इनरुवा÷ सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारीबाट पक्राउ परेका १२ जना जुवाडेलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरी उपरीक्षक विद्यानन्द माझीले पत्रकार सम्मेलन गरी पक्राउ परेका जुवाडेहरु सार्वजनिक गर्नुभएको हो ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका वडा नम्वर ८ का संघीय समाजवादी फोरम तर्फबाट निर्वाचित वडाध्यक्ष विन्देश्वर यादव समेत रहेका छन् । उनीसँगै पक्राउ परेका नेपाली तथा भारतीय ठेकेदार र स्थानीय व्यवसायीलाई सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ४ लाख २२ हजार १ सय ३५ नेपाली र भारु ९२ हजार ३ सय ८० रुपैंया बरामद गरेको थियो ।
सार्वजनिक गरिएका जुवाडेहरुलाई जुवा एैन अन्र्तगत मुद्धा अघि बढाइएको प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनु भयो ।
पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुलाई सुनसरी प्रहरीले कुनै हालतमा नछाड्ने बताएको भएपनि जुवाडेहरु छुटाउन राजनैतिक दवाबका साथै आर्थिक चलखेल सुरु भएको सुरक्षा स्रोतले जनाएको छ ।
