परिवर्तनशील समाज नेपालको कार्यसमिति गठन

धरान÷समाजमा भएका विकृतिहरुलाई सामुहिक रुपमा न्यूनिकरण गर्ने उद्देश्यले धरानका प्रवुद्ध समूह सम्मिलित परिवर्तनशील समाज नेपाल गठन भएको छ ।
श्रावण २६ गते शनिवार नेपाली काँग्रेसका पुराना तथा सक्रिय कार्यकर्ता विश्वराज शर्माको अध्यक्षतामा गठन गरिएको कार्यसमितिको बरिष्ठ उप सभापतिमा प्रा.डा. महेन्द्र यादव, उपसभापतिमा श्याम सुन्दर प्रधान, दिलकुमार वन, सचिवमा दिनेश न्यौपाने, कोषाध्यक्ष रमेश थापा, सह सचिवमा आशिष कटुवाल रहनु भएको छ । यसैगरी समाजको प्रमुख संरक्षकमा चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर),
संरक्षकमा भवानी ढकाल, सल्लाहकारमा महेशमोहन पलिखे, भिष्म काÏले र सदस्यहरुमा श्यामप्रसाद ढकाल, बाबुराम घिमिरे, शालिग्राम आचार्य, माधव वास्तोला, उमेश श्रेष्ठ, प्रमोद श्रेष्ठ, विजय अछामी, र कोपिला भट्टराई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया