घण्टाघरबाट हेर्दा

छु मन्तर गरेर हुदैन
हाम्रा पर्धानमन्तरी खप्रओ अबचाहिँ थाकेछन. करे । किन नथाकुन त विचरा । हावाको गफ दिएर पर्धानमन्री भा’का उन्ले सकरार नि हावाको गफ दिएरै चलाइरा’छन् । कम्निष्टहरु गफैले खान्छन् भन्थे हो
रै’छ । उन्ले झण्डै एक दर्जजन महिना हावामा गफ दिएरै बिताएदिए । आजसम्म नेपालमा त्यस्ता अब्बल पर्धानमन्तरी कोही भा’कै छैनन् । म सिंहदबारको भित्तामा फोटो झुण्डउन पर्धानमन्री भा’हैन भन्थे गाँठी कुरा ग¥या रै’छन् । मुन पुत्री आउँदा उन्का तस्व्रिहरु विजुलीका पोल, रुखका हाँगा, घरका भित्ताहरुमा सबैले देखेकै हुन्। अरुका तस्विर सिंहदरबारको भित्तामात्र झुण्डिन्थे । खप्रओ वा को त यत्रतत्र सर्वत्र झुण्डिए । असीतका दिन सिराहातिर गएर उन्ले फेरि अर्को गफ जोतिदिएछन् । विकास भएन, विकास भएन, समृद्धिआएन, समृद्धि आएन भनेर उफ्रनेहरुलाई उन्ले भन्दिएछन् कहीँ छु मन्तर गरेर पनि विकास हुन्छ । खप्रओ वाले छु मन्तर गर्दा घर घरमा ग्याँसको पाइप पुग्या, हावाबाट विजुली निस्क्या, पूर्व पश्चिम सननन रेल दौडिया कस्ले भुल्याछ र ? लौन ओली बा विकास पनि छु मन्तर गरेरै गर्दिनु प¥यो । त्यसो भएसीपर्तिपक्षेहरु ठामको टाम सेन्टीÏलाट हुन्छन् ।
समानान्तर अस्विकार
पर्देश २ का भैतिक पूर्वाधार विकास मन्तरी जितेन्द्र सोनलले केन्द्र सरकारले पर्दशमा समानान्तर सरकार चलाउन खोज्यो भनेर अस्तिका दिन पाखुरा सुर्केछन् । सिडियोलाई केन्द्रको मातहतमा ारख्ने निर्नय भएसीसोनालले यसरी उफ्री उफ्री पाखुरा सर्किया रै’छन् । पर्देश भन्ने वित्तिकै सबै कुरा दिने कुरापन िभएन । सिडिओलाइ आफ्नो मातहतमा राख्न पाए खुइँकीखुईँ नागरिकता बाँड्ने बाटो खुल्थ्यो । राहदानीलगायतका सबै काम गर्न पाइन्थ्यो भनेर सोनल मर्काले कम्ता सोेच्या थेनन् । तर कमनिष्ठा भएकाहरुको सरकार न प¥यो किन मान्थे ? पर्देशका हरिलठ्ठकहरुलाई पेल्नु परेन । कमनिष्टहरु कम्ता बाठा हुन्छन् । फेरि पर्देश सरकारले नि औलो दिँदा डुडुलो निल्ने काम त गर्नु भएन नि । कि कसो है ?
अचानक झाडापखाला
दीपक मनांंगे उर्फ राजीव गुरुङ्गलाई अस्तिका दिन उधुमै झाडापखाला चलेछ । इन्तु न चिन्तुको अवस्थामा उन्का मुँगे मित्रहरुले हस्पिटल पु¥याएछन् । अब हस्पिटलम डाक्टरहरुले सोधपुछ त गर्ने नै भए । उन्को स्थुल टेष्ट पनि गरेछन् । जब स्थुल टेष्टको रिपोठर्ट हेरे डाक्टरहरु आफै सेन्टीÏलाट । सोधेछन् तपार्यले के खानु भा’थ्यो । भित्तैसम्म पुग्ने डिसेन्ट्री लाग्थ्ने गरेर आपूले केही त्यस्तो नखाएको मनांगेले जवाफ दिएछन् । कही अमिलो पीरो, बासीसडेगलेका खानेकुरा पो खाएँ कि भनेर धेरै बेर सोचेछन् । अहँ त्यस्तो त खाकै छैन । डाक्टरले तपाईले खाँदै नखाने चिज खानु भा’छ । रिपार्टमा त्यस्तै आ’छ भनेर ¥याक ¥याक्ती पारेछन् । विचारलो पेट अठ्याएर धेरै बेर सोचे अहँ केही खा छैन । झट्ट तिन्तलाई याद आए छ अस्तिका दिन सपट खा’थे । डाक्टरले Ïयाट्ट भन्दिएछन् त्यही सपथले अपच भयो । सिो मार मुंग्री गरेर पुलिसले खाँदखुँदपार्न ज्यानले सपथ खाएसी कसरी पच्छ भन्दै सम्झाएछन् । सपथट पनि जस्तातस्ताले पचाउन नसक्दा रै’छन् वा †
बल्ल प्रतिपक्षे भयो
मुसा खाएर सुत्या विरालोजस्तो देखिएको पर्तिपक्षे बल्ल आङ्ग तानेर व्युँतिए जस्तो छ । संसदा नि सरकारले पेल्या, सडकाँ नि सरकाले पेल्या प्रतिपक्षे अहिले रन्कन थाल्या देखेर घण्टघर गदगद भा’छ । अस्तिका दिन पर्तिपक्षेका भाते विद्यार्थी संगठठनले ठाम ठामा शनिवारका दिन सरकारी गाडी चलाएको भन्दै आगो झोसेर सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट
रोकेछ । गाडी झोसेर खरानीबनाएसीफेरि पेरि दुरुपयोग हुने चान्स नै भएन । पहिला पहिलाका कम्निष्टका नेता कार्जेकर्ता त्यस्ै गर्थे । च्याप्प अँठ्यायो हाकिलमार्य जतनका साथ कालो मोसो दल्यो अनि गाीमा आगो झोस्यो । अहिले पर्तिपक्षेको भूमिका ठ्याक्कै तयस्तै छ । पहिलाका पर्तिपक्षेहरु मायक भाँच्थे, कुर्सी भाँच्ने, अहिलेका चाहिँ रोष्ट्रम घेराउ गर्नेसम्मका भा’छन् । लौन चाँडै संसदका माइक भाँच्ने, कुर्सी भाँच्ने, चड्कन हान्ने, ससद चल्नै नदिने प्रशिक्षण लिनुप¥यो । अनि चाहिँ के होला कि ? नत्र उही हो मच्चियो मच्यिचे थच्चियो ।
माकुन्याउ बिगे्रका हुन्
अबचाहिँ माकुन्याउ साँच्चै नै बिग्रेछन् कि क्या हो ? कम्निष्ट बिग्र भने थुतुनोमा जे जे आउँछ त्यही त्यही फलाक्छ भन्थे साँच्चै हो कि क्या हो ? अब मकुन्याउलाई हेरम न । अस्तिका दिन तिन्ले भन्या खप्रअ‍ेको सरकार छउन्ज्याल मुलुकाँ फुक्कीभाङ्ग केही हुँदैन रे । पहिलापनि त्यसैगरी विरोध गरे । खप्रअ‍ेले थुतुनोमा बुझो लगाइदेसी चापचिप भा’थे । मुनपुत्री ल्याएर ओली वाइन बनाएर पिलाउने कामको संयाजक नै भए । खप्रओले अस्तिका भाइलाई राम्रै ठामम अड्काइदिए । अझ पनिबर्षाको भ्यागुतो जस्तौ ट्वार्र–ट्वार्र गरेर कराइरा’छन् , अब गतिलै भाग चाहिया जस्तो छ । माकुन्याउ र अन्य केही खैँजडी मिलेर खप्रओलाई हैरान खोलाउने भए । विचारलाई आफन्तैले काम गर्न नदिएसी’ खै के गर्लान ?
झासेझुसेको चेताउनी
स्याललाई दशा लाग्यो भने शहरतिर दौडन्त भन्थे हो रै’छ । अब नेपालका स्याल कम्युनिस्टहलाई दाशालागे जसे छ । नत्र अम्रिकाको विरोध गर्ने थिएनन् । जस्को जौ खानु उसैको जुँगा मोल्नु ? त्यही अम्रिकाले दिएको ढिडो,रोटठी चपाएर बाँचेकाहरुल्े उसैको विरोध गर्न थालेसीबातै खलास । अम्रिकाले नेपालालई शिक्षादेखि सडक, स्कुल, कलेजसम्मस बैमा सहयोग ग¥या छ । तर नेपालका कम्युनिस्टहरु भेनेजुएलाको बखान गदैै हिड्या छन् । नेपालसँग गोरु बेचेको साइनो समेत नभएको भेनेजुएलाको पक्षेमा किन चपडी मार्दै हिड्या होलान् ? भेनेजुएलाबाट के झर्छ र खाम्ला भन्ने छ कुन्नि नेपालका कम्निष्टलाई । संगत गर्दा ठूला मानिसको गर्नु, ओत लाग्दा ठूलो रुखको छहारीमा बस्नु त्यसै भन्या हैन । अम्रिकालाई भक्कुमार गाली गरेर तिन्ले के गर्न खोज्या होलान् ? अम्रिकाको अन्याय स्विकार्न सकिदैन रे । संसाले स्विकारेका छन् । नस्किार्ने सद्दाम हुसैन, कर्णेल गद्धाफी चैट भए । विनास काले  विपरीत बुद्धि भन्या यही हो । कुन नि आएर तालुमा उफ्रौला बर्साउँछन् अनि चेत्लान ।
अब अनुहार छोप्नुपर्ने
अब मुलुकमा सबै भ्रष्टाचार गर्ने, कमिशन डकार्नेहरुले मुख छोपेर हिड्नु पर्ने भएकोक छ। यस भन्दा अगाडि उनीहरु खुल्लम खुल्ला छती फुकाएर हिड्थे । अस्तिका दिन पर्धानमन्तरी खप्रओले ठाडै भन्दिए अब म भष्टाचार गर्नेको मुखै र्हेिर्दन । पर्धानमन्तरीले झुक्केर त्यसो भन्या हुन कि क्या  हो ? नत्र मुर्ख हेदिर्एन त भन्नु नपर्ने हो । वाइवडी खरिद प्रक्रियामा नागरिक उड्यायान मन्त्री रविन्द अधिकरीले ४ करोड ३५ लाख डका¥या सबैलाई थार्है छ । ती अधिकारीको मुख हेर्छन कि हेर्दैनन होला । अब मुखै हेर्दिएन भनेसी अधिकारील्े मुख छोेपेर हिड्या होलान् । घण्टाघरलाई एउटा कुराचाहिँ सदैव खुल्दुली लागिरहन्छ सरकारमा बस्नेहरु बसै कुनै न कुनै काण्डमा मुछिएका छन् । खप्रओ बा तिन्का मुख हेर्छन कि हेर्दैनन् कुन्नि ? हुत खप्रअ‍े बाका कुरापानीमा अपानवायु छाडेजस्तै हो भन्ने कराकस्लाई थाहा छैन ?
अन्तेमा
अब यो दशका कसैले नि सरकारको आलोचा गर्न नहुने भयो । आलोचना ग¥यो कि वित्याँस पर्नेवाला छ । खप्रअहो सरकारले जे बोलेनी थपडी मार्नुपनैै भा’छ । मन्त्रीले वाइडवडी खाउन कि न्यारो बडी खाउनथुप लाग्नु पर्ने भएको, नेक्पाका सांसदले अर्काकी जोइ तानुन कि जे सुकै गरुन नदेखेझै गर्नुपर्छ, तिनका भाते संठनका कार्जेकर्ताहरुले खोला नाला दाेिहन गरुन कि जे सुकै गरुन साइड लाग्नुपर्ने भा’छ । यसो गर्न नसकिए खप्रअ‍ेका अरिंगालहल्े डसेर सिध्याउने भा’छन् रे । सरकारी खर्चमा इस्ता अरिंगालहरु भुनभुनाउँदै सहरदेखि गाउँतिर छि¥या छन रे । आखिरी दुई तिहाइको बहुमत भा’को पाँच बर्षको म्यान्ेट पाको सरकार पाको सरकार पो गाठे । लत्तरो शिला साँगे गरेर बनाको सरकार त हुदै होइन । अब खप्रओका अरिंगालसँग पौठे जोरी खेल्ने कि तै चूप मै चूप हुने ? लहै सोची हालौ ।

तपाईको प्रतिक्रिया