आवर फिटनेश सेन्टरको तीज धमाका

धरान÷नेपाली चेलीहरुको महान पर्व हरितालिका (तीज) धरान २ स्थित आवर फिटनेश सेन्टरले शनिवार धमाकाकै रुपमा प्रस्तुत गरेको छ ।
स्थानीय सुनसरी उद्योग वाणिज्य संघको मिलेनियम हलमा भएको कार्यक्रममा दुई सय भन्दा बढी महिलाहरुको सहभागिता
रहेको थियो । सहभागी महिलाहरु बीचमा ५ वटा टाइटलमा प्रतिष्पर्धा समेत गराइएको थियो । मिस तीज क्विन, वेष्ट डान्सर, वेष्ट हेयर, वेस्ट मेकअप र वेष्ट साडीमा गरिएको प्रतिष्पर्धा आकर्षक रहेको सहभागीहरुले जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ सुनसरीकी उपाध्यक्ष मिना पुलामी रहनु भएको थियो भने सभापतित्व समिन राई
(श्रेष्ठ) ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया