वित्थाको गनगन
अस्तिका दिन राष्ट्रपतिले खप्रओको सरकारलाई मेरो सरकार भनिछन् । संसदा नीति तथा कार्जेक्रम प्रस्तुत गर्दा उनले त्यसो भनेसी’ लाँगेसका दुई चार जना छाउराहरुले उत्पात विरोध गरेछन् । किन विरोध ग¥या होलान् ? राष्ट्रपतिले त्यसो भन्दा तिनका टाउको किन चड्केको होला ? व्यक्ति उनकै, पार्टी उनकै, रहर उनकै मोजमस्ती उनकै अनि सरकार अरुको कसरी हुन्छ ? राष्ट्रपतिले सत्य कुरा गर्दिया हो । झन पर्धानमन्तरी उनको आफ्नै भए मेरो सरकार नभनेर कस्को सरकार भन्ने त ? बुझ न सुझ विरोध गर्न पायो भन्दैमा कोकोहोलो मच्चाएर,ढ्यांग्रो त ठोक्नु भएन नि † राष्ट्रको राष्ट्रप्रमुख भएसी सरकार त उनैको हो । बरु वाल्वाटारको जग्गा, टुँडिखेलका सटर, एनसेलसँग चन्दा हसुरेको, मेलम्ची योजना लठीभद्र बनाएको कुरा, उठाएका भए जनताले क्या वात भन्थे । ताइन तुइँको कुरा उठाएर किन हिरो पल्टिन खोज्या होला ? देशमा बग्रेल्ति त्यत्रा इभ्यु हुँदा थुतुनै नखोल्ने राष्ट्रपतिले मेरो सरकार भन्दाचाहिँ कन्पारो तात्ने ? लाँग्रेसका बुढानिलकण्ठे काजीले भन्दिसके त मन लाग्यो होला भनिन् । मुखिया वाले नै त्यसो भनेपछि छाउराहरुले छाती पिटीपिटी किन नफलाक्नु ?
छाया“ सरकार
काँग्रेस सत्ता भन्दा बाहिर बस्नै सक्दैन भन्थे । हो कि क्या हो ? नेक्पाले पाँच बर्षसम्म सत्तामा पुग्न देलाजस्तो छैन । अनि सत्ताको तिर्सना कसरी मेट्ने ? सरकारका विरुद्ध आन्दोलन गरम भने हुती छैन । फेरि आन्दोेलन गर्दा केही झर्ला जस्तो पनि छैन । बडो दोधारमा परेको काँग्रेसलाई अस्तिका दिन बडो गज्जबको आइडिया फुरेछ । आखिरी सरकार त सरकार नै हो । छायाँ होस् कि यथार्थ । स्यालबहादुरले चार महिना लगाएर बल्लतल्ल छायाँ सरकार बनाएछन् । २१ जना मन्तरी बनाएछन् । राज्येमन्तरी र छायाँ मन्तरी थप्न बाँकी नै छ रे । छायाँ सरकारकै भए नि मन्तरी बन्न कति साह«ो हतारो ? छायाँ मन्तरीमा नपर्नेहरुे गर्धन फुलाएका छन् रे । सिंहदरबारको कुर्सीमा बस्नु नपरेनी छायाँ मन्तरीका चुरीफुरी सानो छैन रे । तर छायाँ सरकारले काम पो के गनेै होला ? जन्ताले भटाभट विकास मागे भने छायाँ सरकारले के गर्ला ?
आफ्ना जोगाएरै छाड्छ
काँग्रेसबाटै जेलमा ठेलिएका एकजना काँग्रेसले अस्तिका दिन घण्टाघरको समेत चित्त बुझ्ने कुरा गरे । जीवनभरि काँग्रेस भएर हिड्या जयप्रकाश प्रसाद गुप्तालाई काँग्रेसका सुप्रिमोहरुले कम्ता खेदेनन् । उनले अस्ति भन्या काँग्रेसले आफनै साथी फँसाउछ तर एमालेले असंख्य अपराध गरे पनि जोगाउँछ रे । धुव्रसत्य कुरा भनेछन् । काँग्रेसले चिरञ्जिवी वाग्ले, खुमबहादुर खड्का, जयप्रसाद प्रकाश गुप्ता जस्ता धेरैलाई फँसाएर उधुमै मच्चाएको थियो । कसैलाई फँसाएर जेलमा पु¥यायो कसैलाई फँसाएर पार्टीमा फर्किन दिएन । तर एमाले भन्या एमाले नै हो । उसले वाइडवडी काण्डमा माल खाएका, फोजी काण्डमा माल कुम्ल्याएका, वाल्वाटारको जग्गा खरिद गरेका सबैलाई चोख्याएको छ । तर काँग्रेसचाहिँ आफ्नैलाई फँसाएर अरुलाई जोगाउँदा आज न सडकमा उफ्रन सक्या छ न सदनमा बोल्न सक्या छ । बक्क लाटो पो भएछ ।
दह«ै चेतावनी दे छन्
पर्देशन नं. २ का मुखमन्तरी मो. लालबाबु राउतले प्रचण्डाउलाई अस्तिका दिन दह«ै चेतावनी देछन् । त्यत्रो क्रान्तिकारी गरेर आएका दुई दुई पटक मन्तरी भैसक्या मान्छेलाई एउटा मुखमन्तरीले हुर्मतै लिने गरी चेताउनी दिनु चानचुने कुरा हुँदै होइन । हुन त प्रचण्डाउको थुतुनो पनि तित्राको जस्तो छ । ठाउँ न ठहर बूढीको रहर भनेझै ठाउँकुठाउँ जहाँ मन लाग्यो त्यही पुगेर कुम हल्लाएर प्यार्रर्र प्यार्रर्र बोल्दिहाल्छन् । गोडा दशेक दिन अगाडि खै ठाउँमा गएर प्रचण्डाउले भनेछन् पर्देश नं. २ को सरकार ढालेर नेकपाको सरकार बनामछम् । पर्देश २ मा धेरै भ्रष्टाचार भयो रे । आफ्नो धोती खूस्कको पत्तो छैन अर्काको नखुस्केको धोती खुस्केको देख्ने प्रचण्डाउलाई राउतले चेतावनी दिनु मनाशिवै हो । हुति र हैसियत भए पर्देश २ को सरकार ढालेर देखाउ भनेसी यतिबेला प्रचण्डाउको अपानवायु नै बन्द भा’छ रे ।
खोक्नु खोकेछन्
सञ्चार माने सुचने मन्तरी गोकुल वास्कोटाले अस्तिका दिन अलि ज्यादै खोकेछन् । पदै सञ्चारमन्त्री भएसी अरु भन्दा बढी खोक्नु त स्वाभिक हो । सञ्चार मन्तरीको काम अरु भन्दा बढी गफ जोत्ने, खोक्ने त हो । खोक्न नसक्ने सञ्चारमन्तरी बन्नै सक्दैन । सञ्चार मन्तरीले अस्तिका दिन ख्याल गज्जबको गफ हान्देनन् । उन्ले भन्या, वाल्वाटार जग्गा प्रकरणमा झालेमालेका मा’सचिव विष्णु पौड्याल नि जान्छन्, लाँग्रेसका स्यालबहादुर नि जान्छन् । चार तारे होस कि लाल तारे होस कसैलाई बाँकी नराख्ने भनेर खोक्देछन् । सुचने मन्तरीलाई कहिलेकाँही के छाँटाले छुन्छ कुन्नि † त्यसभन्दा अगाडि पौड्यालले लिएको जग्गमा ठगिनु भएछ,, जग्गा दलालले फँसाएछन्, उहाँलाई राज्येले क्षतिपूर्ति दिन्छ भन्या थे । फेरि परक्कै बटारिएर अस्तिका दिन त्यस्तो गफ पो गरे त । खै घण्टाघर त आजकल सरकारका सुचने मन्तरीको फेद टुप्पो केही चाल पाउनै छाड्यो वा †
नाम जुराउनै सकेनन्
पर्देश नं. २ का मुख्ये पण्डित एवम् मुख मन्तरीले एक बर्ष अगाडिदेखि डिङ्ग हाने चाँडै नै पर्देशको नामांकन हुन्छ । तर विचराले पर्देशको नाम राख्न न्वरानदेखिको बल प्रयोग गर्दा नि सक्या छैनन् । आÏना मालिकहरुले कोशी कि सगरमाथा राख्न भनेर निर्देशन द्या छन् । कोशी सगरमाथा राख्यो भने पहिचानवादीहरुले झम्टेलान भने त्रास । नाम पनि राख्नु छ आर्थोक
राखे हुमर्त लेलान भन्ने डरले विचराले आलटाल गर्दै आएका छन् । आफूले भनेजस्तो नभए आन्दोलनको चेतावनी दिएपछि त झन मुखमन्त्री तिल्मिलाएका छन् । पहिचानवादीको माग सम्बोधन गरम त आफना मालिककहरु रिसाउने नगरुम त पहिचानवादीहरुले आन्दोलन गर्ने । विचरा कम्ता दोधारमा प¥या छैनन् । खै के खै के पुत्त भने जस्तो ।
जादव र भट्टराइको लगनगा“ठो
माउवादीबाट जोर लात्ती बर्सेसी फुत्त बाहिर आएका बाउराम भट्टराई र मधेशीको नाममा दोकान चलाएर मुनाफा आर्जन गर्दे आएका उपिन्द्र जादवबीचमा लगनगाँठो कस्सिएछ । एक सिटे त्यो पनि काँग्रेसको फुर्को समातेर वैतरणी पार गरेका भट्टराई र १६ सिटे दावको लगन गाँठो कस्सिनु आश्चर्यचाहिँ होइन । जादवलाई सिके राउतले तलतिर आगामी पाँच बर्ष भित्रमा पूरै सुकुम्बासी बनाउलान् भन्ने कत्रो त्रास छ भने एक सिटे बाउरामको अर्को पटक नामै हराउला भन्ने चिन्ता । नहुनु मामा भन्दा कानो मामा जाति भन्छन् । पाँच बर्षसम्म दोकान अलि राम्रोसँग चलाउन सकिएला कि भनेर उनरेले दोकनको नाम समाजवादी नेपाल राखेछन् । दोकानको व्राण्ड परिवर्तन गरेर जन्ता अझै केही समयसम्म झुक्याउन सकिन्छ कि भन्ने दुवैले सोच्या होलान् । हेरम यिन्का दोकानमा जन्ताको कस्तो भीड लाग्ने हो ?
अन्तेमा
समय समयमा बुरुक्क उफ्रेर बहुलाउने राजिन्दर महतो अब के गर्लान् । ६ गल्ठ्याङ्ग गुल्ठुक दलहरु मिलेर राजपा बनाएका महतोलाई यतिबेला सिके राउत र समाजवादी पार्टी नेपालले गिज्याउन थाल्या छन् । तिन्का कार्जेकर्ता बाजा बजाएर सिके र समाजवादीतिर बसाइ सर्न थाल्या छन् आÏना माग पूरा नभएर काठमाण्डौबासीको राशन पानी बन्द गर्दिने धमास समय समयमा दिँदै आएका महतो हिजोआज चाइचुइ गर्दैनन् । रेशम चौधरीलाई जेलबाट ननिकालेको, संविधान संसोधन
नगरेको भन्दै केही दिन अगाडि
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको राजपा अब के गर्ला कुन्नि † सरकारमा लैजान्छु भन्दा भन्दै खप्रओ वा’ले लोपारी दिए । जिल्लातिर आम भने कार्जेकर्ताले लघार्लान्, काठमाण्डौ कौन पुछे खेसरीके दाल कि कसो हौ ?

