धरान÷लामो समयको छलफल, प्रयास र सहमति पश्चात नेपाल, भारत र बंगलादेश (त्रिदेशीय) बस सेवा सञ्चालन भएकोमा नेपाल बंगलादेश फ्रेन्डसीप सोसाइटी इन इस्टर्न नेपालले स्वागत गदैै खुशी व्यक्त गरेको छ ।
गत बुधबार परीक्षणका लागि बंगलादेशको राजधानी ढाकाबाट नेपाल, भारत र बंगलादेशका अधिकारी सहभागी दुई वटा बस पूर्वी नेपालको व्यवसायिक नाका काँकडभिट्टा आइपुग्दा सोसाइटीका अध्यक्ष डा. खालिद हुसैन हकलगायतका पदाधिकारीहरु स्वागत गर्न काँकडभिट्ट पुगेका थिए ।
श्यामोली कम्पनीका दुईवटा बस ढाका–बंगलाबन्धु, फूलबारी, सिलगुढी हुँदै अपरान्ह काँकडभिट्टा आइपुगेका थिए । एक हजार दईसय किलोमिटर दूरी तय गरी काँकडभिट्टा आइपुगेका ती दुवै बस विहीबार काठमाण्डौ पुगेका थिए । बस काँकडभिट्टा आइपुग्दा सोसाइटीका पदाधिकारीसँगै मेची नगर पालिका, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट संघ, नेपाल बंगलादेश व्यापार संघ, मेची उद्योग वाणिज्य सघ, दर्जन भन्दा बढी सामाजिक संघ संस्था, स्थानीय विद्यालयका विद्यार्थीहरुले स्वागत गरेका थिए ।
मेची भन्सार कार्यालय परिषरमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो भने परीक्षणका लागि सञ्चालित बसमा ६ जना नेपाली, १२ जना भारतीय र २५ जना बंगलादेशी अधिकारीहरु सवार रहेका थिए । त्रिदेशीय बस सेवा सञ्चालनप्रति खुशी व्यक्त गर्दै नेपाल बगलादेश फ्रेन्डसीप सोसाइटी इन ईस्टर्न नेपालका अध्यक्ष डा. खालिद हुसनै हकले भन्नुभयो प्रदेश नं. १ को व्यवसायिक नाकाबाट त्रिदेशीय बस सेवा सञ्चालन हुनु आफैमा गौरवको कुरा हो । यसले पूर्वाञ्चलमा रहेका पर्यकीय स्थलको प्रमोट गर्नमा ठूलो सघाउ पु¥याउँछ । हाललाई यो ट्रायल बस सेवा हो । अब बंगलादेशको राजधानी ढाकाको यात्रा एक दिनमा हुने मात्र हैन सस्तो समेत हुने भएको छ । सन् २००५ मा नेपालका लागि तत्कालीन बंगलादेशी राजदूत मो. उमायु करिवर समक्ष सोसाइटीले बस सेवा सञ्चालनको प्रस्ताव गरेको थियो । पछि व्यवसायी,विभिन्न सामजिक सघ संस्था, पर्यटन व्यवसाय सम्बद्ध संघ संस्थाहरुले नेपाल, भारत र बगलादेश सरकारसँग सोही अनुरुपको प्रस्ताव गरेका थिए । सोसाइटीको स्थापना समेत सन् २००५ मै भएको थियो । त्रिदेशीय बस सेवा सञ्चालन भएपछि बंगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले फाइदा लिन सक्ने अध्यक्ष हुसैनको कथन छ । हाल बंगलादेशमा चिकित्सा, इन्जिनियरिङ्ग र अन्य प्राविधिक विषयमा २० हजार भन्दा बढी नेपाली विद्यार्थीहरु अधययन गरिरहेका छन् ।
बंगलादेशको ढाकादेखि काठमाण्डौ सम्मको बस सेवा सञ्चालनका सम्बन्धमा बंगलादेशको सडक तथा यातायात निगमका अध्यक्ष फरिद अहमद भुइयाँले भन्नुभयो हामी काठमाण्डौसम्मको सडकको अध्ययन समेत गर्दैछौं । भारत सरकारले आफ्नो भूमिमा चारलेनको सडक निर्माण गरिदिएको छ । नेपालको सडकको अवस्था के छ हेरेर सरकारसमक्ष प्रैतिवेदन बुझाउछौैं । भारतको सडक विभागका कार्यकारी इन्जिनियर अमित मुन्जलले भन्नुभयो चार देश नेपाल, भारत, बंगलादेश र भुटानबीचमा सहज यातायातको लागि बस सेवा सञ्चालनका लागि सहमति भएको थियो । सन् २०१५ मा (विविआइएन) बीचको सहमति मोटर, भेइकल सम्झौता भएपनि भुटानको संसदले सम्झौता पत्रमाथि अनुमोदन गर्न नसक्दा हाललाइ भुटानसम्म बस सेवा सञ्चालन हुन सकेन । तर भुटानले चाँडै नै उक्त पत्रमाथि अनुमोदन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यता नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर गोविन्दप्रसाद खरेलले भन्नुभयो बस सेवा सञ्चालनको मुख्य उद्देश्य भनेकै बंगलादेश, भुटान, भारत र नेपाललाइ सहज रुपमा जोड्न सकियोस् भन्ने नै हो । हाललाई रुट सर्भे तथा सवारी परीक्षणका लगि दुईवटा बस सञ्चालन भएको हो र यो केही समयपछि नियमित हुने उहाले बताउनुभयो ।

