धरान÷धरानमा ट्याटु हाउस सञ्चालनको नाममा लागू औषध कारोबार गर्ने सञ्चालन गरेको पाइएको छ । धरान उप–महानगरपालिका–१५ स्थित सञ्चालनमा आएको एक ट्याटु हाउस प्रहरीले छापा मार्दा लागू औषध फेला पारेपछि सो रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार सूचनाका आधारमा आईतवार साँझ ७ः३५ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मारेको मारेको थियो ।

छापा मार्ने क्रममा धरान–१५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको सो ट्याटु हाउसर्मा लागू औषध ब्राउन सुगर ६८० मिलिग्राम पदार्थ, ट्रामाटोल १०५४ चक्की, Calero ९८५ चक्की र Decolmin ३४ चक्की बरामद गरेको थियो । प्रहरीले घटनास्थलबाट योजन राईसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा धरान १५ का ३६ बर्षीय योजन राई , २७ बर्षीय दिपेन मगर , २१ बर्षीय जगत मगर , ३३ बर्षीय कृष्ण राइ, ३२ बर्षीय सुरज कार्की , २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुल जानकारी गराउनुभयो । उनीहरूमाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
