शुशासन शुरु भएछ
माउवादी र झालेमालेको एक आपसाँ लगनगँठो कसिएसी देशाँ गतिलै सुशासन शुरु भा’छ । चालीस बर्षदेखि सिण्डिकेटधारीहरुले सर्वसाधारण यात्रुको टुइँके खुस्काउँदै आँथे । सिण्डिकेट
धारीहरु कम्ता ज्यादा हैनन् । सर्वोच्च अदालतको निर्नयलाई मान्दै मान्दैनन् थिए । सिँगो सरकारलाई नै उनेरका विरुद्ध दायाँ बायाँ गर्दा घुँडा टेकाएरै छाडिदिन्थे । डामेर छाडेको साँढे जस्तो । यिन्का सिण्डिकेट तोड्न घरेलु मन्तरीले राम्रै हाइफाइ देखाए । जन्ता खुशी भा’थे । तर क्यार्नु सिण्डिकेट हटाउन तरतरी पसिना चुहाएर मेहनत गर्ने यातयात व्यवस्था विभागका महार्निेशक रुप नारायाण भट्टराईलाई यातायात मन्त्री रघुबीर महासेठले रातरात मन्त्रालयमा घैचिदिएछन् । सतिले सराप्या देश भन्थे हो रै’छ । भलो गर्ने र राम्रो चिताउनेलाई पुरस्करको सट्टामा गोर्खेलौरी ठोक्ने कामले यस पटक पनि निरन्तता पायो । माने महासेठले सिण्डिकेटधारीहरुको दबाब, प्रलोभनमा महानिर्देशकलाई विभागबाट सुल्काएरै छाडे । अब फेरि सिण्डिकेट धारीले फँडा उठाउने भए । यसलाई चाहिँ सुशासन शुरु भा’कै मान्नुपर्छ । कि कसो हौ ?
अनुगमन गर्ने समिति रे
देशका मन्त्रीहरु साह«ै छाडा भएको देखेसी’ मन्तरीहरुका मुखिया माने पर्धानमन्री खप्रओलाई जँग चलेछ । उन्ले एक ठाममा भाषन गर्दा प्वाक्क बोल्दिहाले अब मन्त्रीको अनुगमन गर्ने समिति बनाउँछु । खप्रओली गतिलै काम गर्न लागेछन् भनेर घण्टाघर कम्ता गदगद भा’थेनन् । अबचाहिँ मुलुकाँ केही हुन्छ कि भनेझै लाग्यो । तर फुइøयाँ केही हुन्छ ? त्यही माथिको बुहारी भट्मास खाकी भनेझैँ । कस्ले छुने, कस्ले औलो ठड्याउने, कस्ले तिनका काममा
अवरोध पु¥याउने, कस्ले सल्लाह लिने ? छ कोही माइवाफको आँट ? मन्त्री भन्दा ठूला त अनुगमन समितिमा बस्नेको हैसियत हुँदैन क्यारे ? मन्त्रीकै अनुगमन गर्ने समितिमा कुनचाहिँ सरकारी कर्मचारी बस्छन् र ? भालुको कन्पारो समात्ने हिम्मत लरतरो कसैले गदैैन । हैन यस्तो हावा गफ गर्ने पर्धानमन्तरी खप्रओलाई चाहिँ मान्नैपर्छ ।
वाम विमानका दुई चालक
नेपालमा शक्तिशाली वाम विमानले विहीबारदेखि राजधानीको राष्ट्रिय सभागृहबाट उडान भर्न शुरु ग¥या छ । वाम विमानका दुई चालकको अनुहार नियाल्न त्यस दिन राट्रिय सभागृहमा गतिलै खचाखच भएछ । विमान चालकका दुई पाइलटले घोषना गरे अब बाम विमानको जत्तिको शक्ति अरुसँग छँदैछैन । अब अरु विमानले यो देशाँ सशासन गर्ने त कल्पनै नगरे हुने
भएछ । दुवै पाइलट आगो खाएर अंगार विष्ट्याउने परे । तर आफूहरु जतिको शक्ति भएको विमान अरु हुनै सक्दैन भनेको सुन्दा भने घण्टाघरलाई उदेक लाग्या छ । चालकको त्यस्तो घमण्डले विमान चाँडै नै दुर्घटना पर्लाजस्तो पो
छ । अहिल्यै विमानका पार्टपूर्जाहरु उछिट्टिन थाल्या छन् ।
चुइक्क बोल्दैनन्
गोल्ड डनहरुको मुद्दामा बहस गर्न आएका नेपालमा नामुद वकिलहरुको यतिबेला विस्तारै बोल्ती बन्द हुन थाल्या छ रे । होला पनि गरिबका मुद्दामा बहस गर्नु प¥या भए त्यसरी लर्को लागेर ज्यान गए पनि आउँदैनन थिए । पाउँ स्पर्श गर्नु पथ्योै, अगावै बोल कवोल गर्नु पथ्र्याे तर ३३ केजी वाला परे गोल्ड डन । ल्याकतले भ्याएसम्म गर्दियो भने भोलि खत्रक खत्रक झर्छ । गोल डनलाई जोगाउन यतिबेला उनेरु लगौटी खुस्किउन्ज्यालको बल लगाएर भिड्या छन् । कोही सुनै भेट्या छैन के को मुद्दा भन्छन्, कोही प्रमाण पुग्या छैन भनेर बुरुक्क उफ्रन्छन्, कोही साधारण तारेखमा गोल्ड डनलाई छोड्नुपर्छ भनेर नकचरोपन देखाउँछन् । गोल्ड डन गोरैले भकुर्दै गरेको भिडियो उनेरु अदालतमा देखाउनै दिँदैनन् , जे होस् त्यो भिडियो बाहिरिएपछि लाखौले सामाजिक सञ्जालमा हरेर डनका पक्षेमा वकालत गर्ने वकिलहरु छिछी र दुरदुर गर्न थालेसी यतिबेला उनेरु इज्जत जोगाउन नसक्ने अवस्थामा पुग्या छन् । पाप धुरीबाट कराउँछ भनेर त्यसै भन्या हैन नि बाबै †
एकता वृक्षे
हैन हौ यी झालेमाले र माउवादीले नाटक पनि कतिसम्म गर्न जान्या हँ । यिन्का नाटक देख्दा नेपाली जन्तालाई वान्ता हुन लागिसक्या छ । अस्तिका दिन दुवै बाम एक ठाम भएको खुशी ¥यालीमा वाल्वाटाराँ एकता वृक्षे रोपे रे । उहिले नै राणाहरुले जापानबाट ल्याएको जिन्गो वाइलोचा विरुवा रोपेर किन त्यत्रो भट्याएका होलान् ? विरुवाको नामै
त्यसरी विगार्नु त भए नि । हुन त सरम पचाएसी’ जे बोल्दा पनि भएकै छ । आज विरुवाको नाम विगारे, भोलि सहरको नाम विगार्लान, पर्सी देशकै नाम अचम्म नमाने हुन्छ । अखिरी मुलुकाँ यिन्ले अहिलेसम्म के चाहिँ सपा¥या छन् र ? विगार्ने, फोड्ने, जलाउने, हान्ने तालिम लेकाहरुले सर्पालान भनेर घण्टारलाई त ज्यान गए नि विश्वास छैन । तै हेरम भर नपर्नु आशाचाहिँ गर्नु भन्छन् । कि कसो हौ ? अहिले मिल्दा रोप्या विरुवा भोलि फेरि फुटे भने उखेल्लान कि नउखेल्लान् ?
का“ग्रेस दुवो हो रे
नेप्लिज लाँग्रेसका ओखलढुंगे जुवा नेताले भन्या काँँग्रेस दुवो हो रे । अहिले खडेरी लागेर अलिकति सुक्का मात्र हो
रे मलजल गरेर पानी हालेसी ह्वात्तै आउँछ रे । ती ओखलढुँगे रामहरि खतौडा बाजेको कुरा सुन्दा घण्टाघरलाई उदेक लाग्या छ । स्यालबहादुरको छत्रछायाँमा हुन्ज्याल काँग्रेस पन्पीनै सक्दैन भनेर बोल्या भे तै पत्याउनु । खडेरीमा मलजल गर्नु पर्ने बेलामा जरा सुद्धै उखेलेर हिडने माने गुट उपगुट बनाएर दुबो लुछ्ने को हो खतौडा बाजेलाई भलिभाँति थाहा छ । पाउँदा जरै उखेल्ने नपाउँदा सडकाँ आएर रोइकराई गर्न त भएन नि । अबका १५ बर्षसम्म दुवोमा जत्तिसुकै पानी ओइ¥याए पनि पन्पीने छाँटकाट देखिदैन । अब रोइ कराई गरेर, लडीबुडी गरेर केही होला जस्तो छैन खतौडा बाजे ।
अब रोंगे रौ फेर्ने भए
उहिताको ट्राफिक पुलिस घुस खान नजान्ने त्यसमाथि घरेलु मन्तरीले थप जरिवानाको अधिकार दे’सी के खोज्छस काना आँखो भनेझै हुने भएको छ । हाम्रा घरेलु मन्तरी कम्ता मापाका छैनन् । अस्तिका दिन ट्राफिक
प्रहरीहरुले अब ट्राफिक नियेम उल्लंघन गर्नेलाई तीन हजारदेखि ५ हजारम्म जरिवाना गर्ने छुट दिएछन् । जन्तालाई राहत देलान भन्या त आहत गर्न पो थाले त हौ घरेलु मन्तरीले । अब मन्तरीकै आदेश भएसी ट्राफिक प्रहरीको फूर्तिफार्ति त्यसै बढ्ने भयो ।। बेलुकाको जाँडपानीको बन्दोवस्त गर्न होस कि अर्थोक केही गर्न होस् स्वाट्ट सडकमा उभिएर सवारी साधन
रोक्यो, कागपत्र माग्यो । नभए जरिवाना ठोक्दियो । तिनका बाजेको केही जाँदैन । एउटा न एउटा खोचे थापेर भएपनि डल्लो नपारी छाड्दैनन् । जे होस् मुलुक अग्रगामी दिशातर्फ उन्मुख भइरहेको छ ।
अन्तेमा
नेपालाँ अस्तिमात्र दुई वाम एक ठाम भा’छन् । उनेरु एक ठाम भएसी’ कोही खुशी भा’छन् कोही सक्तो सरापमा उत्रिएका छन् । यिनेरको एकता भन्या काले–काले मिलेर खाम भाले जस्तो मात्र हो रे । हुन त जात, धर्म,वर्ण एउटै भएनी यिन्ले आफूलाई अलग अलग देखाउदै आ’थे । यिन्को एकताले जन्ताचाहिँ खासै उत्साहित भा’छैनन् । कोदो र तोरी हेर्दा उस्तै उस्तै देखिन्छ । दुवैलाई एकै ठाममा मिसायो भने त्यो बेकामे बन्छ । न त्यो मिसाएको पिस्दा तेल आउँछ न त पीठो नै झर्छ । बरु बेग्लाबेग्लै बस्या थे भने एउटा बाट तेल चुहिन्थ्यो अर्केबाट पीठो । भएन त सत्यानाश ?

