केसीको समर्थनमा बीपीका चिकित्सक आन्दोलित

धरान÷डा.केसीको माग पूरा गर्न दबाब दिदै प्रतिष्ठानका चिकित्सकहरु विहीबारबाट आकष्मिक कक्षबाहेकका सम्पूर्ण काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
माथेमाको प्रतिवेदन अनुसार राष्ट्रिय चिकित्सा विधेयक हुवहु पास हुुुनुपर्ने माग
राख्दै १६ दिन अगाडि १६ औ अनसन बसेका डा. केसीको समर्थनमा धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठितका जुनियर चिकित्सकहरु बिहीबारबाट प्रतिष्ठानको आकष्मिक कक्ष बाहेक सम्पूर्ण काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
डा. केसीले उठाएका जायज मागप्रति सरकार सम्वेदनशील नभई विगतमा गरेका सम्झौता समेत तुहाउन खोजेको भन्दै कसीले उठाएका जाहेज माग पूरा गर्न सरकार आनाकानी गरेको भन्दै प्रतिष्ठानका जुनियर रेजिमेन्ट वेलफेयर सोसाइटीले आन्दोलन शुरु गरेको बताएको छ ।
केसीका धर्नाको समर्थन गर्दै माग
पूरा गर्नुपर्ने भन्दै कालोपट्टी बाधेर आन्दोलन शुरु गरेका जुनियर चिकित्सकहरुले जिओपिडी अगाडि तीन घण्टा धर्नासँगं विहीबारदेखि आकस्मिक कक्षबाहेका सम्पर्ण काम ठप्प पारेको सोसइटीका अध्यक्ष डा. कविराज पौडेलेले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रका विकृति, विसंगति र शैक्षिक माफिकाका विरुद्ध सशक्त आन्दोलन गर्र्र्दै आउनु भएका केसीको जायज माग
सरकारले पटक पटक सम्झौता गर्ने अनि उल्लंंघन गर्ने प्रवृत्तिको विरुद्ध आफूहरुको आन्दोलन केन्द्रित रहेको उहाको भनाई छ ।
केसीले इलामबाट पौष २५ गते अनसन शुरु गर्नुभएको थियो । उहाको स्वास्थ्य अवस्था गम्भीर भए पाचदिन अगाडि हेलिकोप्टरमार्फत काठमाण्डौ लगिएको थियो । अनसन बसेको १६ दिन बितिसक्दा पनि विगतमा भएका सहमति कार्यान्वयन नभएकोप्रति बीपीका जुनियर चिकित्सक आक्रोसित बनेका छन् ।

 

तपाईको प्रतिक्रिया