धरान÷ समय नपुग्दै प्रमुख प्रशासकीय अधिकृत मन्त्रालय सरुवा भएपछि धरान उपमहानगरपालीकाको सम्पूर्ण काम एक महिनादेखि ठप्प बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे धरान आएको ५ महिनामा नै मन्त्रालय सरुवा भएर गएपछि ेउपमहानगरको आर्थिकसंगै प्रशासनिक कामहरु ठप्प बनेको हो । हाल दैनिक प्रशासनिक कामहरु मात्र सञ्चालन भइरहेको छ । उपमहानगरपालिकाको नीतिगत निर्णय जनप्रतिनिधिले गर्ने भएपनि कार्यान्वयन तह कार्यकारी प्रमुखले मात्र गर्ने प्रावधान भएपछि सम्पूर्ण काम ठप्प बनेको हो । ०७५ साल जेष्ठ १६ गते उपमहानगरको प्रमुख प्राशासकीय पद सम्हाल्न आएका घिमिरेको सरुवा भएको १ महिना पुग्यो । कार्तिक १२ गते घिमिरे धरानबाट विदाइ भएका थिए । घिमिरेको सरुवा श्रम मन्त्रालयमा भएको छ । घिमिरेको सरुवा भएपछि एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नआउँदा उपमहानगरको आर्थिक प्रशासनिक काम प्रभावित बन्ने पुगेको हो । उपमहानगरको आर्थिकसंगै प्रशासनिक कामहरु ठप्प बनेको धरान उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख बरिष्ठ लेखा अधिकृत
भेषराज अधिकारीले बताए । ‘नगरपालीकाको नीति गत निर्णय जनप्रतिनिधिले गर्ने हो, तर, कार्यन्वयन पक्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मामा हुन्छ ।’ उनले भने ‘उहाँ नहुने वित्तिकै प्रशासनिक निर्णय गर्ने कुरामा असरपर्छ आर्थिक कुरामा झनै असर
प¥यो ।’
अर्थिक प्रशासनिक काम मात्र नभएर नगरपालिकाको आम्दानीमा समेत प्रत्यक्ष असर पुगेको उनले बताए । उपमहानगरले आफु मातहत रहेका खोलाको ढुङगा गिट्टीको ठेक्का लगाउने काम अगाडी बढाउन सकेको छैन । त्यसैगरी, पूर्वाधार निर्माणका कामहरुमा नयाँ ठेक्का सम्झौतादेखि निर्माण सम्पन्न भइसकेका र अन्तिम चरणमा पुगेका निर्माणका कामहरुको रकम भुक्तानी गर्न सकेको छैन् । कर्मचारीको तलब भत्ता कार्तिक महिनासम्मको भुक्तानी भइसकेपनि मंसिर महिनाको तलब कसरी खुवाउने भन्ने चिन्तामा उपमहानगर छ । ‘चेकमा साइन गर्ने अथोरिटि उहाँलाई नै हो । उहाँ नभएपछि एक पैसा पनि रकम निकासी हुदैन ।’ लेखा अधिकृत अधिकारीले भने ‘आर्थिकको विषयमा ३ सय रुपैयाँ पनि दिन सक्दैनौ तलब भत्ताको त कुरै छाडौ ।’
हाल उपमहानगरमा निमिक्त कार्यकारी प्रमुखको रुपमा पिताम्बर गौतम रहेका छन् । उनले दैनिक प्रशासनिक काम बाहेक अन्य काम गरेका छैनन् । आर्थिक तथा नीतिगत कार्यान्वयनको लागि निमिक्त प्रमुखलाई अख्तियारी नदिएका कारणले पनि उपमहानगर समस्यामा गुज्रिरहेको लेखा अधिकृत अधिकारी बताउछन् ‘निमित्त प्रमुखले दैनिक प्रशासनीक काम मात्र
गरिरहनुभएको छ ।’
यसरी आर्थिक काम तथा नीतिगत कामहरु रोकिदा सेवाग्राही मारमा परेका छन् । जनप्रतिनिधि आइसकेपछि करिब १ वर्षको अवधिमा ४ जना कार्यकारी
फेरीनुलाई नेतृत्वको कमजोरी रहेको संघीय लोतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले
बताए । उनले जनताको सेवा गर्न नेतृत्वमा पुगेका जनप्रतिनिधिले चुस्त काम गर्न नसक्नु धरानको लागि दुर्भाग्य रहेको बताए । ‘हामीले जनप्रतिनिधि बनाएर पठाएका नेतृत्वहरुको कमजोरी हो ।’ उनले भने ‘लामो समयसम्म यसरी कर्मचारी नहुँदा सर्वसाधारण जनता मारमा परिरहेका छन्, यो चाही नेतृत्वले बुझ्नु पर्छ चाडो निकास निकाल्नु प¥यो ।’
यता, केन्द्रीकृत शासन प्रणलीमा बसेका कर्मचारीले स्थानीय तहमा आफ्नो हैसियत कायम गर्न खोज्दा यस्तो समस्या सिर्जना भएको उपमहानगरका प्रबक्ता मणीराम राईले जिकिर गरे । कार्यकारी प्रमुख नहुँदा कार्यान्वयन तहको सम्पूर्ण काम प्रभावित भएको उनले स्विकार गरे । यस विषयमा कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी आफै
लागिरहेको उनले बताए ।
त्र
