धरान÷नेपालमा हुने गरेका विकास निर्माणका कामहरु एक आद्यबाहेक अधिकांश कामहरु समयसीमाभित्र सम्पन्न नहुने गरेका छन् । यस्ता विकास निर्माणका कार्यहरुमा स्थानीयहसंगको मुआब्जा, ठेकेदारको ढिलासुस्ती, बजेट अभाव लगायतका कारणले प्रभावित बन्न गरेका छन् । समयमै काम नहुदा स्थानीय बढीमात्रामा प्रभावित हुने गरेका छन् । यस्तै अवस्था भएको धरान २ र ३का बासिन्दाहरुलाई । ०७४ असार मसान्तसम्म सकिनेु पर्ने सडक समय सीमा सकिएको ९ महिना वितिसक्दा पनि नसकिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।
धरानको भानुचौक बर्षेनी थपिएका सवारी चाप र अस्तव्यस्त पार्किङका कारण सागुरो बन्दै गएपछि सवारी चापलाई नियन्त्रण गर्न धरान १ लक्ष्मीसडकदेखि धरान ३ माछाभौडीसम्मको सडक विस्तार गरी एकतर्फी बनाउने धरान उपमहानगरपालिकाको योजना अनुरुप शुरु गरिएको काम अहिले बीचैमा रोकिएपछि धरानका स्थानीयहरु आक्रोसित बनेका छन् । लक्ष्मीसडकदेखि भौडीसम्मको ४ सय ७१ मीटरको सडक २ सय ६० मिटर बनिसकेपछि काम रोकिएपछि उनीहरु आक्रोसित बनेका हुन् ।
विराटनगरको सहरी विकास तथा आवास विभागले समयमै काम सक्नका लागि देव एण्ड सार्यस भूमी जेभी प्रालिलाई ठेक्का दिएको भएपनि अनेक वाहना गरी काममा ढिलाई गरेसंगै उनीहरुले आक्रोस पोखेका हुन् ।
अहिले थाँति रहेको धरान तीन चिनियाचौकदेखि माछा भौडीसम्मको २ सय ११ मिटर बाटो बन्न नसक्दा सडकमा जथाभावि खाल्डो भएका
कारण सडकमा सवारी साधन गुडन सकेका छैनन् भने अहिले सुख्खा मौसमको समयमा आएको हावाहुरीले धुला उडाउदा बाटो सडकमा हिड्ने बटुवासमेत राम्ररी हिड्न सकेका छैनन् ।
सडक अनुगमनका लागि स्थानीय कैलाश अग्रवालको संयोजकत्वमा अनुगमन समिति गठन गरे पनि त्यसले खासै काम गर्न नसकेको स्थानीयको आरोप छ । सडक निर्माण कार्यप्रति स्थानीय जनप्रतिनिधि समेत सन्तुष्ट छैनन् धरान ३ का वडाअध्यक्ष आशाराम श्रेष्ठले सडक निर्माण कार्य ढिलाइसंगै कालोपत्रेसमेत भइसकेको २ सय ६० मिटर सडक समेत कमसल भएको बताउनुभयो ।
सडक निर्माणका लागि छिटो तथा गुणस्तरीय बनाउन अनुगमन समिति गठन गरेको भएपनि अनुगमन समितिले केही काम नगरेको स्थानीय समाजसेवी रमेश राई बताउनुहुन्छ । यसमा जनप्रतिनिधिहरुले समेत चासो नदिएकै कारण कमसल र ढिलासुस्ती भएको आरोप उहाको छ ।
सडक ढिलाई र गुणस्तरीय नभएको भन्दै उनीहरुले अ्िख्तयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारीमा जुटेको समेत उनीहरुले बताएका छन् । यता ठेकेदार कम्पनीले भने खानेपानी निर्माणमा ढिलासुस्ती गरिदिएका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएकोे कम्पनीका इन्जिनियर श्याम मण्डलले आरोप लगाउनुभयो । ठेकेदार कम्पनीको लापारबाहीले समयमै सडक निर्माण नहुदा जथाभावि भएका खाल्डाले दुर्घटना निम्तिने त्रास पनि उत्तिकै छ । यसतर्फ सम्बन्धित पक्षले बेलैमा होस पु¥याउन जरुरी छ ।

