नेपाल आयल निगमका प्रमुख यादवले सेटिङ्गमा व्यवसायीसँग रकम लिने गरेको खुालासा वरौनीबाट आएका ट्यांकरसँग कमिशनमात्र बुझ्दैनन् सानो मिटरले तेल मापन गरी डिजल पेट्रोलमा कम लोड दिन्छनc

विराटनगर÷दुई तिहाई वहुमत प्राप्त वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारीहरु भागभाग हुने गरी कार्वाही गर्छु, भ्रष्टाचारीको मुखै हेर्दिन भनेर जतिसुकै कुर्लिए तापनि भ्रष्टाचार झनझन मैलाउदै गएको छ ।
माथिल्लो निकायकै सेटिङ्गमा भ्रष्टहरुले आफ्नो गोरस धन्दालाई निर्वाध रुपमा चलाइरहेका छन् । पछिल्लो पटक काण्डै काण्डमा मुछिएका नेपाल आयल निगमका पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कार्यालय प्रमुख दिनेश यादवको गोरस धन्दा राम्रैसँग मौलाएको व्यवसायीहरु बताउँछन् ।
आÏनो नाम उल्लेख नगर्ने शर्तमा एक पेट्रोलियम व्यवसायीले दिएको जानकारी अनुसार नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कायालयमा संस्थागत भ्रष्टाचार हुन गरेको छ । विगतमा समेत कार्यालय प्रमुख भएर विराटनगर बसेका यादवलाई तत्कालीन आपूर्ति मन्त्रीले सिधै मन्त्रालयमा बोलाएर चेतावनी दिएका थिए । सबै व्यवसायीले त्यसबेला यादव अब गए भनेका थिए । तर पुनः सेटिङ्ग मिलाएर फर्किएका थिए । यही चैत्र २० गते समेत निजलाई केन्द्रमा बोलाई चेतावनी दिइएको ती व्यवसायीले बताए ।
उनले भने माघ १७ र १८ गते आपूर्ति मन्त्री, सचिव, नेपाल आयल निगमका महानिर्देशक र व्यवसायीहरु बीचमा नेपाल आयल निगम विराटनगरबाट हुने गरेका अनियमितता, व्यवसायीका समस्या आदिका विषयमा अन्तरक्रिया हुँदा डिलर एसोसिएसनका अध्यक्षले केही समस्या छैन भनेर बोलेको प्रति अन्य व्यवसायीहरु आक्रोसित भएका थिए । महानिर्देशक सुरेन्द्र पौड्यालले आफ्नो कुरा राख्नासाथ अध्यक्ष देवेन्द्र श्रेष्ठले त्यसो भन्दा व्यवसायीहरु आश्चर्यचकित भएका थिए । उनले भने व्यवसायीबीचमै एकता छैन । कार्यालय प्रमुखसँग साँठगाँठ गरेर मालामाल हुनेहरु प्रशंसा गर्छन् ।
आफूलाई आपूर्तिमन्त्री यादवको सम्धी बताउने नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले डिलरहरुलाई दिने तेलमापन मिटर समेत दुई वटा प्रयोग गर्ने गरेका छन् । उनले सानो मिटर प्रयोग गर्ने
गरेको ट्यांकर चालकहरु बताउँछन् । लोड दिएको स्थानमा डिलरहरुलाई जान दिँदैनन् । चालक र सहचालकमात्र त्यस ठाउँमा पुग्ने गर्छन् । इटहरीका डिलर व्यवसायी भन्छन् पम्पमा एक केल तेल आउँदा पेट्रोलमा ८० लिटर घट्छ भने डिजलमा ४० देखि  ५० लिटर घट्छ । यसलाई घोटाला नभनेर के उनले भने ।  उनी भन्छन्, भारतको वरौनीबाट डिजल, पेट्रोल, मट्टितेलको लोड लिएर विराटनगर डिपोमा आइपुग्दा एउटा ट्यंकरको भाडा ६० हजार हुन्छ । यादव प्रत्येक ट्यांकरबाट १ प्रतिशत रकम असुल्ने गर्छन् । त्यो रकम यादव आफै बुझ्छन् ती व्यवसायील भने ।
धरानका अर्का व्यवसायीले दिएको जानकारी अनुसार यादव भैरहवामा बस्दा पनि तेल चोरी र अमियमततामा परेका थिए  अअलगञ्जमा हुँदा पनि त्यस्तै काण्डमा परेका थिए । काण्डै काण्डले निजले बदनामी नै कमाएका छन् । यादवको अर्को धन भनेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा टार्गेट शर्त हुनु हो । टागेट नाघी सकेकोले जानी जानी अर्कौ मानिस तरुन्त बद्नामी कमाउन विराटनगर आउँदैन । असार मसान्तमा यसको मुल्यांकन हुन्छ । दुई महिना अगाडि केन्दीय महानिर्देशक आएर कडाइका साथ निर्देशन दिएपछि पहिलाको तुलनामा केही कन्ट्रोलचाहिँ भएको छ । यद्यपि सेटिङ्गमा खान भने छाडेका छैनन् उनले भने । यस भन्दा अगाडि पम्प व्यवसायीहरुलाई आफै फोन गरेर आजकल भेटघाट छैन भनेर बाउलाउँथे र रकम असुल्थे । आजकल केही कम भएको पनि ती व्यवसायीको कथन छ । तेलमा कमिशन खानेभन्दा बाहेकलाई पनि तेल दिने गेको पनि उनले सुनाए । उनले भने उद्योगहरुलाई व्यक्तिमार्फत तेल दिन्छन् जसबाट मोटो रकम ककमिशन असुल्छन् । अहिले तराईका भन्दा पनि पहाडका व्यवसायीहरुबाट यादव रकम असुल्न तल्लिन छन् उनले भने ।
अर्का एक व्यवसायी भन्छन् नेपाल आयल निगमका प्रमुख यादवका गुण केही पनि छैनन अवगुणमात्र छन् । व्यवसायीहरुसँग झर्कने, ततर्किने, रामै्रो व्यवहार कहिल्यै गर्दैनन् । पहिला भ्रष्टाचार र कमिशनकै कारण विराटनगरबाट हँटायएको भए पनि हाल मन्त्री मातृका यादवको चाकडी गरेर आएको पनि उनले बताए । यादवलाई कानुनपट्टि काम गर्न भनेर नपाल आयल निगमका नियुक्त गरिएको १० औं का व्यक्ति हुन् । तर आयल निगममा कानुन कसले पढ्ने र हेर्ने । विराटनगरमा नवौ तहको कार्यालय प्रमुख रहने व्यवस्था छ । आफनो गोरस धन्दामा बाधा गर्ने कर्मचारीहरुलाई यादव अत्यन्ै रुखो व्यवहार गर्छन् । केही दिन अगाडि एक कर्मचारीले यादवलाई मुखै फोरेर तथानाम भन्न समेत पछि परेनन् ।

तपाईको प्रतिक्रिया