वास्तविकता मनन गरी सुधार गर्नुपर्छ

वर्तमान सरकार यतिबेला लोकगायक पशुपति शर्माको गायन शब्दसँग खनिएको छ । गायक शार्मले लुट्न सके लुट कान्छा अन्य देशमा पाइँदैन नेपालमै छ छुट भन्ने बोलको गीत शुक्रबार बजारमा ल्याएका थिए ।
शर्माको गीत सार्वजनिक हुनासाथ त्यसले मुलुकभित्र मात्र नभएर मुलुक बाहिर बस्ने नेपालीबीचमा समेत वाहवाही पाएको छ । गीतले मुलुकको वर्तमान यथार्थको चित्रण मात्र गरेको छैन शासक वर्गमा मौलाएको दम्भलाई सतहमा ल्याइदिएको छ ।
वर्तमान सरकार त्यसैपनि बदनाम छ  अर्थात यो सरकार बनेपछि ठूला ठूला घुस र कमिशन काण्ड, मानवीय संवेदनशीलतालाई चुनौति दिने ढंगका बलात्कार र हत्या काण्ठ, राज्यको ढुकुटीमाथि शासक वर्गको गिद्धे दृष्टि र सुविधा भोगी चाहना, सरारकै आडमा जघन्य अपराधीहरुको उन्मुक्ति लगायतका दर्जनौ घट्नाहरुले वर्तमान सरकार इतिहासमै सबैभन्दा बद्नामी सावित भएको छ । यिनै कुराहरुलाई समेटी गायक पशुपति शर्माले शासकका काम कर्तव्यमाथि गायनकै माध्यमबाट चोटि लो प्रहार गरेका छन् ।
तर आपूm माथिको व्यंग्य सहज ढंगले पचाउन सक्ने अवस्थामा सरकार देखिएन । तीन दिनमै गीतको शब्द चयन र प्रस्तुतिले तीन करोड नेपालीको मन मस्तिस्कमा बास बनायो । सरकारले यसलाई आफू नांगिएको महसुस ग¥यो । हुन त जसले कपडा लगाएको छ उसले नांगिएको महसुस गर्नेैपर्दैन अथर्जात जसले कुनै प्रकारको गल्ति गरेकै छैन ऊ नांगो, उदांगो हुनै सक्दैन । कपडा लगाएको भ्रममा बसेकाहरु स्वतः नांगै हुन्छन  अब त समय कस्तो सम्म आइसकेको छ भने कुनै बालकले मात्र सरकार त नांगै रहेछ भन्न मात्र बाँकी छ ।
पशुपति शर्माले शब्द गीतमार्पत बजारमा हल्ला फिँजाएका मात्र हुन अर्थात उनले वास्तविका भन्न सकेका हुन् । लाखौ नेपालीको अन्तरहृदयमा पशुपति शर्माका गीत र शब्दहरु उकुसमुकुस भएर बसेका छन् । सरकार यथार्थ र वास्तविकता भलिभाँति जान्दछ तर
राज्यका स्रोत साधन अपाmू निकटका अपापराधिक संयन्त्र प्रयोग गरेर जनताका अन्तरहृदय भित्रमा आवाजहरु दबाउने कार्यमै ऊ अगाडि बढेको छ र यसैलार्य उसले आm्नो सफलता सम्झेको छ । यहाँ भन्दा निकृष्ट सोच अरु हुनै सक्दैन । सरकार मुलुक र जनहित विपरीतका कार्यमा अगाडि बढे्दै गएको आज सबैले मनन गरेका छन् । यथार्थ र वास्ताविकता ढिलो चाँडो कसैले बोल्नै पथ्र्यो र त्यो बोल्ने काम पशुपति शर्माले गरेका छन् । तर विडम्बना आज तिनै पशुपति शर्मालाई सरकारका निकट अपराधिक अवसरवादीहरुले धम्क्याउने काम गर्न थालेका छन् । गीतका शब्द परिवर्तन गर्न दबाब दिन थालेका छन् र युुवट्युव र सामाजिक सञ्जालबाट हँटाउने अभियान चलाउन थालेका छन् ।
यसबाट प्रष्ट हुन्छ  सरकार वास्तविकताको मना गर्न चाहँदैन र सुधारको लागि अग्रसर हुन पनि चाहँदैन । अहंकारले अन्तत ः पतनतिर नै अग्रसर गराउँछ । त्यसै पनि सरकरका काम कारबाहीको चौतर्फी आलोचना भइरहेको अवस्थमा एउटा गायकप्रति खनिनु लज्जास्पद हो  सत्ताको सुख  सयल त केही घडी र पलका लागि मात्र हो तर जनहितमा उठाइएका कार्यको अनन्तकालसम्म स्मरण रहन्छ । पशुपति शर्माको गीतबाट सरकार विचलित हुनु आवश्यक थिजएन । उनले त गीत मार्फत सरकारका विकृति र विसंगति औल्याइदिएका मात्र हुन् । आगामी दिनमा जनताका नजरमा घृण पैदा गराउने काम गर्नुभन्दा १० पटक सोच्न सरकारलाई सुझा दिएका मत्र हुन् । वाइवडी काण्डमा बहालवाला मन्त्रीले गरेको ४ अर्ब ३५ करोड घोटाला, साइकल उत्पादन नहने ेशकीराष्ट्रपतिले डेड अर्बको हेलिकोप्टर १८ करोडको गाडी, फोरजीमा अरबौ रुप्ैया कमिशन, टीकापुर हत्याकाण्डमका अपराधीलाई संसदमा ल्याएर सपथ ग्रहण गराउनु, संसारमै स्वतन्त्र रहेको सञ्चारमाध्यममाथि अंककुश लगाउने दुस्प्रयस गर्नु के न्यायोचित हो ?

तपाईको प्रतिक्रिया