उचाई बढ्यो रे ?
राजधानीमा ट्रेन र पानीजहाज एक आपसमा ठक्कर खाादा ५ वटा भौसी ठहरै भएपछि उनीहरुको पोष्टमार्टम गर्न म:म पसलमा लगियो रे । कतिपयले भन्लान् घण्टाघरले के यस्तो हावा र हाास उठ्दो गफ गर्या भनेर । के गर्नु केपी ओली माने हाम्रा पर्धानमन्तरी खप्रओले गरेका गफ सद्धे हुन भने घण्टाघरको गफ पनि सद्धे
हो । अब अस्तिका दिन खप्रओ वाले एउटा कार्जेक्रममा भटटट भट्याएछन् चाइनाको भ्रमण गरेपछि नेपालीको उचाइा नै बढेको छ । घण्टाघरले पनि खप्रओले त्यसो भनेपछि सााच्चै होकि क्या हो भनेर बाटामा हिड्ने सबैलाई नियाल्यो । तर फुइय्यााको हुन्थ्यो कसैको उचाइ एक सुता पनि बढेको थिएन । चाइना भ्रमण गर्दैमा नेपालीको उचाइ बढ्ने भए अहिलेसमम कैयौ ऐरै गैरे नत्थु खैरेहरुले चाइनाको भ्रमण गसिकेका थिए । न त्यतिबेला बढेको थियो न अहिले बढ्या छ । सबै जोत । कि कसो हौ ?
बाउरामको विजोग
अस्तिका दिन बाउरामको जनकपुरमा विजोगै भएछ । खुबै नयाा शक्ति देखाउन चुरीफुरी गर्दै जनकपुर हान्निएका थिए मधेशी युवाको पुरानो शक्तिले नै हायलकायल बनाइदिएछ । भएछ के भने नयाा शक्तिको ध्वाास पिट्दै
ताउरमाउर गरेर बाउराम जनकपुर गएछन् । फिस्स हाास्दै मञ्चतिर उक्लेछन् । त्यतिकैमा पुरानो शक्तिका मधेशी युवाहरुले मञ्चतिर झट्टी हान्न शुरु गरिहालेछन् । धन्न पुलिसले उन्लाई चक्रव्यूहमा पारेर बचाएछन् । त्यसपछि मञ्च पनि भत्काइदिएछन्, आगो सल्काइ दिएछन् । नयाा शक्तिका कार्जेकर्ता धाइफल तोडेर भागेछन् । नयाा बोतलमा पुरानै रक्सी प्याक
गरेपछि फुइयाा हुन्छ ?
ढल्दैन रे
फोरम लोकतान्त्रिकका अध्येक्ष्ो विजय गच्छदारके कुरा बुझिनसक्नु
छ । जति बुझ्यो त्यति गहिरो । बरु बुझ्दै नबुझ्यो टन्टै साफ । अब हेरौ न एक हप्ता अगाडि खप्रओले हावामात्र जोते, देश र जनताको हितमा काम गर्न सकेन, फोरमसाग भएको सहमतिको कार्यान्वयन गरेनन् भनेर सरकारबाट बाहिरिने चेतावनी द्या थे । रातारात फेरि के भयो कुन्नि पर्लक्कै पल्टिएछन् । अस्तिका दन त उन्ले राट्रिय सहमति नबनुनज्याल यही सरकार रहन्छ, आफूहरु पनि सरकारबाट बाहिर गइदिैन भनेर कन्नी चुाडिउन्ज्याल भाषण ठोकेछन् । खप्रओसाग सुाघाउदा लट्याउने छाडी नै पो छ कि क्या हो ? केही दिन अगाडि प्रचण्डाउ त्यसैगरी बटरिदा
रातारात फेरि पर्लक्कै पल्टिएका थिए ।
असफल भइसक्यो रे
नेपालमा सबैभन्दा बढी झुटो बोल्ने, गफ जोत्ने, हुादै नभएका कुरा गर्ने हो भनेर हाजिरी जवाफमा विद्यार्थीहरुलाइ सोध्दा नेताहरु भन्दियो भने उत्तर ठ्याक्कै मिल्छ । अब हेरौ न नेप्लिज काागग्रेसका तेस्रो लिंगी माने
रामचन्द्रे बाजेलाई । अस्तिका दिन उन्ले भन्या खप्रओको सरकार पूरै असफल भइसक्यो रे । असफल भा’भे खप्रओ सत्तामै बसिरहन्थे त ? असफल भा’भे त बालकुमारीतिर गएर थन्किनुपर्ने थियो । तर खप्रओ त अहिलेसम्म बाल्वाटारमा सुति, उठी सिंहदरबारमा आएर बस्छन् । पाइपबाट घरघरमा ग्याास पुर्याउने भन्या छन्, हावाबाट विजुली निकालिदिने भन्या छन्, काठमाण्डौमा मेट्रो रेल चलाउने भनेका छन् । पूर्व पश्चिम रेल कुदाउने भन्या छन् । यही पेट्रोलको खानी खोजेर तेल फालाफाल पार्दिने भन्या छन् । यतिमात्र कहाा हो र ? बूढाबूढी, अशक्त, विद्यवा भत्ता बढाइदिएर सबैबाट आर्शीवाद पाएका छन्, कर्मचारीको तलब बढाइदिएका छन्् । हुनुसम्म गर्या छन् । अनि असफल भन्दिने ? कााग्रेस सत्तामा बस्दा कुनै कुरा नापिसरी लगाएन
क्यारे ? गर्न सक्ने लुर केही छैन अनि असफल भन्दियो फिनिस ।
आफै हानाहान
पद भन्या पनि साह्रै मापाको हुादो
रै’छ । पदका लागि मान्छे जेपनि गर्न तयार हुादो रै’छ । अब हेरौ न सत्तासीन झालेमालेका कर्मचारीहरु वीचमा अस्तिका दिन राम्रै पट्याङ्गपुटुङ्ग चलेछ । कतिका गालामा छाप परे, कतिका अनुहार डम्म सुन्निए । भएछ के भने आधिकारिक ट्रेड युनियनको नेतृत्व कस्ले लिने भन्ने सम्बन्धमा कर्मचारी संगठनमा विवाद भएसी’ एक अर्कामा चट्याङ्ग र चुुङ्ग
पर्या रै’छ । वैठकमा संघका अध्येक्षे पुण्य ढकाललाई नै बजाएछन् । अध्येक्षेलाई नै बजाएसी’ बबाल त हुने नै भयो । ट्रेड युनियनको निर्वाचनका एमाले निकट कर्मचारी संगठन पहिलो हुादै धेरै ठाममा विजयी भएको थियो, आधिकारिक ट्रेड युनियनमा जान धेरै आकांक्षी भएसी’ हम किसिसे कम नहीा त हुने नै भयो । धेरै दिन भा’थ्यो एमालेमा हानाहान नभएको बल्ल शुरुवात भएछ । अबचाहिा केही कुछ भैहाल्छ कि ?
अब के गर्लान् ?
टन्न भात बजाएर राजधानीको
रत्नपार्कमा रिले अनसनमा बसेका मधेशी मोर्चाका नेता,, संघीय गठबन्धनका नेताहरु गलेर फत्तर्याकफुत्रुक भएछन् । जति आन्दोलन गर्दा पनि खप्रओ
सरकारले कानमा तेल नहाल्दिएसी’
विचाराहरु विलखबन्धनमा परेका छन् । ६ महिना मधेश आन्दोलन गर्दा ३६ पटकसरकरसाग वार्ता गर्दा नि
सिंहदरबारबाट केही नझरेपछि
विचराहरुलाई कम्ता आपत पर्या छैन । सिंहदरबार घेरे, वाल्वाटार घेरे,
राजधानीका ठाम–ठाममा धर्ना दिए । तर उही सत्तरीको सात हातलागी
सुन्ना । बर्षा लायो, झरी बादलमा
रत्नपार्कमा बस्न सकिदैन । सरकारले चाडै वार्तामा बोलाएर दुई चारवटा मागमा तल्कुरे ‘क’ु लगाइदिए हुन्थ्यो भनेर विचराहरु हिजो आज खाली
सिंहदरबारतिर चियाउन थाल्या छन्
रे । हुति भए सरकारै ठप्प पार्ने आन्दोलन गर्नु हैन भने वित्थामा के ल्याङ्गलल्याङ्ग गरिराको होला ।
ग्रेड नतिजा
पहिला–पहिला एसएलसीलाई आइरन गेट माने फलामे ढोका भनिन्थ्यो । अहिले फलामे ढोकामा खिया लागेर शहीद भएछ । अब भुकम्पलाई रेक्टर स्केलमा नापेजस्तै गरी यसपटकको एसएलसी नतिजा आयो त्यसका बाजे जिपिए अरे । क्या हो जिपिए भन्या ? गााजा, फेन्सिडल, अल्कोहल भन्या त हैन ? कोही फेल हुादैनन् भनेर शिक्षा मन्त्रालयका ठेकेदरहरुले खुवै गुड्डी हााकेका थिए । तर कतिले कक्षा एघार पढ्नै नपाउने भएका छन् । तिनीहरुलाई सिधै फेल भा’को हो भनिदिनु नि । त्यो गर्न पनि ह्याउ छैन ।
अन्तेमा
हैन हो सिलासाङ्लो सरकारले एक बर्ष भित्रमा तीनवटा चुनाउ
गराउने भनेर अस्तिका दिन डंका पिट्यो । तर घण्टाघररलाइ माखो पनि विश्वास छैन । सरकारमा बसेकाहरुमात्र चुनाव लड्ने हो भने वातै खलास् । हैन भने थुतुनोले फलाकेर मात्र चुनाव होला जस्तो छैन । चुनाउ गर्न सबै दलहरुबीचमा राजनैतिक सहमति हुनुपर्छ । यतिबेला कााग्रेस र मधेशवादी दल चुनाव हुनै नसक्ने भन्दैछन् भने नेत्रविक्रम चन्दको पार्टीहरु चुनाव गर्नै नदिने भन्दैछन् । तर ओली वा चुनाउ गराई छाड्छु भनेर उफ्रन्दैछन् । गराउलान् उही शाहीकालमा नगरपालिकाको चुनाउ गरेजस्तै । खैर चुनाउ होस कि नहोस् घण्टाघरलाई लुतो न कन्याई ।
