धरान÷सुनसरीको धरानवाट सरकारी तथा गैर सरकारी छाप तथा स्टाम प्रयोग गरी नक्कली शैशिक प्रमाण पत्र तथा नागरिकता बनाउने गिरोह प्रकाउ परेको छ ।
२ सय २७ वटा विभिन्न सरकारी निकाय, सरकारी विद्यालय तथा विश्व विद्यालयहरुका छाप सहित धरान १२ मा सञ्चालनमा रहेको मिक कम्प्युटर प्रा.लि वाट गिरोहका ४ जना पक्राउ गरेको हो ।
प्रहरीले बिशिबार राती स्ट्रिङ्ग अप्रेशन गरी मिक कम्प्युटर प्रालिका निर्देशक नेपाली काग्रेसका महासमिति सदस्य राजकुमार थोप्रा लिम्बु, नेकपा एमालेका सुनसरी क्षेत्र नम्बर १ का सदस्य राम सेवा तथा प्रालिका प्राविधिक सहयोगी धरान १५ का वीरध्वज लिम्बु र धरान ८ का सरोज योङहाङलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई एक हप्ताको अनुसन्धान पछि विहिबार राती प्रालिको कार्यालय धरान १२मा स्ट्रिङ्ग अप्रेशन गरी सामान सहित गिरोहमा संलग्नलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मिकवाट नेपाली नागरिकताको ७ वटा खाली प्रमाणपत्र, उच्च शिक्षा
परिषद, त्रिभुवन विश्व विद्यालय, र यातायात व्यवस्था कार्यालयहरुको ५८ वटा होलोग्रमा स्टिकर , विभिन्न व्यक्तिका नाममा भएका ८ वटा नेपाली
नागरिकता , विभिन्न जिल्ला तथा गाविसहरुवाट जारी भएको ४ थान प्रमाण पत्र , उच्च शिक्षा परिषद र त्रिभुवन विश्वविद्यालयका प्रमाण पत्र ४ थान , सिपियु ४ थान ,प्रिन्टर २ थान, एउटा मनिटर विभिन्न प्रिन्ट गर्ने कागज ३ रिम समेत नियन्त्रण्मा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन कुमार तिम्सिनाले वताउनुभयो । पक्राउ परेकाहरुलाई सरकारी छाप दस्तखत किर्ते अन्तर्गत सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी कारबाही सुरु गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका धरान १ का राम सेवाले झापाका एक व्यक्तिलाई शैक्षिक प्रमाण पत्र बनाइदिन भन्दै २ लाख माग गरेपछि उनकै सुचनाका आधारमा सेवाले बिहिबार धरान उपहानगर पालिकावाट नियन्त्रणमा लिएपछि विहिबार राती नै मिकमा स्ट्रिङ्ग अप्रसन गरिएको प्रहरीले जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका डिएसपी भिम दाहालको नेतृत्वको टोलीले मिक कम्प्युटरमा स्ट्रिङ्गं अपे्रशन गरेको प्रहरीले जनाएको छ ।

