थ्रीस्टारले जित्यो बिराट गोल्डकपको उपाधि

बिमल घर्ती मगरको दुई गोलको मदतमा आर्मीलाई हराउँदै थ्रीस्टार क्लबले बिराट गोल्डकपको उपाधि जितेको छ ।
सोमबार भएको उपाधि भिडन्तमा आर्मीलाई ३–० ले हराउँदै थ्रीस्टारले १२ लाख ७१ हजार हात पारेको हो । आर्मीले भने ५ लाख ५१ हजारमा चित्त बुझाएको छ ।
सहिद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्रीस्टार हावी भयो । ५६ औं मिनेटमा अनन्त तामाङले गोल गरे ।
खेलको ७६ मिनेटमा पाएको पेनाल्टीमा बिमल घर्ती मगरले सहजै गोल गरे । खेलको निर्धारित समय सकिनु अघि बिमलले दोस्रो गोल गर्दै थ्रीस्टारको उपाधि पक्का गरे ।

तपाईको प्रतिक्रिया