धरानमा भटाभट सुविधा सम्पन्न होटल खुल्न थाले

धरान÷  पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनिएको धरानमा आन्तरिक तथा वाह्य पयर्टकका लागि सुविधा सम्पन्न होटल कमै मात्र भएको बेला धरानमा अर्काे तारे होटल सञ्चालनमा आएको छ ।
धरान ८ भोटेपुलमा सुविधा सम्पन्न दुई तारे होटल गजुरमुखी प्यालेसको उद्घाटना प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले उद्घाटन गर्नुभएको हो । धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन भएको छ । उद्घाटनका अवसरमा होटलका सञ्चालक गोपालप्रसाद आचार्यकी आमा मित्रमाया आचार्यले समेत उद्घाटन कार्यक्रममा साथ दिनुभएको
थियो ।
उद्घाटनपश्चात बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री  हिकमत कार्कीले प्रदेश नं. १लाई पर्यटकीय हब बनाउने प्रदेश सरकारको उद्देश्यलाई सुविधा सम्पन्न होटल सञ्चलनमा आउदा सहयोग पुग्ने बताउनुभयो । उहाले पर्यटकनको एउटा हिस्सा होटल पनि भएकोले जति सुविधा सम्पन्न होटलहरु सञ्चालनमा आउछन् त्यति पर्यटकहरु आकर्षित हुने बताउनुभयो । उहाले प्रदेश नं. १ अत्यन्तै समतल गर्मी स्थानदेखि उच्च हिमाली श्रृंखला भएको ठाउ भएकोले यहाको पर्यटनसंगै खेलकुद लगायतका विकासमा समेत यो प्रदेशलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको स्पष्ट पार्नुभयो ।
यस्तै धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले धरान पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित भएको बताउनुभयो । उहाले पछिल्लो समय धरानमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउदा पर्यटन भित्रयाउन मद्धत पुग्ने
बताउनुभयो ।
सो अवसरमा  होटल उद्घाटनकै अवसर  पारेर  सम्पूर्णका समाचार संयोजक गोपाल दाहाललाई गजुरमुखी पर्यटन पत्रकारिता सम्मान गरेको छ ।  दाहाललाई नगद १५ हजार ५ सय ५५ सहित सम्मान गरिएको
हो । यस्तै  होटल व्यवसायी मार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै  होटल एशोसिएशन अफ धरानका संस्थापक कमलेश श्रेष्ठलाई, सामाजिक अभियन्ता सम्मान प्रभुप्रसाद श्रेष्ठलाई र होटल गजुर प्यालेस युवा व्यक्तित्व कदर पत्र पब्लिक स्पिकर २ का विजेता रमेश प्रसाईलाई प्रदान गरिएको थियो  ।

तपाईको प्रतिक्रिया