घण्टाघरबाट हेर्दा

ए कता ? हुने
माउवादी केन्द र झालेमालेबीचको चर्चित एकता अब ए कता ? हुने भा’छ । कहिले कम्युनिष्ट स्थापना दिवसमा लगनगाँठो कस्ने भनेर फलाके, कहिले लेनिन दिवसको हल्ला फिँजाए, कहिले मजदुर दिवसमा पक्का भनेर उफ्रिए । अन्तत ः कान्ला मुनीको भ्यागुतो कान्लै मुनि होला जस्तो पो छ । आर्यघाटतिर पुग्न लाग्या माउवादीलाई लगौटी बेराएर इज्जोत जोगाइद्या झालेमाले नै हो । अब अहिले आएर केन्द्रका मुखिया अनेकौ जालझेल गर्दैछन् । कहिले पचास प्रतिशत भागबण्डा चाहियो भन्छन्, कहिले के खोचे थाप्छन् ? हुँदाहुँदा आधा कार्जेकाल पर्धानमन्तरी पनि पाम भनेर प्रचण्डाउले गतिलै बार्गेनिङ्ग गरेसी खप्रओको मथिैगलले कामै गर्न छाड्या छ रे । उस्तै परे अब जोर किक हान्ने मनस्थितिमा खप्रओ पुग्या छन् रे । त्यसपछि त माउवादी कहाँ जान्छस् हराउने बिलाउनेको देशमा हुने त होला ।
वकिलहरुको लर्को
सुनकाण्डका बहुचर्चित गोल्ड डनहरुलाई जोगउन यतिबेला राजधानी लगायका स्थानहरुबाट वकिलहरु
विराटनगर पुग्ने क्रम जारी छ रे । मुर्दाको वालको खाल घिचेर दाम थाप्ने दुर्लभ जात न परे नेपालका वकिलहरु । यिन्का तैछाड मैछाड गएर गोल्ड डनहरुलाई जोगाउन बहस गर्न विराटनगर आएको देख्दा गोल्ड काण्डमा यिन्को पनि संलग्नता छ कि क्या हो ? नभए पनि यसो एक दुई टुक्रा पाउने आशाले त्यसरी धाइफल तोडेर आएका होलान ? मालदार यतिबेला तिनै गोल्ड डन छन् । सरकारी वकिललाई त अदालतमा प्रमान समेत राख्न द्या छैनन् रे गोल्ड डनका वकिलहरुले । हुटिङ गरिहाल्छन् रे । माल बिना कसैले बहसै नगर्ने यस्ता वकिलहरुलाई अब गोल्ड वकिल भन्दे हुने भा’छ । कि कसो हौ ?
माक्र्स देखेछन् क्यारे
यसपाला घण्टाघरलाई बडो अचम्म लाग्या छ । आँखैले देख्या कुरो नपत्याउँ भने नि भएन । पत्याउँ भने आÏनै टोड्काले धोखा खाएको कि भन्ने लाग्ने । अब हेरम न भारतका धार्मिक प्रधानमन्तरी जनकपुर आएर सियारामको दर्शन गरे । जनकपुरको विकासका लागि सहयोग गर्ने बचन दिए । जन्ताले भव्य रुपले नागरिक अभिनन्दन गरे । तर हाम्रा पर्धानमन्तरीलाई के सनक चल्यो कुुन्नि भारतका पर्धानमन्तरीको जस्तै लुगा लगाएर जनकपुर पुगे । माने गेरु वस्त्र । आज सम्म खपओले गेरु बस्त्र लगाएको खप्रओका आÏनै नन्दीभृंगीले देख्या थेनन् घण्टाघरले फुइøयाँ देख्नु ? खप्रओले गेरु बस्त्र लगाउँदा साँच्चिकै जोकर जस्तो देखिन्थ्यो । त्यै भएर पो खप्रओले आजसम्म नेपालका कुनै पनि मठमन्दिरको नग¥या रै’छन् । जनकपुर मन्दिरमा राम सीतालाई खप्रओले माक्र्स देखेर गै टोपल्या
होलान् ।
विरोधको नाटक
हाम्रा गामघरतिर एउटा उखान छ कहाँ राजाराम कहाँ गंगुतेली । भारतबाट सियो नआए पिँध टालेर लगाउन नसक्ने हैसियत भएका नेप्लीजले राम्रोसग बुझ्या छन् । जस्ले बुझ्या छन् तिन्ले नरेन्द्र मोदीको स्वागत गरे । अभिनन्दन गरे, जस्ले बुझेर बुझ पचाए तिन्ले विरोध गरे । विरोध गर्नेको ताँती देख्दा नि उदेक लाग्दो छ । अन्धा, बहिरा र चप्पर चण्डालहरुमात्र मोदीको विरोधमा देखिए । अब त्यो साझा विकेवशील पार्टीलाई
हेरम न । कुनै ल्याकत र हैसियत नभएका त्यसमा अध्येक्षेले कालो झण्डा राखेछन् । युरोपियन युनियनको द्वारमा भतुवा झै रुगेर दाम थोपरेर राजनीति ग¥या त्यस पार्टीका अध्येक्षे रविन्द्र विश्रले आफूलाई गतिलै राजनैतिकर्मी सम्झेछन् कि क्या हो ? हुन त लगौटीको जुम्रा अलि बढी नै सक्सकाउँछ रे । होला पनि नसक्सक्साउने भए कालो झण्डा राख्ने नै थिएनन् ।
फुइøया“को विरोध
काँग्रेसका मुखिया स्यालबहादुरको अनुकम्पाले उप सभापति भैटोपल्या जकपुरका विमलेन्द्र कायस्थले बडो गज्जबको कुरा ग¥या छन् । भारतका एकजना पूर्व सांसद किर्ति आजादले जनकपुरलाई मिथिला राज्ये बनाउनुपर्छ भनेर बोलसी कायस्थलाई औडाहा भएछ । मिथिला बनेनी, जनकपुर बनेनी, चुरे बनेकी तिन्लाई लुछो र न कन्याई ।
राजिन्दर महतोसँग तीन बल्ड्यांग परेर चुनाउमा चित खाएका कायस्थको सोच र अल्पबुद्धि देख्दा घण्टाघरलाई समेत कुरी कुरी लागेर आएको छ । किर्ति आजादले जनकपुरलाई भारतमा मिलाउँ भन्यो भनेर यिन्ले अहिले प्रचार प्रसार गर्दछन् । त्यस्ता अल्पबुद्धि भएकालाई स्यालबहादुृरले कसरी उपसभापति बनाएका होलान् ? गुहु र गोबर छुटयाउन नसक्नेलाई उपसभापति बनाएसी फुइøयाँ काँग्रेस उँभो लाग्छ ?
गज्जब छ वा
सरकारी कार्यालय तोडफोड गर्ने, आफना विरोधीहरुलाई लखेट्न, विगार्न, सक्तो सराप गर्न,आगो झोस्न, महिनौसम्म यातायात बन्द गर्न, ढुंगा हान्न अभ्यस्त भएका हातहरु यसपटक अचम्मैसँग बदलिएको देख्दा घण्टाघरलाई पहिला त सपना हे कि विपना हो जस्तो भयो । आफैलाई चिमोटी हे¥या त विपनै थियो अनि विशवास गर्नै प¥यो । कुरो के भने यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रदेश नं.२ का मन्त्रीदेखि मन्तरी, सांसद, तिनका टाउके नेताहरु सबै हातमा कुचो लिएर सडक बढाउर्न तँछाड मछाड गरे । पहिला पहिला नेपालका राजा, राजपरिवारका सदस्येहरु त्यसरी भ्रमनमा आउँदा सडक बढारिन्थ्यो, खाल्डखुल्डीहरु रातारात टालटुल गरिन्थ्यो । अलिकति तलमाथि भएमा अञ्चलाधीश, सिडियो, त्यस क्षेत्रका मन्त्री नै शिव हुन्थे । यसपटक जनकपुर यस्तै बनाइयो अरु बेला ठँस ठँस्ती गन्हाएर हिडन नसक्नु हुने जनकपुरले यसपटक रोगे रौँ नै फे¥यो । कतै खाल्डाखुल्डी देखिएन, धुलाको नाम निसानै देखिएन, रंगरोगनले झिलीमिली र चिरीच्याट्ट थियो । क्या गज्बछ वा †
अपानवायु नै बन्द
एकताका आगो खाएर अंगार विष्ट्याउने प्रचण्डाउ हिजो आज गलेछन् । उनलाई पहिला पहिला कुनै माइकालालले गलाउन सक्दैनन थिए । उनको राप र ताप थियो । विस्तारै प्रचण्डाउलाई संसदीय मेसिनले पेल्दै लग्यो । पेल्दै लगेसी उनी पुष्प कमल भए । अझ झालेमालेले पेल्दै गएसी माने खप्रओको संसदीय मेसिनले पेल्दै गएसी पुष्पकमलबाट दाहाल हुँदै दालमा परिणत भए । प्रेसर कुकर रुपी झालेमालेले उनलाई गलाउँदै लग्यो । उखाने अग्नीको सिलिण्डर खप्रओले प्रेसरकुकरमा निरन्तर ताप प्रवाह गरिरहे । कहिले माधव नेपालले प्रेसर कुकरमा एक सिट्टी लगाउँछन्, कहिले ईश्वर पोोख्रेलले सिट्टी ठोक्छन्, कहिले भीम रावलले त कहिले कस्ले सिटी बजाउँछन् । यतिबेला विचरा मालमात्र भएर अपानवायु नै बन्द भएर बस्या छन् । यस्तै हो कहिले सासूको पालो कहिले बुहरीको पालो ।
अन्तेमा
संघीयतामा मुलुक गएसी आकाशकाट बर्बरी सुन बर्सेला भनेर उँभोतिर हेरेर बस्याहरु यतिबेला निराश भा’छ्न् । गाउँ पालिका र नगरपालिकाका वडा सदस्येहरुको जति पनि काम नभएका प्रदेशका मुख्येमन्त्री, मन्त्री, सांसदहरु आफनो तलब सुविधाका लागि मात्र चिन्तित मात्र भएका छैनन् भटाभट आफू खुशी बढाइरहेका छन् । आफ्नो हात जगन्नाथ भन्ने उखनालाई उनेरेले
चरिार्थ गर्देका छन् । अब हेरै न कुनै प्रदेशका सांसदको तलब ४३ हजार, कुनै प्रदेशको ४५ हजार कुनै प्रदेशकाको ५६ हजार तोकिएको छ । आफै ज्यालो आफै म्याले भनेझै आफनो तलब, सेवा सुविधा, आफै तोक्न पाइने नेपालकोजस्तो संघीयता संसारका कुनै पनि देशमा छैन । यसमा हामीले गर्व गर्नैपर्छ । जाबो विकास भन्या त दाता र विदेशीहरुले आएर गर्दिने पो त हो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया