साना व्यवसायीको कार्य समिति चयन

धरान÷नेपाल साना उद्योग व्यवसायी संघको केन्द्रीय समितिको नवौ महाधिवेशनबाट नया कार्य समिति चयन गरिएको छ ।
गत सोमबार धरान ३ सरस्वती बाल आश्रममा भएको अधिवेशनबाट झलकबहादुर श्रेष्ठको सभापतित्वमा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
अधिवेशनले समितिको बरिष्ठ उपसभापति नैनकला न्यौपाने, उपसभापति अवइन्द्र निरौला, महासचिव उद्धवप्रसाद अधिकारी, सचिव हिमप्रसाद ओझा, कोषाध्यक्ष कमलप्रसाद भट्टराई र प्रचार सचिव दुर्गा काफ्ले चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा उदयभन्द्र भगत, भुपध्वज बुढाथोकी, हरिप्रसाद ढकाल, शान्त खड्का, गोविन्दप्रसाद मैनाली र विन्दा ढकाल चयन हुनुभएको छ ।
विजयपुर अध्यात्मिक मञ्च सुनसरीका अध्यक्ष पितरुमल अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, उद्योगपति वृखबहादुर श्रेष्ठ, हिराल श्रेष्ठ, बाल आरुमका प्रथम उपाध्यक्ष दानबहादुर राई, धरान मनिहारी तथा उपहार व्यापार संघका अध्यक्ष
रामस्वरुप शर्मा, नैनकला न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघका महासचिव उद्धवप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको अधिवेशनमा संस्थाको बार्षिक प्रतिवेदन सभापति झकबहादुर श्रेष्ठ र आर्थिक प्रतिबेदन कोषाध्यक्ष कमलप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो । विधानतः चयन गरिएका पदाधिकारीको कार्यकाल तीन बर्ष रहने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया