धनकुटा÷अत्याधिक प्रोटिनयुक्त, जुनसुकै प्रकारको विरामीले समेत खान सक्ने एभोगाडका लागि धनकुटा राजधानीको रुपमा देखा परेको छ ।
एभोगाडका फाइदा, त्यसबाट पाइने प्रोटिनका बारेमा प्रचार–प्रसार गर्ने उद्देश्यले शनिवार धनकुटामा प्रथम एभोगाड महोत्सवको आयोजना गरियो । धनकुटा नगरपालिकाको आयोजनामा भएको उक्त महोत्सवमा ८५ प्रजातिका एभोगाडहरु प्रदर्शनमा राखिएको थियो ।
नेपालमा व्यवसााियक रुपमा एभोगाडको खेति धनकुटाबाट आरम्भ भएको र पछिल्लो पटक मकवानपुरमा समेत यसको व्यवसायिक खेति हुन थालेको धनकुटा ४ का सुभाष श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायिक रुपमै एभोगाडको खेति हुन थालेपछि सुन्तलाको राजधानी भनेर चिनिएको धनकुटाको परिचय अब विस्तारै एभोगाडले लिन थालेको श्रेष्ठको कथन छ । श्रेष्ठले यतिबेला आÏनै प्रयासमा ५० वटा एभोगाडका विरुवा समेत रोप्नु भएको छ । हाल ६ वटा बोटले उत्पादन दिन थालेको पनि उहाँले बताउनुभयो ।

धनकुटामा पहिलो पटक एभोगाडको दुई वटा विरुवा ल्याएर रोप्नु हुने गोपाल वाग्ले हुन् । महोत्सव स्थलमा भेटिनु भएका वाग्लेले भन्नुभयो ३८ बर्ष अगाडि दुई वटा विरुवा रोपे । पाख्रबास कृषि केन्द्रमा वृटिशहरु बस्दा उनीहरु आफनै देशबाट ल्याएर एभोगार्ड खाने गर्थे । उनीहरुकै सल्लाहमा दुईवटा विरुवा रोपेको स्मरण सुनाउदै वाग्लेले भन्नुभयो पछि फल दिन शुरु ग¥यो । तर यसको महत्व र स्वादका बारेमा अनविज्ञ स्थानीयले ५ रुपैया किलोपनि हालेनन् । २०५५ सालमा ती विरुवाहरु डोजर लगाएर उखेलेर फाले । केही बर्ष पछि फेरि १ सय ५० बोट विरुवा लगाएको र हाल उत्पादन समेत राम्रो भएको र व्यापारीहरु घरैमा पुगेर ठेक्का लिने गरेको वाग्लेले बताउनुभयो ।
यतिबेला धनकुटा जिल्लामा प्राय ः हरेक घरमा एभोगाडका बोट देखिन्छन् । धनकुटा देब्रेबासका श्याम थापा भन्नुहुन्छ मैले सुन्तलाका सबै बोट मासेर ८५ रोपनीमा एभोगाडको खेति गरेको छु । बजार मूल्य समेत राम्रो रहेको र सुन्तालका विरुवा भन्दा कम लगानी र मेहनतमा राम्रो उत्पादन हुने भएपछि आफू एभोगाडको खेतितर्फ आकर्षित भएको थापाको कथन छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको परिसरमा स्टल राखेर बस्नु भएकी धनकुटा ६ की श्रेया श्रेष्ठ भनुहुुन्छ वारीमा ६ बोट रोपेकी छु । ठेकेदारहरु पूmल फुल्दै घरमा आइपुग्छन् । हेरी हेरी एउटा बोटको एक लाखसम्म दिन्छन् । भीर गाउँका रन्जित राई समेत एभोगाडको व्यवसायिक खेतिमा लागेका छन् । उनी भन्छन् सुन्तला भन्दा यसमा धेरै फाइदा छ । हाल धनकुटालाई एभोगाडको राजधानीका रुपमा चिनाउन एभोगाडको प्रतिक पार्क समेत निर्माण गरिएको छ । महोत्सवको उद्घाटन धनकुटाका सांसद राजेन्द्र राईले गर्नुभएको छ ।

