किरात राईहरुको साकेला उभौली शुरु

धरान÷ किरात राईको महान चाड साकेला उभौली शनिवारबाट शुरु भएका छ ।
वैसाखपूर्णिमादेखि शुरु भएको यो पर्व सुनसरीमा भने औसी अर्थात १५ दिन मनाउने भएका छन् ।  यो पर्वको पहिलो दिन किरात राई यायोख्खा प्रकासा धरान १३ को आयोजनामा किरात राइहरुको सहभागितामा धरान १४ स्थित बुद्धिकर्ण राईका दरबार क्षेत्रमा पूजाआजा गरी साकेला नाचेर विधिवत रुपमा शुरु गरिएको हो ।
शुरुवातसंगै उनीहरुले दरबारक्षेत्रमा ढोल, झ्याम्टासहित साकेला समेत नाचेका थिए । दरबार क्षेत्रमा पूजाआजासंगै शनिवारबाट यो पर्व शुरुवात भएको किरात राई यायोख्खा प्रकास १३ का सह कोषाध्यक्ष बसन्त वान्ताले बताए ।
किरातीहरुको पहिचानलाई सदियौ जीवन्तता राख्न सामुहिक रुपमा मनाउन थालिएको यो पर्व सुनसरीमा भने प्रदेश नं १ को राजधानी किरात
राख्नुपर्र्न दबाब दिदै आयोजना गरिएको किरात राई यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईले बताउनुुभयो ।
उनले विराटनगरलाई नै स्थायी प्रदेशको राजधानी तोकिसकेको अवस्थामा अब प्रदेश नं. १ को नामकरण किरात प्रदेश हुनुपर्ने बताए ।
दबाब दिने उद्देश्यले नै साकेला पर्व अवधिभर केन्द्रीय स्तरदेखि प्रदेश र स्थानीय स्तरका विभिन्न राजनीतिक दलका नेताहरुलार्य समेत साकेलामा समावेश गरिने उनल बताए । उनले भने –वैसाख ११ गते धरान नगर कार्यसमिति र प्रकाश ९ र १० ले आयोजना गर्न लागेको साकेला नृत्यमा प्रदेश नं. १ का विपक्षी दलका नेता राजीव कोइरालालाई प्रमुख अतिथिको निम्त्याएका छांै, यसले किरातको माग सुनुवाई हुनेमा हामी विश्वस्त छौं ।’
शुरुवातकै दिन बुद्धिकर्ण दरबार क्षेत्रमा युवा, वयस्क र वृद्धबृद्धाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले सो अवसरमा किरात राईका पहिचान र संस्कृतिलाई जोगाउनको लागि सहभागिता जनाएको बताएका थिए ।
कार्यक्रम अनुसार वैसाख ५ देखि १८ गतेसम्म सुनसरीको विष्णृुपादुका, पकली, प्रकाशपुर, पाँकन्या, हासपोसा, बराहक्षेत्र, इटहरी, दुहवी, धरान, भरौल, बक्लौरी हुदै अन्तिम दिन अर्थात वैसाख १८ गते धरान १७ साकेला पार्कमा प्रकाश स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीसगै कार्यक्रम सम्पन्न हुने प्रचारप्रचार उपसमितिका संयोजक चाम्लिङ्गले बताए ।
समय राम्रो होस, अन्नबाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस, सबै जीव प्राणीहरुमा सुख होस भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने चाड साकेला उभौलीको रुपमा किरात
राईहरुले लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया