असफल योजनाको नाममा किराँत लिम्बुहरुका पुरातात्विक विजयपुर दरबार मास्ने षड्यन्त्र जनप्रतिनिधि दलबल सहित उत्रदा किरा“त, लिम्बु र अन्य संघ संगठनबीच भीडन्त ः खनिएको खाल्डो पुरिने

धरान÷एसियाली विकास बैंकको २ अर्ब १६ करोड ४ लाख ऋणमा सहरी विकास आयोजना अन्तर्गत
धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने धरान खानेपानी आयोजनाको नाममा किराँत लिम्बुहरुको ऐतिहासिक, पुरातात्विक महत्वको विजयपुर दरबारक्षेत्र मास्ने षड्यन्त्र भएपछि धरान उपमहानगरपालिका र किराँतजन्य संघ संगठनबीच द्वन्द्व चर्किको मात्र होइन झडपको स्थिति समेत सिर्जना भएको छ ।
दरबार क्षेत्रका सैयौ बर्ष अगाडिका सालका रुख काटेर चैत्र ५ गतेदेखि रिजर्भवायर ट्यांकी निर्माण थर्न थालेपछि चैत्र ६ गते प्रहरी प्रशासन लिएर दलबल सहित पुगेका धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र किराँत लिम्बुहरुबीच झडप नै भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल असु्रग्याँस प्रहार गरेको थियो भने
दरबार क्षेत्र बचाउँ अभियान संघर्ष समितिले ट्यांकी खन्न प्रयोग गरेको स्काभेटर तोडफोड गरिदिएका थिए । स्थिति असहज भएपछि निर्माण पक्षले काम स्थागितको भोष्णा गरेको थियो ।
धरान उपमहानगरपालिकाले पानीको व्यापार गर्ने होइन, धराने जनताको टाउकोमा ऋणको भार बोकाई अल्पकालीन योजना चाहिँदैन, खानेपानीको जिम्मा खानेपानी सस्थानलाई नै दिनुपर्छ र खानेपानी संस्थान कब्जाको दुस्प्रयास नगर्न प्रारम्भदेखि नै आम धराने जनताले चेतावनी सहित संघर्ष गदै आएपनि असफल आयोजनालाई जबरजस्ती अगाडि बढाउने मात्र होइन विवाद सिर्जना गर्न ऐतिहासिक एवम् पुरातात्विक महत्वको स्थानमा रिजर्व ट्यांकी निर्माण गर्नु
किराँत लिम्बुहरुको सम्पदा, सँस्कृतिमाथि नै धावा बोल्नु हो संघर्ष समितिका सचिव प्रदीप लिम्बु भन्नुुहुन्छ । गुमराहमा पारेर केही किराँत जन्य संघ संगठनसँग १८ बुँदे ट्यांकी निर्माणको सहमति गरेर
दरबार क्षेत्रमा खन्नु सरासर गलत हो उहाँले भन्नुभयो ।
जबरजस्ती दरबार क्षेत्र मास्ने षड्यन्त्र भएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मगंोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, लिम्बु विद्यार्थी मञ्च, ब्रदरहुड नेपाल, जन सरोकार मञ्च, एकता सञ्जाल, लिम्बुवान स्वायत्त प्रदेश, नेपाली काँग्रेस क्षेत्रीय समिति सुनसरी क्षेत्र नं. १ लगायतले विज्ञप्ती नै प्रकाशित गरी दरबार क्षेत्र मास्ने घृष्टाताको घोर विरोध गरेका छन् । चैत्र १२ गते सोमबार विजयपुर
दरबार क्षेत्र बचाउ संघर्ष समितिका संयोजक थाङसाङ लावती सहित लिम्बुजन्य, किरातजन्य संघ संगठनहरुका पदाधिकारी एवम्
राजनैतिक दलका प्रतिनिधि विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म अनसन समेत बसेका थिए । अनसममा अमर इजम, दिनेश वान्तवा, नरेश खम्बु, युवक कोयु, सावित्रा पन्दाक, नरबहादुर राई, भुपी कोयु, सवि लिम्बु, प्रदीप लिम्बु मोहन तिगेला, दिलु सुब्बा, फणिन्द्र लिम्बु, भीम राई, विष्णु थाङ्गदेन, राजेश श्रेष्ठ लगायत दर्जनौ अनसनमा बसेका थिए ।
संघर्ष समितिका सचिव प्रदीप लिम्बुले दिनुभएको जानकारी अनुसार आगामी दिनमा साकेला, च्याब्रुङ्ग लगायतका किराँत लिम्बुको मौलिक चाड अब यही ठाउँमा मनाउँछौं ।
रिजर्व वायर ट्यांकी निर्माणका लागि धरान उपमहानगरपालिकाले जबरजस्ती खनेको खाल्डो आज १४ गते ठूलो संख्याका किराँत लिम्बुहरुको उपस्थितिमा पुरिदै छ । ¥याली सहित च्याब्रुङ, डोकेनाच, साकेला लगायतका नाचगान गरेर
पुरिन्छ उहाँले भन्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने २०१३ अप्रिल १५ अर्थात २०७० वैसाख २ गतेबाट शुरु हुने गरी २०१७ को जुन महिनासम्म सम्पन्न गर्ने भनेर तियानजीन तुदी जेभि चाइनिज ठेकेदारले काम शुरु गरेपनि तोकिएको समयमा सिध्याउन नसक्दा ९ महिना म्याद थप गरिएको थियो । थपिएको म्याद समेत यही चैत्र महिनादेखि सद्धिदैछ । हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न नभएको र अनेकौ बखेडा झिकेर पुनः म्याद थप्ने विवादास्पद काम गरेको धनकुमार राई बताउनुहुन्छ । केही समय अगाडि धरान उपमहानगरपालिकाले पुरातात्विक विभागका कर्मचारी बोलाएर नाटकीय रुपले उत्खनन् गर्दा कुनै ऐतिहासिक बस्तु फेला नपरेको बताएको थियो । तर हाल ट्यांकी बनाउन खनिएको स्थानबाट ढलौटका फुटेका सामानहरु संघर्ष समितिले फेला पारेको छ । संघर्ष समितिका पदाधिकारीहरुको आंकका थियो, पुरातात्विक विभागका कर्मचारीहरु पनि विकेछन् ।

तपाईको प्रतिक्रिया