सुनसरीको लौकहीमा आगलागी एक बालकको मृत्यु

धरान÷ सुनसरीमा एकसाताको अन्तरमा दुई ठुला आगलागीका घटना भएका छन् । बराहनगरपालिकाका ११ मा एकसाता अघि भएको आगलागीमा ७० परिवारका ८० घर जल्दा एक करोड बढीको क्षति पुगेको थियो भने पछिल्लो पटक सोमबार रातीको आगलागीमा मानविय क्षति भएको छ । आगोमा जल्दा १२ वर्षे बालकको ज्यान गएको छ ।
सुनसरीको कोसी गाउँपालिका १ लौकहीमा रहेको मरिक परिवारको झुपडीमा आगो मात्रै लागेन । सो परिवारको सारा खुशी समेत आगोसँगै जलेर खरानी हुन पुगेको छ । सडक किनारमा रहेको सानो झुपडीमा बस्दै आएको विन्देश्वर
मरिकको परिवार यतिवेला शोकमा छ ।
परिवारले ओत लाग्ने छानो मात्रै गुमाएको छैन् । परिवारको सदस्य समेत आगलागीमा गुमाउनु परेको छ ।
राती अचानक भएको आगलागी जसले घरभित्र सुतेका १२ वर्षिय सुरज मरिक सदाकालागि चिर चिन्द्रामा पुगेका छन् ।
आगलागीको समयमा परिवारका सबै सदस्य घरमै थिए । तर पनि सुरजको उद्धार हुन सकेन् ।
स–साना झुपडीमा सबै बेल्ला बेग्लै सुतेका परिवारका सदस्यले घरमा आगो लागेको पत्तो पाउनजेल सम्मा ढिला भइसकेको थियो । फुसको झुपडीमा दनदनी बलेको आगोले कोठामा एक्लै सुतेका
सुरजको शरीर जलिसकेको थियो ।
आगलागी घरमा उज्यालोकालागि बालिएको टुकी बत्तिबाट भएको अनुमान गरिएको छ । आगोमा परी मृतककी आमा सावित्रा देविको शरीर समेत जलेको छ । उनको इनरुवा अस्पतालमा उपचार भैरहेको छ ।
आगलागी टुकी बत्तिबाट भएको अनुमान गरिएपनि पीडित परिवारले भने घरमा कुनै किसिमको टुकी या घुर नबालिएको बताएको छ ।
सडक छेउमा रहेको झुपडीमा घुर बाल्दा नभएर अन्य कारणलेनै आगलागी भएको हुन सक्ने मृतक परिवारको भनाई छ ।
प्रहरीले भने टुकी बत्तिबाटै घरमा आगो सल्केको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । आगलागीमा परी घरमा
सुतिरहेका १२ वर्षिय सुरजको जलेर घटनास्थलमै ज्यान गएको सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद
चिमरियाले पुष्टि गर्नु भएको छ ।
कोठामा एक्लै सुतेका बालक भाग्न नसकेको र उनको तत्काल उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीमा मरिक परिवारका तीन वटा घर समेत जलेका छन् ।
आगलागीमा छोरो गुमाएको विन्देश्वरको परिवार शोकमा त छँदैछ । बनिबुतो गरेर जीविको पाजर्न गर्ने मरिक परिवारको भएको जायजेथा समेत
खरानी भएको छ । पीडामा परेको विन्देश्वरको परिवारलाई खान, बस्न र दैनिकी गुजार्न समेत थप कठिनाई हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया