वयरवन (मोरङ्ग) मुलुकभरि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहादा मोरङ्गको बयरवयन गाविस वडा नं. ६ मा भने महिलाबाटै पासिविक ढंगले पुरुष हत्यामा संलग्न महिला र तिनले परिचालन गरेका भाडाका गुण्डाहरु पक्राउ परेका छन् ।
आफ्नै पति छत्रबहादुर कटुवालको नाममा रहेको जग्गा हडप्न पत्नी देउमाउले मंसिर १३ गते पासविक ढंगले पतिको हत्या गरेको अनुसन्धानबाट खुलेपछि मोरङ्ग प्रहरीले हत्यामा संलग्न पत्नी देउमायासागै आफन्त र भाडाका गुण्डाहरुलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
कसरी बन्यो हत्या योजना ?
समान्य खेतिपाती गरेर गाउामै
रमाएका छत्रबहादुर कटुवाल वैदेशिक रोजगार मलेसियाबाट केही महिना अगाडिमात्र घर फर्किएका थिए । उनी वैदेशिक रोजगारमा रहादा पत्नी देउमायाको परपुरुषसाग सम्बन्ध रहेको चर्चा ३४ बर्षीय कटुवालले सुनेका
थिए । स्थानीय नारायण धिमालका अनुसार सायद यसै कारण उनीहरुबीचमा यदाकदा सामान्य झैझगडा पनि हुने गथ्र्यो । तर गाउामा मिलेरै बसेको देखिन्थे । छत्रबहादुर देउमायाको तेस्रा पति हुन् । यसभन्दा अगाडि उनले दुई जना पति छोडिसकेकी थिइन् ।
देउमायाले जग्गा हडप्नैका लागि तेसो पति छत्रबहादुरको हत्या योजना दशै अगावै बुनेको प्रहरी अनसन्धानबाट खुलेको छ । प्रहरीसागको बयानमा पत्नी देउमायाले भारतको जम्बु कास्मिरमा काम गर्नेै दिदीको ज्वाइा जयबहादर तिम्सिनालाई पतिको हत्याका लागि ५० हजार रुपैया डन गरेकी थिइन् । प्रकाश भनिने जयबहादुरलाई पेस्की स्वरुप २० हजार दिएपछि जयबहादुरले सुरज लिम्बुलाई सहयोगी बनाए । उनीहरुले २० हजार मध्ये १०/१० हजार बााडेर ३० हजार हत्यापश्चात लिने सर्त गरे । मंसिर १३ गते छत्रबहादुरलाई सााझको समयमा जयबहादुर र सुरजले खाना खान जाउ भन्दै घरबाट लिएर हिाडे । उनीहरु तीनै जनाले बयरबनको एउटा होटलमा रक्सी खाए । सााझ छिप्पिदै गएपछि होटल भन्दा ६ सय मिटर पर पुर्याइ पछाडिबाट खुकुरी प्रहार गरी काटेर हत्या गरी खेतमा परालले छोपिदिए । मंसिर १४ गते छत्रबहादुरको क्षतविक्षत अवस्थामा स्थानीयले शव देखेपछि
प्रहरीलाई खबर गरिदिए । जिल्ला प्रहरी कार्यालय मोरङ्गले इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्र चुाडालको नेतृत्वमा अनुसन्धानका लागि प्रहरी
परिचालन गर्यो ।
हत्याको नौ दिनपछि हत्यारा पक्राउ
प्रहरी निरीक्षक रुद्र चुाडाल नेतृत्वको प्रहरी टोलीले गरेको गहिरो अनुसन्धानपश्चात छत्रबहादुरको हत्या पत्नी देउमायाकै संलग्नतमा भएको पुष्टि भएपछि प्रहरीले देउमायालाई हत्याको ९ दिनपश्चात पक्राउ गर्यो । त्यसबेला उनी काजकिरियामा सेतो कपडा लगाएर बसेकी थिइन् । मोरङ्ग, प्रहरी प्रमुख ठुले राईले सोमबार हत्याराहरुलाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा भने पत्नी देउमायासागै छत्रबहादुरको हत्यामा ६ जना संलग्न भएको देखियो । प्रहरीले देउमायाको पहिलो पतिबाट जन्मिएकी छोरी १९ बर्षिया झुमा नेपाल, उनकी जेठी दिदी बयरवन–८ की ५० बर्षीया विष्णुमाया पौड्याल, विष्णुमायाकी ज्वाइ बयरवन–७ का २७ बर्षीय प्रकाश भनिने जयबहादुर तिम्सिना, जयबहादुरकी ३० बर्षीया पत्नी रिता तिम्सिना, झापा महेशपुर गाविस वडा नं. १ का २० बर्षिय सुरज लिम्बु रहेका छन् । प्रहरीले सुरज लिम्बुलाई झापाको पृथ्वीनगर र अन्यलाई बयरबन आसपासबाटै पक्राउ गरेको थियो । प्रहरीले पत्राकार सम्मेलनमा दिएको जानकारी अनुसार छत्रबहादुरको पासविक हत्या गर्ने जयबहादुर र सुरज हत्याको योजनाकार पत्नी देउमाया देखिएको र देउमायाकी दिदी विष्णुमाया, झड्यकेली छोरी झुमा, जयबहादुरकी पत्नी
रिता हत्यासाग सम्पर्क गराउने, हत्यापछि प्रमाण नष्ट गराउने काममा खटिएका थिए ।
