इटहरी ÷ एक साताको अवधिमा एक महिलाको मृत्यु र आधादर्जन स्थानीयहरुलाई घाइते बनाउने साढे गोरु शुक्रबार बेलुकाबाट नियन्त्रणमा लिइएको छ । इटहरीको वाडनं ८मा आतंक मच्चाएको साढेले स्थानीय सिताकुमारी आङबुहाङको ज्यान लिएको थियो भने आधा दर्जन गाउलेहरुर्लाइ हानेर द्दाइते बनाएको थियो ।
४१ र्बर्षीया सितालाई घर नजिकै रहेको मकै बारीमा आक्रमण
गरी ढाडको करङ भाचिदिएपछि तत्काल उपचारको लागि लादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।साढेले दिउसै आतंक मच्चाउन थालेपछि इटहरीको फुलबारी र गैसार टोल त्रसित बनेको थियो । स्थानीय वडाध्यक्ष रोहित चौधरीले शुक्रबार उक्त साढेलाई नियन्त्रण्मा लिएर तरहराको चारकोशे जंगलमा लगेर छोडिदिएपछि अहिले सो गाउँ साढे मुक्त बनेको हो ।
साढेको आतंकबाट त्रसित स्थानीयले वडाध्यक्ष्संग गुहार मागेपछि उनले तत्काल नियन्त्रण्मा लिएर शुरक्षित स्थानमा लगेर छाडिएको वडाध्यक्ष चौधरीले बताए ।

