धरान÷ सुनसरीका पुरुष तर्फ सुनसरीका घनश्याम राई र महिलातर्m तेह्रथुमकी आशा लिम्बुले प्रदेश नं. १ स्तरीय ‘प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीपको उपाधि जितेका
छन् ।
धरान १४ विजयपुरमा रहेका पञ्चकन्यामा आयोजित प्रतियोगितामा पुरुषतर्फका घनश्यामले २५ किमीको दूरी १ घण्टा ३४ मिनेट ५२ सेकेण्डमा पारगर्दै प्रथम भएका हुन् भने महिलातर्फकी विजेता आशा लिम्बुले ११ किमीको दूरी १ घण्टा १५ मिनेट ४४ सेकेण्डमा पार गरेकी थिइन् । विजेता दुवैले नगद १५÷१५ हजार प्रमाणपत्र र ट्रफी हात पारेका छन् ।
यस्तै पुरुषतर्फ सुनसरीकै अभिषेक लिम्बु्े १५ किमीको दूरी १ घण्टा ३७ मिनेट २९सकेण्डमा पार गर्दै दोस्रो र सुनसरीकै दिपक जीमिले १ घण्टा ४८ मिनेट ३८ सेकेण्डमा पार गर्दै दोस्रो
र तेस्रो भएका थिए । उनीहरुले क्रमश १० हजार र ५ नगदसहित प्रमाणपत्र र ट्रफी हात पारेका थिए ।
यस्तै महिलातर्फको ११ किमीको साइकल दौडमा सुनसरीकी अनिषा गुरुङ र सुनसरीकै इषा तामाङ दोस्रो र तेस्रोे भएका थिए । उनीहरुलाई नगद क्रमश १० हजार र ५ हजार सहित ट्रफी प्रमाणपत्र वितरण गरिएको थियो ।
चार समूहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको जुनियर पुरुषतर्फ सुनसरीका सुशान्त मेन्याङवो प्रथम, सुनसरीकै उत्सव राई दोस्रो र सुनसरीकै अभिषेक लिम्बु तेस्रो भएका थिए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार ५ सय नगद प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै ४० बर्ष माथिका पुरुष अर्थात भेट्रान समूहबाट सुनसरीका कृष्ण केसी, दिलबहादुर श्रेष्ठ र राजु श्रेष्ठ क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । उनीहरुले क्रमश ५, ३ र २ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए ।
जिल्ला सुनसरी साइकलिङको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नं. १ का सात जिल्लाका १ सय ५० खेलाडीले भाग लिएका थिए ।

