प्रहरी र विद्यार्थीबीच झडप

विराटनगर÷ विराटनगर–१० मा सञ्चालित ईडुमार्ग ईन्सिच्युटमा कार्यरत शिक्षकले एक छात्रामाथी यौन दुर्व्यवहारको आरोप लागेपछि पक्राउ गर्न पुगेका सादा पोसाकमा खटिएक एक प्रहरीमाथि विद्यार्थीहरूले हातपात गरेका छन् ।
आरोपित शिक्षक ज्ञानेन्द्रशरण साहमाथि विद्यार्थीहरूले आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेका थिए । प्रहरी जवान वसन्त मण्डलले रोक्न खोजेपछि उनीमाथि नै आक्रोसित भीडले हातपात गरेको हो ।
विद्यार्थीहरूले आफ्ना साथी माथी यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै मण्डलमाथी हातपात गरेका थिए ।
प्रहरीको सिआरवीको भेनमा राखेर यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षकलाई प्रहरी कार्यालयतर्फ लगेपछि आक्रोशित भएका विद्यार्थीको भिडले सादा पोशकका प्रहरी मण्डलमाथि जाइलागेका थिए । मण्डल आफ्नो ज्यान रक्षाको लागी भागेको प्रत्यक्षदर्शी बताउँछन् ।
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
मोरङको जहदा गाउँपालिकामा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा साह पक्राउ परेका हुन् । उनी सप्तरीस्थित राजविराजका हुन् । विराटनगर–१० सनसारी माइस्थानस्थित ईडुमार्ग ईन्सिच्युटमा ट्यूसन पढाउने शिक्षक साहले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
विगत ६ महिनादेखि ईडुमार्ग ईन्सिच्युटमा पढाउँदै आएका थियो । साहले आइतबार यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीलाई शिक्षक साहले ‘तिमी पढाइमा कमजोर छौँ, मेरो कोठामा आँउ’ भन्दै यौन दुर्व्यवहार गर्न खोजेको विद्यार्थीको आरोप छ ।
महेन्द्र मोरङ क्याम्पसमा बीएससी अध्ययरत साहले सामाजिक विषय पढाउँदै आएका थिए । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक साहलाई कन्सलटेन्सीबाट निकालेको ईडुमार्गका सञ्चालक दिपेन्द्र मेहताले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसप घनश्याम श्रेष्ठले पक्राउ परेको शिक्षकमाथि आवश्यक छानविन भइरहेको बताए । ‘पीडत पक्षसँग बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले अहिलेसम्म उजुरी भने दिएका छैनन् ।’ विद्यार्थी प्रहरीमाथि जाइलागेपूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया