बौद्धिक संस्कारहरु हुने

धरान/विगतका बर्षहरुमा झै यस बर्ष पनि विजयपुर अध्यात्मिक मञ्च धरान सुनसरीले पिण्डेश्वर बाबा धाम परिषरमा हिन्दु वैद्धिक संस्कारका कार्यक्रमहरु गर्ने भएको छ ।
मञ्चले विगत २०४८ सालदेखि अनवरत रुपमा हुादै गएको सामुहिक व्रतबन्ध, बेलविवाह, गुन्युचोली, छेवर लगायतका सस्कारहरु यस बर्षपनि गर्ने भएको हो । यसरी सम्पन्न हुादै आएका वैद्धिक सास्करमा सुनसरी, झापा,
मोरङ्ग, धनकुटा, उदयपुर, इलाम लगायतका स्थानहरुबाट सहभागिता रहने गरेकोले यसपटक पनि तिनै स्थानबाट सास्कारमा सहभागी हुने मञ्चका अध्यक्ष उद्दव अधिकारीले जानकारी दिनुभयो ।
यही चैत्र २९ गते सोमबार सम्पन्न हुने मञ्चकी सदस्य एवम् कार्यक्रम संयोजक श्रीमति दुर्गा काÏलेले बताउनुभयो । सामुहिक वैद्धिक सास्कारको मुख्य उद्देश्य फजुल खर्च नगरौ मितव्यायी बनाौं भन्ने हो, काफलेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया