धरान/संघीय लिम्बुवान पार्टी नेपालको भातृ संगठन एल.भी धरान नगर समिति गठन गरिएको छ । फिल्ड उपकमान्डार चन्द्र वनेम लिम्बुको संयोजकत्वमा दुई जना प्राइमरी कमाण्डर र सुकर्णहाङ्ग लिम्बु र विशाल श्रेष्ठ रहने गरी ५० सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा सन्तोष तामाङ्ग रहनु भएको छ ।
सो अवसरमा बोल्दै संघीय पार्टी नेपालका केन्द्रीय सदस्य एस.पी.स्वर्णिम हाङ्ग फोम्बोले देश संघीय संरचनामा रुपान्तरित हुन लागिरहेको अवस्थामा कसैले जाति, धर्मको नामले विथोल्न खोजे त्यो नेपाली जनतालाइ मान्य नहुने बताउनुभयो । उहााले भन्नुभयो संघीय लिम्बुवान पार्टी नेपालले नेपाली माटो र नेपाली जनतालाई सुहाउने पहिचान सहितको संघीयता र संविधान निर्माण गर्नुपर्छ भनेर जोडदार माग गरिरहेको बताउदै आफ्नो पार्टीले कुनै जातिवादीको कुरा नउठाएको तर अतिवादीहरुले पहिचानवादीहरुलाई जातिवादीको कुरा उठाएर संविधान बनाउन नदिएको भन्ने आरोपमा कुनै तुक नरहेको पनि फोम्बोले दाबी गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि एवम् पार्टीका सुनसरी निवर्तमान अध्यक्ष गजेन्द्र मान चोङ्गवाङ्ग क्याक लिम्बुले नव गठित एलभी सदस्यहरुलाई माटो छुवाएर सपथग्रहण गराउदै लिम्बुवान माटोको रक्षाकालागि तयार रहन निदैेशन दिनुभयो । पार्टीका केन्द्रीय सदस्य लक्ष्मण ओन्छङ्गबो लिम्बुको प्रमुख आतिथ्य तथा सुनसरी एलभी संयोजक सुरेन्द्र मेन्याङ्गको, एलभी सुनसरी उप कमाण्डर डिवी फोम्बो, जिल्ला उपाध्यक्ष बीपी लिंगदेन, नगर अध्यक्ष अनुप राई, उपाध्यक्ष रितेष लिम्बुले शुभकामना व्यक्त गर्नुभएको थियो भने सञ्चालन नगर सचिव प्रेम कार्कीले गर्नुभएको थियो ।
