रहस्ये खुलेन रे
श्री ६ वडामहारानी विद्या देवीले अस्तिका दिन मोरङ्गको उर्लाबारीतिर आएर तुरुक्क गोहीको दुई थोपा आँशु खसाइछन् । उन्ले तुरुक्क दुई थोपा आँशु खसालेकी वरपर जम्मा भएका मानिसहरुलाई नि खपिनसक्नु भे’छ । कोही भक्कानिएछन्, कसैका गला अवरुद्ध भे’छन । वात के परेछ भने मदन भण्डारीको नाममा निर्माण गरेको संग्रहालय उद्घाटन गर्न उर्लाबारी पुगेकी भण्डारीले भनिछन् दाशडुंगा दुर्घनाको रहस्ये अहिलेसम्म खुलेन सुक्क……सुक्क । जे होस् बडामहारानी भण्डारी बज्यै अभिनय चाहिँ गज्जबकै गर्दिरान । दाशढुंंगा दुर्घटनाको रहस्ये चाहिँ कस्ले खोलिदिनु पर्ने हो कुन्नि । सिंह दरबारमा उनेरकै हालीमुहाली, सितल निवासको त गफै नगरे पनि भयो, प्रदेशमा उनेरका डम्फू बज्या छ अनि स्थानीय निकायमा उनेरकै छाउराहरु डान्स गरिरा’छन् । यत्रतत्र सर्वत्र सबैतिर आÏनैमात्र हुँदा नि रहस्येचाहिँ कस्ले खोल्दिनु पर्ने हो कुन्नि ? बरु भण्डार्नी बज्यैले अर्काको आँखामा छरो हाल्न
तिरिक्क गोहीका दुई थोपा आँशु झार्नुको सट्टामा दुर्घटनाको रहस्ये खोल्ने पट्टि लगे बेश होला कि ? लहरा तान्दा पहरो गर्जेला भने टेन्सिन पो होला कि श्री ६ बडामहारानीलाई ?
घर बस्न सुझाउ
हाम्रा संसदीय मामला तथा सामान्ये प्रशासन मन्तरी लालबाबु पनि के के उट्पट्याङ गफ दिन्छन् । कहिले सरकारले पठाएको ठाममा कर्मचारी नगए कारबाही गर्छु भन्छन्, कहिले के भन्छन् त कहिले के । अतिस्का दिन घण्टाघरले उनकै कार्जेकक्षमा मैनटोल बालेर हेदा उनी फत्त–फत्त गरिरहेका थिए । कामै नगर्ने , नेता पाल्ने कर्मचारीबाट विचरा पण्डित हैरान भा’रैछन् । कोही घुस नखाई काम नगर्ने, कोही हाता गरेर टिएपी हुने, कोही अफिसमै पप्लु खेल्ने, केही विदा लिएर अफिसै नमुन्टिने रोगले कर्मचारी संयन्त्र नै रोेग्याहा बनाइद्या रै’छ । जुनसुकै तत्र आए नि जन्ताले सेवा नपाएको गुनासाका चाङ्ग पण्डितका टेबुलमा लाग्न थालेसी उनी अस्तिका दिन जंगबहादुर नै भएछन् । उनले प्वाक्क बोल्दिहालेछन् काम नगर्ने कर्मचारीहरुले जागिर छोडेर घरमै बस्न सुझाएछन् । टिप्पणी त पण्डितवाले कडै ग¥या हुन् तर नानीदेखि लागेको बानी विचरा कर्मचारीहरुले चटक्कै कहाँ छोड्न सक्छन् र ? पण्डित बाले खै कुरो बुझ्या ?
अफ्ठेरोमा अर्थतन्त्र
यतिबेला देशको अथतन्त्र अप्ठेरोमा पुग्या छ रे अर्थमन्त्री जुवराज खतौडा बाजेले भन्या । घण्टाघरले त सबै कुरा अप्ठेरैमा देख्या छ । सरकारी कार्जालयमा घुसाखोरी कर्मचारी र विचौलियाले
अप्ठेरो पा¥या छन् । वैदेशिक रोजगारीमा दलाल र विचौला नै छन् । मुलुकमा सबैतिरको हालत यस्तै छ । सरकारले जनताबाट नानाथरिका ट्याक्स उठाएर बोरामा खाँदेर राख्या होला भन्ठान्या त उठाएर उडाउने काम मात्र गरेछ । अहिले लास्टाँ आएर अर्थतन्त्र अप्ठेरोमा प¥या छ भनेर खतौडा बाजेले औडाहा पोखेर पत्रकारका अगाडि सुनाएछन् । स्थानीय निकायेको कंगाल पार्टी प्रतिनिधि, प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधिहरुलाई बाँड्ने अनि अप्ठेरोमा पुग्या छ भन्ने ? साइकल चढ्ने हैसियत भएकालाई गाडी दिने, आवास दिने, सुरक्षे दिने, भत्ता टक्¥याउने अनि अप्ठेरामो प¥या छ भन्ने ? लौन खतौडा बाजे यो जग हसाउने कामचाहिँ बन्द गरौ ।
बीरबलको खिचडी
माउवादी र झालेमाले बीचको एकता वीरबलको खिचडी जस्तै भा छ । एउटै जात, धर्म, संस्कार भएर नि झालेमाले र माउवादीबीचको एकता ट¥या ट¥यै छ । आजै एकता होला जस्तै गर्छन् भोलि पक्का होला जस्तो गछन् । हुँदा हुँदा दिन, महिना बिते । तर एकताका लागि दुवैले फलाक्न भने छाड्या छैनन् । अस्तिका दिन त माउवादीका अध्येक्षे प्रचण्डाउले एकता हुँदा आधा–आधाको संख्यामा केन्द्रदेखि गाउँसम्म हुनुपर्छ भनेर प्वाक्क बोले । अहिलेको द्रुत सञ्चारको जमाना खप्रओले काना नपुग्ने कुरै भएन । उन्ले नि राता–राता आँखा पार्दै भन्दिए कसैले हैसियत बिर्सनु हुँदैन । खप्रओको बोलीले प्रचण्डाउलाई गतिलै दनक देछ कि क्या हो ? हिजोआज उनले चाइचुईँ ग¥या छैनन् । औलो दिँदा डडुल्नो निल्न खोज्नु त भएन नि † झालेमालेको बुई चढेर बौरिएको माउवादी केन्द्रले अबचाहिँ फिप्टी फिप्टी नभल्ला कि ? तै प्रचण्डाउ हुन कुरो किनारा नलागी यसै भन्नचाहिँ सकिदैन । कि कसो हौ ?
हायल कायल
नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादुर यतिबेला हायल कायल भा’छन् । पद भनेसी चप्रासीको समेत ओगट्ने स्याल बहादुुरको यतिबेला लाँग्रसकै केन्द्रीय सदस्यहरुले हुर्मत लिएका छन् । विचरालाई ठ्याँस पारेर अपानवायु समेत छोड्न द्या छैनन् । कसरी दिउन त ? १ नं. एक पार्टीलाई खाल्डोमा जाकिदिए । अक्षमको पगरी गुथेर पनि पदचाहिँ छोड्दै नछोड्ने स्यालबहादुर जतिन्जेल मुखियाको पदमा आसिन हुन्छन् पार्टी झन झन
रित्तिदै जाने निश्चित छ । बहुमत सदस्यले स्यालबहादुरले नेतृत्व छोड्नुपर्छ भन्दा नि आफ्ना गोडा सातेक नन्दीभृंगी उचालेर स्यालबहादुर नै ठिक स्यालबहादुर नै ठीक भनेर हुटिङ्ग गर्न लगाउँछन् । चमडी जाए पर दमडी नजाए भन्ने मानसिकता भा’का स्यालबहादुरले काँग्रेसलाई १५ बर्षसम्म सुताउनलान् जस्तो छ ।
खारेज हुदै
खप्रओको सरकारले चाँडै नै एउटा गतिलो कुकर्म गर्ने संकेत देखिएको छ । अहिलेसमम ढलीमली गरेर महिनौपिच्छे पेन्सन बुझ्दै आएका राष्ट्रसेवक कर्मचारीहरु अब हिस्सिने भएका छन् । खप्रओको सरकारले पेन्सन खारेज गर्ला गर्ला जस्तो छनक द्या छ । त्यही पेन्सनले सोझा र इमान्दार कर्मचारीका घर चलेका छन् अब त्यो पनि चैट हुने भएसी उनीहरु सडकमा आइपुग्लान जस्तो पो छ । न विचाराहरु सरकारका विरुद्ध न नाराबाजी गर्न सक्छन्, न आन्दोलन नै गर्न सक्छन् , टायर बाल्न सक्छन् आम हड्ताल गर्न सक्छन् । रोगी, पिलन्धरे भैसक्या कर्मचारीको पेन्सन काटेर प्रदेश र स्थानीय तहका स्वाँटठहरुलाई वितरण गर्ने मनसाय सरकारलेब नाएको छ रे । बामको सरकार आउला सुख समृद्धि पाउँला भनेर दिउँसै सपना देखेका पेन्सनधारीहरुले अब के गर्लान् ? उनेरले मुद्दा हाले नि त्यसले कुनै लछारपाटो लगाउदैन ।खप्रओ सरकारसँग दुई तिहाई बहुमत छ । जे होस् पेन्सनधारीका कुदिनको शुरुवात चाहिँ पक्का छ ।
गाडी र सुरक्षेकर्मी घैचियो
घरेलुमन्तरी रामबहदुरले देशाँ गतिलै काजै गर्लान् जस्तो देखियो । कहिले आफै ट्राफिक जाम भएको ठाममा पुग्ने, कहिले हकिमहरुका घराँ राखेका सुरक्षेकर्मीहरुलाई फिर्ता बोलाउने निर्देशन देर हल्काफुल्का चर्चा बटुलेका घरेलु मन्तरीले अस्तिका दिन चाहिँ गतिलै कार्जे गरेछन् । अब हेरौ न नेप्लिज काँग्रेसका ताइ न तुईका नेता अमरेश कुमारले चढेको सरकारी गाडी र उन्ले प्रयोग गरेका सुरक्षेकर्मीलाई घरेलु मन्तरीले घैचेछन् । काम त
राम्रो गरेछन् । कुनै हैसियतले
अमरेशले सरकारी गाडी किन चड्या हुन् ? अनि उन्लाई सुरक्षेकर्मी किन चाहियो ? के उनी मन्तरी हुन ? उच्च ओहोदाका मानिस हुन् । लौन घरेलु मन्तरी ज्यू अमरेश जस्ता यो देशाँ दर्जनौ भन्दा बढी छन् तिनले प्रयोग गरेका गाडी र सुरक्षेकर्मी पनि घैचनु प¥यो । हुन त नयाँ जोगीले आवश्यकता भन्दा बढी खरानी घस्छ भन्छन् । कही हाम्रा घरेलु मन्तरीपनि त्यस्तै हुन कि ?
अन्तेमा
संघीय समाजवादी फोरम र राजपा यतिबेला हिस्स बूढी हरिया दाँतको अवस्थामा पुगेका छन् । पर्धानमन्तरी खप्रओले गतिलै मन्तरी दिन्छु, संविधान संसोधन गराइदिन्छु समर्थन गर भनेर फुत्त चारो हालेका के थिए दुवैले दौडिएर पुगे । तर यतिका दिन सम्म पनि न मन्त्री दिए न संविधान संसोधनका लागि ‘स’ सम्म उच्चारण गरे । जे होस् हाम्रा खप्रओ चतुर हुन । चतुर भएरै दुई तिहाइको पर्धानमन्तरी भा’ हुन् । अस्तिका दिन उपिन्द्र जावले खप्परा हात लगाएर खुइøयाँ गदैै भनेथे हामी बेकुव भयौ । लिखित सहमति गरेर मात्र समर्थन गर्नुपर्ने थियो । आखिरी मन्तरी खाने लोभले लोप्पा खाए ।

