धरान÷ प्रविधिको विकाससंगै धरान प्रहरीले हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता गर्न थालेका छ ।
प्रहरीले ६ महिनाको अवधिमा १ सय ५ वटा मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता दिएको छ ।
प्रहरीले शनवारमात्र विभिन्न मोडलका ९ वटा मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता दिएको हो । मोवाइल चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धरानमा बढ्न थालेपछि प्रहरीले यसको नियन्त्रणका लागि सक्रियता बढाएसंगै यसरी धमाधम मोवाइल फेला पार्दै मोवाइल धनीलाई नै फिर्ता दिएको छ ।
यस अवधिमा प्रहरीले सात जना मोवाइल चोरीलाई प्रक्राउ गर्न सकिएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
फेला पारेका यस्ता मोवाइलहरु १० हजारदेखि १ लाख सम्म रहेका छन् । धरानमा मोवाइल चोरी बढेसंगै सर्वसाधारणले प्रहरीमा उजुरी गर्ने क्रम बढेसगै प्रहरीले सक्रियता बढाएको डिएसपी पौडेलले बताउनुभयो । उहाले यस अवधिमा १ सय ५ वटा मोवाइल फेला पारी मोवाइल धनीलाई नै फिर्ता दिएको बताउनुभयो ।
मोवाइल धनीहरुले समेत हराएको मोवाइल भेटाइन्छ भन्न विश्वास नभए पनि अन्तत प्रहरीको सक्रियताले मोवाइल भेटाएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रविधिको विकाससंगै प्रहरीको सक्रियताले ६ महिना अगाडि हराएको सामसुङको मोवाइल भेटाएकोमा धरान १२ का अंकितमान श्रेष्ठले खुशी व्यक्त गर्दै
प्रहरीलाई धन्यवाद समेत दिनुभयो ।
