इटहरी/पूर्वाञ्चलमै वहुचर्चित इटहरी उद्योग वाणिज्य संघको आगामी तीनबर्षे कार्यकालका लागि भोलि अर्थात असार २३ गते निर्वाचन हुादैछ ।संघको अध्यक्ष पदमा यतिबेला लिलम बस्नेत र इश्वरी
पराजुली प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्षका दुवै प्रत्यासी आ–आÏनो प्यानल सहित मतदाता, उद्योगी, व्यवसायीहरुलाई आÏनो पक्षमा मतदान गर्न घर दैलो, अन्तरक्रिया, भेटघाट आदिमा व्यस्त भएका छन् ।
इटहरी उद्योग वाणिज्य सघको निर्वाचनमा यपटक ४ हजार १६ जनाले भोलि हुने निर्वाचनमा मतदान गर्दैछन् । यसभन्दा अगाडि अर्थात २०७० सालमा १८ सय ५४ जनाले मतदान गरेका थिए । अध्यक्षका दुवै प्रत्यासी आफूले जित्ने दाबी समेत गर्दै आएका छन् । निर्वाचनमा जित्ने लक्ष्य लिएरै उमेद्वारले उमेद्वारी दिने हो । त्यसका लागि विगतका काम र भावि योजनालाई मतदाताहरुले मुख्य आधार बनाउने गर्छन् । यसै सम्बन्धमा धरान साप्ताहिकले केही दिन यता इटहरीका उद्योगी व्यवसायीहरुको मत सर्भेक्षणलाई निरन्तता दिादै आएको थियो । मत सर्भेक्षणले यसपटक इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा लिलम बस्नेत स्थापित हुने देखिएको छ ।
पियुएस सप्लायर्स इटहरीका सञ्चालक पेशलकुमार लम्लास भन्नुहुन्छ, हाल प्रतिष्पर्धामा देखिएका दुई अध्यक्षका प्रतिष्पर्धीमध्ये लिलम बस्नेत उपयुक्त, संघलाई आवश्यक पर्ने व्यक्ति हुनुहुन्छ । विगतका नेतृत्वले उद्योग वाणिज्य सघलाई राजनैतिक अखडाका रुपमा परिणत गरे । इश्वरी पराजुलीको उमेद्वारी विगतकै निरन्तता मात्र हो । लिलम बस्नेतले संघलाई व्यवसायीको संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फेरि उद्योगी व्यवसायीहरु विगतको निरन्ततामात्र चाहादैनन् परिवर्तन चाहन्छन् । उता इटहरी इन्रप्राइजेजका सञ्चालक ओमप्रकाश निरौला संघको आगामी नेतृत्वमा लिलम बस्नेतको विकल्प देख्नुहुन्न । उहाा भन्नुहुन्छ विगतमा इटहरी बजारको मत ७० र ३० प्रतिशत थियो । अर्थात वर्तमान सघका अधयक्ष रोहित प्रसाईलाई ७० प्रतिशत मत इटहरी बजारबाट खसेको थियो । यसपटक ठीक उल्टो देखिएको छ । उहाा भन्नुहुन्छ, यसपक तरहरा, पकली र खनार पनि इटहरी उपमहानगरपालिकामा गाभिएको हुादा लिलम बस्नेतले अत्याधिक वहुमतले जित्ने देखियो । आाटी स्वभाव, आफूले गरेको निर्णय कार्यान्वयन गरेरै छाड्ने, इटहरीका स्थानीय बासिन्दा, इटहरीमै उद्योग व्यवसाय भएकोले संघलाई प्रर्याप्त समय दिन सक्ने, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध, यहााका मठमन्दिर, धर्मशाला आदिको निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउने बस्नेतलाई प्राय: सम्पूर्ण उद्योगी, व्यवसायीहरुले रुचाएका छन् ।
लम्साल र निरौलाकै कथन छ समाजसेवी एवम् नेपाल टेलिकमबाट सेवा निवृत्त हुनुभएका राजेन्द्र कट्टेलको । उहाा भन्नुहुन्छ संघको चुनावी माहोल र मतदाता, उद्योगी व्यवसायीहरुको मनस्थिति देख्दा लिलम बस्नेत अत्याधिक वहुमतले जित्दै हुनुहुन्छ । बस्नेतको पक्षमा धेरै राम्रो माहोल बनेको छ । उहााको कार्यक्षमता, यस अगाडि संघको उपाध्यक्ष भएर गरेको कार्य, संघको भवन निर्माणमा उहााले पुर्याएको योगदानलगयतका कामबाट मतदाताहरु उहााप्रति आकर्षित भएका छन । उद्योगी व्यवसायी एवम् विभिन्न सामाजिक संघ सस्थामा आवद्ध किशन खेडिया प्रारम्भदेखि नै संघको नेतृत्वमा बस्नेतको विकल्प देख्नुहुन्न । उहाा भन्नुहुन्छ लिलम जीले वास्तवमै चुनाव जितिसक्नु भएको छ । उहाा ठोकुवा गर्नुहुन्छ लिलम बस्नेतले ५सय भन्दा बढी मतले चुनाव जित्नुहुन्छ । हिजो
रोहत प्रसाई अध्यक्ष हुादा लिलमकै संयोजकत्वमा भवन निर्माण शुरु भयो । अधुरो रहेको उक्त भवन उहााले नै निर्माण पूरा गर्नुहुन्छ । उहाा एउटा उद्योगी समेत भएकोले सबैसाग उहााको सुमधुर सम्बन्ध छ । अध्यक्षका अर्का पत्यासी इश्वरी पराजुली व्यक्तिगत रुपमा नराम्रो मान्छे हैन तर संघलाई आवश्यक पर्ने मान्छे भनेकै अहिलेको अवस्थामा लिलमजी नै हो । उता भट्टराई इलेक्ट्रोनिक्सका सञ्चालक माधव भट्टराइ भन्नुहुन्छ, अहिले संघको निर्वाचन हेर्दा उपमहानगरपालिकाको मेयरको जस्तै देखिएको छ । मेयरको निर्वाचनमा सबैले मतदान गर्न पाउाछन् भने संघको निर्वाचनमा यहााका उद्योगी, व्यवसायीले मात्र मतदान गर्न पाउाछन, फरक यति मात्र हो । इश्वरी
पराजुलीले काागेस, राप्रपा, माअोवादी केन्द्रलाई लिएर हिाड्नु भएको छ तर लिलम आफू एमाले निकट भएपनि विसुद्ध व्यवसायीहरुलाई मात्र लिएर हिडनुभएको छ । वस्तुगत संघका सबै जसोले लिलम प्यानलबाट सदस्यको उमेद्वारी दिनु भएको छ । त्यसैले पनि बस्नेतको विजयी सुनिश्चित देखिएको छ ।
यसैगरी अर्का व्यवसायी गोविन्द थापा भन्नुहुन्छ, यतिबेला चुनावी माहोल उत्कर्षमा पुगेको छ । कसैलाई केही अप्ठेरो पर्दा साथ सहयोग गर्ने व्यक्ति लिलम जी भएकोले पनि वस्नेतको विजयी सुनश्चित देखिएको छ । यस्तै मत छ नेपाल भूतपूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य तथा नेपाल मगर संघ इटहरी उपमहानगर समितिका अध्यक्ष खोजबहादुर मगरको । इश्वरी पराजुली र लिलम बस्नेत दुवै मेरा साथीहरु हुन् । तर इटहरी उद्योग वाणिज्य संघलाई बस्नेतकै आवश्यकता छ । एउटा आाट भएको वौद्धिक, धार्मिक, सामाजिक, व्यक्ति लिलम अध्यक्ष भएमा इटहरीले धेरै कुरा पाउन सक्छ । इस्टर्न ट्रेडिङ्ग र ओम इन्टर प्राइजेजका प्रोप्राइटर देवीप्रसाद ओझा भन्नुहुन्छ, लिलम बस्नेतको चुनाव जित्ने आधारहरु धेरै छन् । उहाा हरेक कुरामा सक्षम व्यक्तित्व हुनुहुन्छ । सुनचाादी व्यवसायी संघ, ग्लास एसोसिएसन, होटल संघ, मनिहारी संघ, किराना संघ लगायत वस्तुगत संघका अध्यक्ष, सचिवहरु प्राय: सबै उहााकै पक्षमा छन् ।काम गर्न सक्ने, आाटिलो र स्पष्ट वक्ता भएकोले पनि इटहरीका उद्योगी, व्यवसायी उहााको पक्षमा देखिएका हुन् । उहााले धेरै मतले जित्ने सम्भावना छ । इटहरीका उद्योगी व्यवसायी अहिलेको सिण्डिकेट तोड्न्े पक्षमा छन् । यसैगरी सुसान सप्लायर्स तथा विकल्प निर्माण सेवाका प्रोप्राइटर सूर्य रायमाझी भन्नुहुन्छ, वास्तवमै भन्ने हो भने यस पटक इटहरीका उद्योगी व्यवसायीले परिवर्तन खोजेका छन् । बस्नेतका भावि कार्यक्रमहरु अत्यन्तै राम्रा छन् । व्यवसायीहरुको सुरक्षामा सम्बन्धित निकायसाग समन्वय गर्ने, राति ९/१० बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थाको सिर्जना गर्ने, वीमाको व्यवस्था गर्ने, उपमहानगरपालिकासाग मिलेर विकासका कामलाई तिब्रता दिने, व्यापारीका लागि गोष्ठी सेमिनारको व्यवस्था गर्ने, सिसी क्यामेराको समुचित व्यवस्था गर्ने लगायतका उहााका कार्यक्रमले व्यवसायीहरु उहाा प्रति आकर्षित भएका छन् । उता जब्दी किराना पसल लविपुरका प्रोपाइटर तेजनारायण
चौधरीको कथन पनि अन्यको भन्दा परक छैन , संघलाई अगाडि बढाउन र व्यापारीको हक हितका लागि लिलम बस्नेतको विकल्पै छैन । उहाा जस्तो हिम्मतिलो व्यक्ति आउादा सबै उद्योगी, व्यवसायीको उत्थान हुन्छ । यस्तै धारण छ इटहरीका कुमार कटुवाल, पूर्ण अधिकारी, देवीप्रसाद लुइाटेल, डिवी राई लगायतहरुको ।
