धरानमा बालन, खैजडी भवन र शंखवादन सम्बन्धी निःशुल्क तालिमको आयोजना

धरान । आधुनिक जीवनशैलीको व्यस्तता र पश्चिमी संस्कृतिको बढ्दो प्रभावबीच हराउँदै गइरहेका नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले धरानमा बालन, खैंजडी भजन र शंखवादनसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । नेपाल ब्राह्मण समाज धरानको आयोजनामा सञ्चालन भएको उक्त पाँचदिने प्रशिक्षण कार्यक्रम एक समारोहबीच शुभारम्भ गरिएको हो । कार्यक्रम आगामी जेठ २५ गतेसम्म सञ्चालन भएको थियो । आयोजकका अनुसार प्रशिक्षणमा स्थानीय युवा, विद्यार्थी तथा संस्कृति संरक्षणमा रुचि राख्ने सर्वसाधारणलाई सहभागी गराइएको थियो । पछिल्लो समय मौलिक सांस्कृतिक परम्परा ओझेलमा पर्दै गइरहेका बेला नयाँ पुस्तालाई आफ्नै धर्म, संस्कृति र पहिचानसँग जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा वक्ताहरूले बालन, खैंजडी भजन र शंखवादनको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरेका थिए । सहभागीहरूलाई यी विधाको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ । शंखवादन प्रशिक्षक तथा सांस्कृतिक अभियन्ता तुलसी ढुंगानाले शंखवादन केवल धार्मिक अनुष्ठानमा सीमित नरही स्वास्थ्य र अनुशासनसँग समेत जोडिएको बताउनुभयो । उहाँले शंख फुक्ने सही विधि, ध्वनि नियन्त्रण तथा वैदिक परम्परा अनुसारको अभ्यासबारे प्रशिक्षण दिनुहुनेछ । उहाँले धार्मिक सँस्कृतिको महत्वको कुरा उजागर गर्दै सनतान धर्ममा भएका धार्मिक साँस्कृतिक परम्परा युवा पुस्तासम्म पु¥याउने उद्धेश्यले निःशुल्क प्रशिक्षण दिइएको बताउनुभयो ।

नेपाल ब्राह्मण समाजका अध्यक्ष उद्धव अधिकारीले आधुनिक प्रविधिको प्रभावका कारण मौलिक लोकसंस्कृति क्रमशः हराउँदै गइरहेको उल्लेख गर्दै यस्ता प्रशिक्षणले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजमा रहेको अमूल्य सांस्कृतिक ज्ञान बालबालिका र युवापुस्तामा हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले भजन हिन्दु सनतान धर्मको महत्वपूर्ण धार्मिक साँस्कृति महन्त्व बोकेको परम्परा रहेको र शंख पूजाआजा लगायत मृत्युसम्म बजाउने परम्परा हिन्दु सनतान धर्ममा रहेकोले यसलाई जगेर्ना पनि छालिमको आयोजना गरिएको बताउनुभयो । त्यसैगरी ब्राम्हण समाज नेपालका केन्द्रीय प्रतिनिधि सेवन्त बरालले धरान शाखाको पहललाई समयानुकूल र प्रशंसनीय भन्दै यसले सांस्कृतिक पुनर्जागरणको सन्देश दिएको बताउनुभयो । उहाँले यस्ता अभियान अन्य स्थानका सांस्कृतिक संस्थाहरूका लागि पनि उदाहरणीय बन्न सक्ने धारणा
राख्नुभयो । हिन्दु सनातन धर्मका पहिचानहरु हराउदै गएकोले यस्ता प्रशिक्षणले स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो । आयोजकका अनुसार प्रशिक्षण अवधिभर सहभागीलाई शंखवादनका विभिन्न विधि, बालन नृत्य–नाटकको प्रस्तुति शैली, खैंजडी भजनको लय तथा देवभजन संकीर्तनका विविध पक्षबारे अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । धरानमा सुरु भएको यो अभियानले मौलिक कला र संस्कृतिको संरक्षणसँगै युवापुस्तामा आफ्नो इतिहास, परम्परा र सांस्कृतिक पहिचानप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै समाजमा सांस्कृतिक चेतना, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न पनि कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकहरूको छ ।

तपाईको प्रतिक्रिया