मधेश प्रदेश टुक्र्याउने षड्यन्त्र

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री र मधेश प्रदेश प्रमुखको कार्यालयमा सोमबार तोडफोड भएको छ । एमालेको कोटाबाट मधेश प्रदेश प्रमुखमा नियुक्त भएकी सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोजकुमार यादवलाई सिन्धुलीको पानस होटलमा कार्यक्रमको आयोजना गरी मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशबासीहरूले नाराबाजीसहित तोडफोड गरेका हुन् ।

मधेश प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेश सरकार गठनको आह्वान नै नगरी एमालेको निर्देशनमा यादवलाई आइतबार नियुक्त गरेर काठमाडौं उपचारको बहानामा भागेकी थिइन् । भण्डारीको उक्त निर्णय पश्चात सोमबार विहानैदेखि अन्य राजनीतिक दलहरूले समेत विरोध प्रदर्शन र तोडफोड गरेका छन् ।
मधेश प्रदेशका आम सर्वसाधारणले भन्न थालेका छन्– मधेश प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेशहरू नै खारेज गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यही मौकामा जनमत पार्टीका अध्यक्ष सिके राउतले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । उनले मुख्यमन्त्री नियुक्ति विवादसँगै मधेशलाई स्वायत्त राज्य बनाउन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया