इटहरी, चैत ५ । इटहरी वडा नं। ५ मा अवस्थित वेवीलोन सेकेन्डरी बोडिङ् स्कुलको १५ औं वार्षिकोत्सव विहीबार भएको छ । वार्षिकोत्सवको अवसरमा वर्षभरीमा विभिन्न विधामा उत्कृष्ट हुने र शैक्षिक नतिजामा उत्कृष्ट हुने छात्राछात्रलाई पुरस्कार प्रदान गरियो । विभिन्न क्षेत्रका उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्ल, एन प्याब्सन सुनसरी जिल्ला उपाध्यक्ष गणेश कोइराला, निवर्तमान अध्यक्ष नारायण सन्जेल, विद्यालयका सञ्चालक पुन्यप्रसाद अधिकारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतसँगै अन्य विभिन्न खाले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका अञ्जु गौतम र तुलसी घिमिरले मनोरञ्जन प्रदान गरेका थिए ।


विद्यालय सञ्चालक अधिकारीले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति सदैव दृढ भएर लाग्ने बताए । उनले अभिभावकले पनि आफ्ना नानीहरुको बारेमा चाँसो राखेर विद्यालय प्रशासनलाई सहयोग गर्न आह्वान गरे । सो क्रममा विद्यालयका प्रिन्पिसल कुसुम राई र शैक्षिक निर्देशक मिल्सन राईले पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरे ।

