स्वास्थ्यमन्त्री धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

धरान । संविधानमै उल्लेख नागरिकको स्वास्थ्यमा पहुच’ कागजमात्र सीमित रहेको जनगुनासो बढिरहँदा जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर स्वास्थ्य क्षेत्रको वास्तविकता बुझ्न आइपुग्नुभयो । उहाँले प्रतिष्ठानका पदाधिकारीसँग प्रत्यक्ष भेटघाट गरी समस्या र समाधानको विषयमा छलफल समेत गर्नुभयो । स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुच नभएको , बीमा प्रणाली झन्झिटिलो भएको लगायतका सर्वसधारणको गुनासो सबै अस्पतालमा दिनप्रतिदिन बढ्दै गएपछि अन्य अस्पतालसँगै प्रतिष्ठानमा स्वास्थ्य मन्त्री डा.सुधा गौतम आउनु भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री डा. गौतमले प्रतिष्ठानका सबैसँग भेटघाट गर्नुभयो । अस्पतालमा विरामीको चाप, प्रतिष्ठान धरासायी बन्दै गएकोले आवश्यक स्वास्थ्य सामाग्रीको समस्या तथा फार्मेसी बन्दका विषयमा नजिकबाट बुझ्ने प्रयास गर्नुभयो । पूर्व पश्चिमका अस्पालहरुको निरीक्षण गर्दे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुग्नु भएकी डा. गौतमले सर्वसाधारणमा हुने सेवा विस्तार, अस्पतालको अवस्था लगायतका कुरामा पदाधिकारीहरुसँग जिज्ञासा राख्नुभयो ।

यसपटकको भ्रमण औपचारिक सौजन्य भेट वा कागजी निरीक्षणको दायरा मात्र नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले संघ मातहतका अस्पतालहरूको वास्तविक अवस्था, चिकित्सक तथा कर्मचारीहरूको गुनासो, प्रशासनिक कठिनाइ र सेवा प्रवाहका चुनौतीहरू आफैं अवलोकन गर्ने उद्देश्य राखेकै कारण धरानको दक्षिण एसियाकै प्रतिष्ठित अस्पताल बीपी प्रतिष्ठानमा आएको बताउनुभयो । सिनेट बैठकका लागि तयारीका विषय बुझ्नुपर्ने औपचारिक कारण भए पनि मूल विषय भने प्रणाली सुधारको आवश्यकताको थाहा पाइरहनु उहाँको उद्देश्य थियो । उहाँले प्रतिष्ठानका पदाधिकारी हरुलाई अस्पताल कसरी चलेका छन्, शैक्षिक संस्थाको अहिलेको अवस्था कस्तो छ, समस्या कहाँ छ(यी कुरो कागजमा मात्र पढेर बुझिँदैन, आफ्नै आँखाले हेरेर, यहाँका सबैसँग बसेर कुराकानी गरेपछि सही निर्णय लिन सजिलो हुन्छसम्म भन्न भ्याउनुभयो । चिकित्सकदेखि प्रशासन र कर्मचारीसम्म, सबैसँग भेटेर काम गर्ने वातावरण कस्तो छ भन्ने बुझ्न चाहनु, उहाँको यात्राको एउटा महत्वपूर्ण पाटो थियो । जेन(जी आन्दोलनले देशभरै उठाएको ‘सुसासन र सुधार’ को भावनालाई उहाँले स्वास्थ्य क्षेत्रमा लागू गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो । उहाँले सरकारको प्राथमिकता भ्रष्टाचारमुक्त देश बनाउनु र प्रणाली सुधार गर्नु हो । जनताले दुःख पाउन नपरोस्, धेरै पर्खिनु नपरोस्, क्लिनिक सहज चलोस् भन्ने विषयमा प्रतिष्ठानका पदाधिकारीहरुलाई सुझाव समेत दिनुभयो । मंगलबारको दिन मन्त्री गौतमका लागि निरीक्षण र संवादको दिन थियो, तर परिवर्तनको आवाजबाट जन्मिएको सरकारले स्वास्थ्य क्षेत्रलाई कसरी व्यवस्थित बनाउँछ भन्ने जनअपेक्षा त्यो भन्दा बढी रहेको पाइएको थियो । उहाँले सुरु गरेको प्रत्यक्ष अवलोकन र संवाद कतिको प्रभावकारी हुन्छ भन्ने कुरा आगामी हुने निर्णयको प्रभाविकारिता र स्वास्थ्य क्षेत्रमा बन्ने नीतिले नै देखाउनेछ ।

तपाईको प्रतिक्रिया