साहित्य कला संगमद्वारा नौ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित

दमक । झापाको दमकस्थित साहित्य कला संगमले नौ जना श्रष्टाहरूलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । शनिवार दमकमा आयोजित एक कार्यक्रमका बीच संगमले विगत लामो समयदेखि भाषा, साहित्य, कला, संस्कृति, संगीत, खेलकुद क्षेत्रमा योगदान पु¥याउनेहरूलाई पुरस्कृत एवम् सम्मानित गर्ने कार्यलाई निरन्तता दिएको हो । सम्मानित एवम् पुरस्कृत हुनेहरूमा झापाका साहित्यकार, सुनसरीका साहित्यकार प्रा.डा. भीम खतिवडालाई कलश्री पुरस्कार, भवानी मिश्र अन्तर्राष्ट्रिय पुरस्कारबाट भारत असमका साहित्यकार मोहन सुवेदी, बैतडीका श्रष्टा बासुदेव पाण्डेलाई प्रभावकर, मोरङका श्रष्टा खेम नेपाली, झापाका वीरेन्द्र चोक्लिङ्ग र बिर्तामोडका राजेन्द्र संग्रौलालाई जनही ३५ हजार राशीसहित सम्मान गरिएको थियो । यस्तै झापाका साहित्यकार मेघराज तिम्सिनालाई १५ हजार राशीको निरौला स्मृति पुरस्कार, चन्द्रवीर खड्का स्मृति पुरस्कारबाट ११ हजार राशीको मीना अधिकारीलाई प्रदान
गरिएको थियो ।

प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मोरङ, सुनसरी, इलाम, झापाका १५० जना भन्दा बढी अग्रज, अनुज र समकालीन साहित्यकारसँगै देशका र विदेशका समेत श्रष्टाहरूको उपस्थिति रहेको थियो । विन्दु दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, कार्यक्रममा सभापति, प्राज्ञ सुवित्रा वाङ्देल, दिपेश दाहाल, साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ लगायतले श्रष्टा एवम् साहित्यकारहरूलाई पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो भने यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य र सञ्चालन संगमका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया