धरान÷ मुलुकको हरेक परिवर्तनमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै अब पनि संविधान संस्थागत गर्न सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा धरानमा आयोजित एक कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले जोड दिएका छन् ।
मनिता चाम्लिङद्वारा सम्पादित तथा प्रकाशित साप्ताहिक पत्रिका दिव्य रोशनीको १३ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रमका अवसरमा बोल्ने क्रममा सञ्चारकर्मीहरुले यस्तो बताएका हुन् ।
पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र अब दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न पनि सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भएकोले पत्रकार आचारसंहिताको पालना गर्दै देशलाई निकास दिनुपर्नेमा अग्रज पत्रकार हर्ष सुब्बाको भनाई छ ।
२००७ सालदेखिको आन्दोलनदेखि २०६२÷०६३ को जन आन्दोलन सफल बनाउन सञ्चारकर्मीका महत्वपूर्ण भूमिका रहेको भन्दै अब पनि स्थानीय निर्वाचन सम्पन्न गरी संवधान कार्यान्वयनका लाग सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाले पछिल्लो समयमा सञ्चारकर्मीहरु नै पार्टीको झण्डा बोकेर पत्रकार आचारसंहिताको खिल्ली उडाउदै हिडेकोभन्दै यसतर्फ सञ्चारकर्मी सचेत रहन आग्रह गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघककी केन्द्रीय सदस्य निलिफा सुब्बाले अहिलेको संविधानमा महिलाका अधिकारलाई बढी प्राथमिकतामा राखेको र स्थानीय निर्वाचनमा समेत महिला प्रतिनिधित्वको संख्यामा बृद्धि भएको बताउनुभयो । उहाले सञ्चारमाध्यममा पुरुषलाई भन्दा सामाजिक, आर्थिक हिसाबले महिलालाई काम गर्न अत्यन्तै कठिन भएको बताउदै महिला सञ्चारकर्मीकाको आर्थिक, सामाथिक सुरक्षा गर्न सकेमात्र देशका अन्य तह र तप्कामा महिलाको सहभागिता बढाउन सकिने बताउनुभयो ।
यता नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले निर्वाचनका समयमा पत्रकार आचारसंहिताका घट्ना धेरै हुने गरेकाले कुनै पार्टी तथा व्यक्तिको पछि नलागी सञ्चारकर्मीहरुले समग्र राष्टूको
परिवर्तनका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजमा विशिष्ट व्यक्तित्वहरुले समेत विश्वमै हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका अतुलनीय भएको भन्दै अब नेपालमा अब सञ्चारकर्मीहरुले राम्रो भूमिका खेल्नुपर्ने अवस्था आइसकेको बताएका थिए ।
