धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशकमा सह–प्राध्यापक डा. इन्द्र लिम्बुलाई नियुक्त गरिएको छ । चाकडी, भनसुन र नजराना बुझाएर राजनीतिक नियुक्ति पाएका प्रतिष्ठानका चार जना पदाधिकारी उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक डा. जगतनारायण र कुलसचिव प्रा.डा. सूर्य सङ्ग्रौलालाई प्रधानमन्त्री बालेन्द्र साहले ल्याएको अध्यादेश गत शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै स्वतः पदमुक्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अधिकार प्रत्यायोजन गर्दै डा. लिम्बुलाई अस्पताल निर्देशकको जिम्मेवारी दिएको हो ।


“सह–प्रा.डा. लिम्बुलाई अर्को व्यवस्था नभएसम्मका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दैनिक कार्य सञ्चालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित निमित्त कार्यालय प्रमुख (अस्पताल प्रमुख) को जिम्मेवारी तोकिएको व्यहोरा वैशाख २४ गतेको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ ।”
