रायोको सागमा अत्याधिक विषादी भेटियो

धरान । जुनसुकै रोग लाग्दा पनि चिकित्सकहरुले सागसब्जी र फलफूल खान सल्लाह दिन्छन् । सागसब्जी र फलफूल खाँदा रोग नियन्त्रणमा सहयोग पुग्दै मानिस स्वस्थ हुन सहयोग पुग्ने सर्वव्यापी कुरा हो । तर हामीले प्रयोग गरेको सागसब्जीमै कृषि बजारमा विक्री गर्न ल्याएको रायोगको सागमा विषादी प्रयोग भएको पाइएको छ । यसले सागसब्जी खाँदा स्वस्थ्य हुइन्छ मान्यतामा समेत आशंका उब्जाएको छ । धरानस्थित कृषि उपज बजारमा बिषादी परीक्षण गर्दा १९ किलो रायोको सागमा प्रसस्त विषादी भेटिएको छ । परिक्षणपश्चात भेटिएको विषादीयुक्त रायोगको साग नष्ट गरिएको छ । पहाडी क्षेत्रबाट ल्याइएको साग आर्गनिक भनेर खरिद गर्ने गरिएको पाइएको छ, अझ परीक्षण विना नै कतिपयले अर्गानिक सागसब्जी भन्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलबार्ड गरेको पाइन्छ । यस्तै भएको छ धनकुटाको डाडाँबजारबाट विक्रीका लागिएको सागमा प्रसस्त विषादी भेटिएको हो । परीक्षण गरिएका विभिन्न १० वटा तरकारीका नमुनाहरुमध्ये डाँडाबजारबाट आएको रायोको सागमा खान अयोग्य हुने गरि बिषादी भेटिएको हो ।

कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले यहाँ एक बर्ष अगाडिदेखि सागसब्जी, फलफूलमा विषादी मापन गर्ने गर्छ । यसभन्दा अगाडि पनि यस्तै प्रकृतिका विषादीयुक्त सागसब्जी भेटिएएर नष्ट गरिएको थियो । धरान उपमहनगरपालिकाका उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले धरान उपमहानगरपालिकाले यस्ता कुरामा निगरानी गरिरहेको बताउनुभयो । उहाँले विभिन्न स्थानबाट आएका सागसब्जी फलफूल बजारमा भएको विषदाी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले परीक्षण गर्ने परीक्षण गरिएका सागसब्जी तथा फलफूलमा खान नहुने गरी प्रसस्त रुपमा विषादी प्रयोग गरिएको पाइएमा नष्ट गर्ने गरिएको बताउनुभयो । बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइल एकाइका प्रमुख रुपेश रिजालले परीक्षणबाट रायोको सागमा अर्गानोफस्फेट समुहको बिषादी अत्यधिक प्रयोग भएको देखिएको बताउनुभयो । परीक्षणको क्रममा डाँडाबजारबाट आएको सागमा ६१।९१४१ प्रतिशत अर्गानोफस्फेट देखिएको उहाँले । उहाँका अनुसार तरकारी परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम आएमात्र खान योग्य हुने र ३५ देखि ४५ प्रतिशत देखिऐ क्वारेन्टाइनमा केही दिन राखेर मात्र उपभोग गर्न मिल्ने बताउनुभयो । यो विषादी मापन केन्द्र कृषि उपज बजारमा राखिएकोले कृषि बजारमा मात्र आएका कृषिजन्य सामाग्रीको मात्र विषादी मापन हुने अन्य ठाउँमा नहुदा यसले पार्ने अवसरका विषयमा कसैलाई जानकारी नहुने कृषि उपज बजारका अध्यक्ष काजी गिरीले बताउनुभयो । उहाँले कृषकले ल्याएको कृषिजन्य वस्तु परीक्षण गरेर नष्ट गर्ने भन्दा पनि राज्यका तर्फबाट कृषकसम्मै पुगेर सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषि बजारमा विषादी मापन हुन थालेपछि कतिपय कृषकले कृषि बजारमा कृषिजन्य सामाग्री नै ल्याउन छाडेको बताउनुभयो । विषादी मापन उपभोक्ताको स्वास्थ्यका लागि सही भएपनि सबै ठाउँका कृषिजन्य सामाग्री समेटिएको छैन । राज्यका तर्फबाट कृषहरुसम्मै पुगेर सचेतना फैल्याउन सकेमात्र यस्ता सागसब्जी उत्पादनम नियन्त्रण हुने थियो । यो बजारमा पूर्वी पहाडी जिल्ला, तराईका जिल्लाहरुबाट सागसब्जी तथा फलफूल आउने गरेका छन् भने यहाँबाट नेपाल लगायत भारतसम्म निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया