडि कोरियाबाट नेपाल आएकी मुनले नेपालका कम्युनिस्टहरुको मथिंगलनै बिगार्दिछन् । त्यसैबेला त भन्थे मुनको गहुँत सत्ताधारी कम्निष्टहरुले घुट्याए अब अनर्थ हुन्छ । घण्टाघरलाई त विश्वासै लाग्या थिएन । तर समय वित्दै जाँदा विश्वास गर्नैप¥यो । अब हेरम न नेपालमा मठ मन्दिर बनाउँदा अब खप्रओको सरकारलाई आयस्रोत देखाउनुपर्ने भएको छ । मन्दिर किन बनाउन लाग्या ? पैसो कहाँबाट ल्याइस् ? सात पुस्ताको नालीबेली सबै बुझाउनुपर्ने नियेम बनाए रे । तर नेपालमा चर्च बनाउन चाहिँ कुनै आयस्रोेत देखाउनु पर्दैन रे । हुन त हो पनि चर्च बनाउनेहरुले आयस्रोत किन देखाउनु प¥यो । चर्च बनाउने आयस्रोत विदेशबाटै लुतुलुतु आउने हो ।
सत्ताधारी कम्निष्टहरुलाई यो कुरा भलिभाति थाहा छ । थाहा भएपछि आयस्रोत किन खोज्नु ? जे होस् मुनको गहुँत बडो शक्तिशाली
रै’छ । एक पटक घुट्याएपछि वातै खलास ।
गुठी सामन्तीको रे
नेपालमा कम्निष्टहरु पनि विचित्रका छन् । पहिला पहिला ज्यानमारा, सत्तामा पुगेसी मार्सिमारा, अब गुठीमारा त्यसैले सबै क्रिश्चियनका कवारा । हिजो दानी, धर्मात्माहरुले मठमन्दिर बनाएर त्यसलाई सञ्चालन गर्न आफ्नो सम्पत्ति सबै दिए । अब अहिले आएर गुठी सञ्चालन गर्नेहरु सामान्ती भन्दै हिड्या छन् नेपालका सुचने प्रवक्ता गोÏले बास्कोटा । वाल्वाटारको जग्गा समेत सिध्याएसी बचेखुचेको त्यही गुठीको थियो अब त्यो नि हजम बनाउने भए । हिजो दानीले दान दिएका जग्गा जमिन आज करोडौको भा’छ अनि तिन्का आखा गुठीका जग्गामा पुग्न स्वभाविक हो । हुन त सत्तामा पुगेसी नेपालका कम्निष्टहरुको पेट पटक अस्वभाविक फुल्दै जान्छ भन्थे हो रै’छ , के नफुलोस त वाइवडीको छ अर्ब त्यतै छि¥या छ । मेलाम्चीको अरबौ त्यतै छि¥या छ । क्विन्टलका क्विन्टल सुन त्यतै छि¥या छ । कमिशनका माल पनि त्यतै जम्मा भएको छ चारतिरबाट अक्टोपसले जस्तै सोहोरेर हसुरेपछि ड्याम्को भरिने नै
भयो ।
अब पानीको फिकर नगर्नु
धराने जनताले अब खानेपानीको फिकर गर्नु नपर्ने भएको छ । अब प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की छु मन्तरको लठ्ठी घुमाउने भएका छन् । धारामा पानी नआएर हैरान भएका धरानेहरुले यसो जोहो जाम गरेको पानी समेत डेंगुको भूत देखाएर बेकामे पालिकाकी मुखियाहरुले पोख्दै हिडेपछि चिन्तित भा’का धरानेहरुलाई मन्तरीले पानीको कुनै चिन्ता नलिन हामी घरैमा पानी ल्याइन्छिम् भनेर अस्तिका दिन भक्कु उल्लु बनाएछन् । हुन त विचराले के उल्लु बनाए भन्नु ? धराने जनता आफै उल्लु भा’छन् । देखिदेखि खानेपानी संस्थानमा एडिवीको सौता हुलेर थपडी मार्नेहरु यहाँ बाँचकै छन् । अनि पानी कसरी आउँछ ? हुन त कानुन मन्तरीले नि ठिकै भन्या हुन् । अहिले अलि हावा नबोले त नेपालका मन्त्री भन्न पनि लाज लाग्छ । त्यसैमाथि पर्धानमन्तरी खप्रओको उनी चेला हुन् । अनि हावा त बोल्नै प¥यो ।
अब बोल्यो कि पोल्यो
हिजो सडकाँ ढुंगामुढा हानेर गनतन्त्र ल्याउनेहरु यतिबेला डाँको छोडेर रुदैछन् । नेपालाँ गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर अम्रिका जानुजस्तै हो भन्नेहरुले मस्ति मारेका छन् । जन्ताले खाने अन्नदेखि औषधि समेत भ्याट लगाएर मस्त भएको सरकारले पत्रकारलाई गोर्खेलौरी कस्ने विद्येयक ल्याएको छ, गुठीका जग्गाहरुमा प्लटिङ्ग गरेर बेच्न विद्येयक लाएको छ । मानौ यो सरकारले के चाँिह गरेको छैन ? सब कुछ गरिरहेको छ । गर्ने नगर्ने दुवै काम गरिरहेको छ । अब फेरि अर्के गज्जवको विद्येयक ल्याउन लाग्या छ रे । अब उप्रान्त सत्तामा बस्ने वामपन्थहरुका विरुद्धमा जसले बोल्छ त्यसलाई ५ बर्ष कैद र १५ लाख
जरिवाना गर्ने विद्येयक तयार भा’छ रे । त्यो त साह«ै उचित विद्येयक तयार भएछ । खरखर आफ्नो गर्नु नि प्mुइøया खान बोल्नु । राजाका पालामा बोल्न पाइन भनेर खुबै फलाक्थे । अब चाल
पाउलाउ । थुतुनो उघ्रियो कि पाँच बर्ष जले र १५ लाख तिर्नुपरेपछि । नेप्लिज जन्ताले यस्तै खोजेको थिए यस्तै पाए । घण्टाघर त गदगद छ ।
लठैत मन्त्री
अति भएसी खति हुन्छ भन्थे हो कि क्या हो ? खप्रओको घर रुंगुवा सञ्चारमन्त्री र सरकारका प्रवक्ता भएसी मुलुकभरिका पत्रकाहरलाई काउछो दलेर उफार्देका छन् । हुन त लगौटीको जुम्रो टाउकोमा पुगेसी बढी सकसकाउँछ रे । गम्म परेको ठामबाट खुल्ला ठाउँमा पुग्दा सक्सकाउनु स्वाभाविक हो । अहिले वास्कोटा वालाई यस्तै भा’छ । घर रुंगेर बस्या मान्छे एक्कासी मन्त्री र प्रवक्ता हुँदा अस्वभाविक बर्बराउने गर्छन् नै । यिनको बर्बराहटबाट त्यही पार्टीका नेता कार्यककर्ताहरु आजित भएर अस्तिका दिन राजीनामै मागेछन् । गुठीयारलाई सामन्तवादको अवशेष भनेर फलाकेसी नेकपाकै रामबीर मानन्धरको कन्सिरी
रनक्क रन्किए छ । सार्वजनिक रुपमा माफी माग्न, पदबाट राजीनामा गर्न भनेछन् । नत्र आन्दोलनको आँधीबेहरी बास्कोटालाई सिनित्तै बढारिदिने भनेर जंगिएसी’ बास्कोटा यतिखेर दुलादालीतिर छि¥या छन् रे । काठमाण्डौका नेवार हत्तपत्त तातिदैनन् । तातिएसी तिन्लाई ठण्डा बनाउनै गाह« पर्छ । बास्कोटाबाले खै कुरा बुझ्या ? किन पछारिइस मंगले आफ्नै ढंगले जस्तो चाहिँ नहोस् । समयमै चेतना भया ।
बिना एजेन्डा गए रे
हैन हौ हाम्रा देशका नेताहरु के भाका हँ ?जथाभावि प्याच्च प्याच्च बोल्छन् । अब हेरम न हाम्रा पर्धानमन्तरी विना एजेन्डा युरोप भ्रमणमा गाका रे । सुज्नु न बुझ्नु खोलाको किनारै किनार कुद्नु भन्या यही हो । खप्रओ विना ऐजेन्ण्डा त हिड्दै हिड्दैनन् । उनले अरुको एजेन्डा त बोक्दै बोक्दैनन् । आफनो एजेन्डा अरुलाई थोपर्छन विना एजेन्डा भा’भए राजीनामा दिइसकेकी बेलायती पर्धानमन्त्रीलाई भेट्थे ? करोडौ रुपैया खर्च गरेर जम्बू टोली लिएर त्यहाँ पुग्थे ? बेलायतबाट हान्निएर फ्रान्स पुग्थे । अब हेर्दौ जाओन हाम्रा पर्धानमन्तरीले त्यहाँका सरकार प्रमुखहरुलाई कसरी बटारेर फर्कन्छन् ? खप्रओ फर्केसी त्यहाँका पर्धानमन्तरी, राष्ट्रपतिहरुले ती खप्रओको सिको गरेरै छाड्छन् । हावाबाट विजुली निकालेर संसारलाई बेच्छु भन्लान्, पत्रकारको पाता कस्ने विद्येयक ल्याउलान्, चर्चका जग्गा हड्प्ने विद्येयक ल्याउलान्, बोली पिच्छे जनता हँसाउलान् । जे होस् हाम्रा पर्धानमन्तरीले यस्ता महत्वपूर्ण कुरा निर्यात गरेरै आउने भए ।
माकुनेको उफ्राई
पुतली जुँगे नेकपाका नेता माकुन्याउ अस्तिका दिन मंगलवातिर गएर मञ्चमा बुरुक बुरुक उफ्रिएछन् । केही नपाएपछि बुरुक्क उफ्रने माकुन्याउ केही पाएपछि चुपचाप बस्छन् । फेरि तिन्लाई केही चाहिएजस्तो छ । मलंगवातिर आएर उनले भनेछन् केन्द्रदेखि स्थानीय तहसम्म सबै भ्रष्टै भ्रष्ट छन् । कुरा त माकुन्याउले ठिकै ग¥या हुन् । मुहान राम्रो भए पो खोला नालामा सफा पानी बग्छ । मुहानमा डल्लाडल्लै सुन पचाउने, वाल्वाटारको जग्गा हत्याउने, वाइडबडीमा ६ अर्ब खाएर धैँटो फुलाउने, फोरजी सेवामा ११ अर्ब स्वाट्टै पार्नेहरुकै हालीमुहाली छ । यी सबैको भागबण्डा माकुन्यालाई पुगेनछ कि क्या हो ? पुग्या भए त त्यसरी उफ्रनु नपर्ने हो ?
अन्तेमा
खप्रओको सरकारले सबै सांसदहरुलाई ल्यापटप बाँड्ने योजना गरेछ । योजना त अत्यन्ैत राम्रो हो । सांसदलाई खुशी पारे पो सरकार टिक्छ । यसपाली सांसद विकास कोष ६
करोड पु¥याईद्या छ । तलब भत्ता बढाइद्या छ । अब सबैलाई एक एक ल्यापटप समेत दिने रे । यो त झन खुशीको कुरा हो । कुनै सांसदले ल्यापटप लिन्नौ भनेका छैनन् । तर नयाँ शक्तिबाट उपिन्द्र दायदवको पिछल्लगु बनेका बाउराम भट्टराईलाई चाहिँ अलि नमज्जा लागेछ । अस्तिका दिन तिन्ले भन्या सांसदलाई ल्यापटप बाँडन्र
हुँदैन ल्यापटप बाँड्ने सरकारको निर्णयले आफूलाई लज्जित बनाएको छ रे । लहै बाउराम बाजे थुतुनो चाहिँ अलि जोगाएरै बोल्या राम्रो । ल्यापटप पाउने भएसी सबै सांसद गदगद भएका छन् । कसैले लिन्नौ भनेकै छैनन् । अनि ती बाजेको टाउको किन हनहनी दुखेको ? खान पाउँदा अलकत्रासम्म पचाउन सक्ने क्षमता हाम्रा सांसद छन् भन्ने कुरा तिन्ले कस्तो नबुझेको ?

तपाईको प्रतिक्रिया