नेपाली चिकित्सक संघ (बिपी प्रतिष्ठान शाखा)का नयाँ पदाधिकारी घोषणा

धरान । — चिकित्सकहरुको हित संरक्षण गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार, . तालिम र ज्ञान आदान–प्रदान, जनस्वास्थ्य प्रवद्र्धन गर्दै सरकारसँग समन्वय गर्दै आएको नेपाली चिकित्सक संघ अन्तर्गत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शाखाले नयाँ पदाधिकारीहरूको घोषणा गरेको छ । शाखाले क्षेत्रीय चिकित्सकहरूबीच सहकार्य सुदृढ गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, अनुसन्धान तथा सामुदायिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा डा. अरुण कुमार सिंह चयन हुनु भएको छ ्। त्यस्तै, पूर्व अध्यक्ष (एक्स–अफिसियो) का रूपमा डा. रोशन कालवार, वरिष्ठ उपाध्यक्षमा डा. धन केशर खड्का र उपाध्यक्षमा डा. राजेश प्रसाद साह रहनु भएको छ । महासचिवमा डा. दीपेन्द्र मिश्र, कोषाध्यक्षमा डा. सरदा खड्का, सह–सचिवमा डा. देवराज घिमिरे तथा सह–कोषाध्यक्षमा डा. प्रज्वल गजुरेल चयन हुनु भएको छ ।
यसैगरि कार्यसमितिका सदस्यहरूमा डा. दीपक पौडेल, डा. अञ्जनी कुमार यादव, डा. विजय कुमार खनाल, डा. पूर्णकला गुरुङ, डा. वीरेन्द्र मण्डल र डा. विष्णु खरेल रहनु भएको छ भने सम्पादक (चिफ) का रूपमा डा. तारा कान्त भगत र सल्लाहकारमा प्रा. डा. सुरेश साह नियुक्त हुनु भएको छ ।

नवनियुक्त अध्यक्ष डा. अरुण कुमार सिंहले चिकित्सकहरूबीच सहकार्य, अनुभव आदान–प्रदान र सेवा विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी कित्सकहरूबीच समन्वय बढाउँदै नियमित स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा तालिमहरू सञ्चालन गर्नेछौं,’ उहाँले भन्नुभयो । संघले आगामी दिनमा चिकित्सकहरूको क्षमता अभिवृद्धि, अनुसन्धानमूलक गतिविधि प्रवद्र्धन तथा समुदाय केन्द्रित स्वास्थ्य सेवामा जोड दिने योजना सार्वजनिक गरेको छ । साथै, ग्रामीण तथा विपन्न क्षेत्रलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर, सेमिनार र जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाएको छ । यस पहलबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आवद्ध चिकित्सकहरूबीच सहकार्य अझ सुदृढ भई स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया