धरान । भारतको चिप अफ डिफेन्स स्टाफ (सिडिएस) मा सेवा निवृत्त PVSM, AVSM, SM, VSM (परम विशिष्ट सेवा, अति विशिष्ट सेवा, सेना र विशिष्ट सेवा पदक प्राप्त लेÏिटनेन्ट जनरल एनएस राजा सुब्रमणि नियुक्त हुनु भएको छ । भारतका तीन सेना जल, स्थल र हवाई कमान अब एनएस राजा सुब्रमणिले सम्हाल्नु हुने भएको छ । उहाँले आइतबार नयाँदिल्ली स्थित साउथ ब्लकमा राष्ट्रपति द्रोपदी मुर्मुबाट सपथग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएको थियो । CDS (Combined Defence Services) पदभार ग्रहण गर्नु अघि बीर शहीदहरुको स्मारकमा भावपूर्ण पुष्पहार अर्पण गर्नुभएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार यसभन्दा अगाडि जनरल सुब्रमणिले राष्ट्रिय सुरक्षा परिषद् सचिावालयमा सैन्य सल्लाहकारका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । ८ गरवाल राइफल्सबाट भारतीय सेनामा आफ्नो करिअर शुरु गर्नुभएका सुब्रमणी सन् २०२५ जुलाई ३१ बाट भारतीय सेनाका उपप्रमुखबाट सेवा निवृत्त हुनु भएको थियो । उहाँ सन् २०२४ जुलाई १ देखि जुलाई ३१, २०२५ सम्म भारतीय सेनाको उपप्रमुख हुनुहुन्थ्यो । यसैगरि सन् २०२३ मार्चदेखि सन् २०२४ जुन सम्म केन्द्रीय कमाण्डको जनरल अफिसर कमाण्डिङ्ग इन चिफ रहनु भएको थियो । सन् १९६५ जुलाई २१ मा जन्मनु भएका जनरल राजा सुब्रमणीले सन् १९८५ डिसेम्बर १४ देखि सन् २०२५ जुलाई ३१ सम्म भारतीय सेनामा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
