धरान÷ चार हप्ता अगाडि नेपालका दुई कम्युनिष्ट नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पाटी बन्यो । पार्टी एकता पश्चात यी दुई पार्टीाा तल्लो स्तरका भातृ संगठनहरुमा कसरी एकता कायम गर्ने भन्ने विषयमा अन्यौलता छाइरहेको बेला केन्द्र लगायत अन्य भातृ संगठनलाई सन्देश प्रवाह गर्नका लागि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थी संंगठनले भने एकता कपको आयोजना गरे ।
क्या्म्पसमा अ्ध्यनरत यी दुई संगठनले खेलकुदको माध्यमबाट आफूहरुबीच विवाद नभएको र एकता कायम रहेको सन्देश दिनकै लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेका हुन् ।
फागुन १५ गते अर्थात गणतन्त्र दिवसका अवसर पारेर शुरु गरेको प्रतियोगिताको मुख्य उद्देश्य पार्टीभित्र पदका लागि लुछाचुडी भन्दा पनि एक भएर अगाडि बढ्नुपर्छ भन्ने सँन्देश दिनकै लागि आफूहरुले एकता कपको आयोजना गरेको माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष महेन्द्र वास्कोटाले बताउनुभयो ।
गत जेष्ठ ३ दुई कम्युनिष्ट मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा एकता भएपछि पनि पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म पद बाडफाडमा समस्या देखिएको अवस्थामा नेपालमै पहिलो पटक पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पका विद्यार्थीहरुले एकताको भाव झल्काउन पनि एकता कपको आयाजना गरिएको अनेरास्ववियुका क्याम्पसु इकाई अध्यक्ष मुकेशकुमार पाख्रेलको भनाई छ ।
क्याम्पसमा अध्ययनरत ७ फेकल्टीका १४ टिम सहभागी प्रतियोगितामा सिभिल इन्जिनियरिङ विभागले उपाधि चुमेको थियो । शिभिलले एग्रीकल्चरलाई ० का विरुद्ध ३ गोल गरेको थियो ।
प्रतियोगितामा विजेता हुने टिम सिभिलले नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका थिए दोस्रो स्थानमा चित्त बुझाएको एग्रीकल्चरले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र चित्त बुझाएको थियो ।
अन्यन्तै सौहाद्र्धपूर्ण सम्पन्न प्रतियोगिताले विगतमा छुटछुटै
रहेका वामहरु एकतासंगै साच्चै एक ठाउमा छन् भन्ने सन्देश प्रवाह गरेको छ । एकता कायमपश्चात पनि कम्युनिष्ट पार्टीभित्र अझै अन्यौलता कायम भएको अवस्थामा विद्यार्थीहरुले देखाएको एकताको सन्देशबाट सबैले पाठ सिक्नु जरुरी छ ।

