नौलो बस्तीमा थप क्षति नपु¥योस् भनेर स्थानीय लाए तारजाली

धरान । सर्दुखोला आसपासका सर्वसाधारणहरुले बाढीको प्रकोपबाट बर्षेनी क्षति व्यहोर्नुपरेको दृष्टान्तलाई मध्यनजर गरी टोलबासीहरु आफै सक्रिय भएर अल्पकालीन रोकथामका लागि तारजाली लगाउन कार्यमा सक्रिय रहेका छन् । बर्षेनी बर्षाद्को समयमा खोला आसपासका सर्वसाधारणहरुले बाढीले घर जग्गा नै लग्ने हो कि भन्ने त्रासमा बाच्दै आएका सर्वसाधारणलाई नेपाली काँग्रेसले समेत यसमा सहयोग गरेको छ । धरानमा बर्षेनी सेउती र सर्दु खोलामा बसोबास गर्ने सर्वसाधारणको बर्षादको समयमा आएको बाढीले क्षति पु¥याउने गर्छ । उनीहरु जीउधनको सुरक्षाका लागि रातभरि सुत्दैनन् । खोलाले धार परिवर्तन गरेकै कारण पानी बस्तीभित्र पस्ने खतरा बढ्दै गएको हो । यसैलाई मध्यनजर गरी धरान १६का टोलबासीहरुले खोलाको धार परिवर्तनलाई रोक्न तारी जाली लगाउने काम सक्रियता पूर्वक गरिरहेका छन् । नेपाली काँग्रेसका स्थानीय नेता तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले विगतमा पनि टोलबासीसँग समन्वय गरेर खोलाको वहावलाई बस्तीभित्र छिर्न नदिन तारजाली लगाउने काममा नेपाली काँग्रेसले स्थानीयबासीसँग सहकार्य गरेर काम गदै जोखिम कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । धरान १६ नौलोबस्ती लगायतका क्षेत्रहरुमा बढी क्षति गर्ने, ढुंगा नै बगाएर ल्याउने भएकोले यसलाई थोरै भए नियन्त्रण गर्न सकियोस् भन्ने अभिप्रायले बर्षेनी तारजाली लगाउने कामलाई निरन्तता दिँदै आएको बताउनुभयो ।

केही समय अगाडि पनि धरान १६ नौलो बस्तीमा धेरै क्षति पु¥याएको थियो ।, स्थानीयको घरभित्र पानी पस्ने, जमिन कटान गर्दे लाने समस्या भएको थियो । यसैलाई मध्यनजर गरी स्थानीयहरुको सक्रियतामा आफूहरुको समेत प्रयासमा खोलाको बहावलाई नियन्त्रण गर्न पनि सक्रियतापूर्वक काम शुरु गरिएको नेपाल तरुण दल धरान नगर समितिका अध्यक्ष राम तामाङले बताउनुभयो । स्थानीयले रकम उठाएर स्थानीयकै श्रमदानमा नेपाली काँग्रेसको सहयोगमा तारजाली लगाउने काम गरिएको धरान १६ नौलो बस्तीका स्थानीय भीम गिरीले बताउनुभयो । उहाँले सर्दु खोलाले पु¥याउने बर्षेनी क्षतिको विषयमा स्थानीय सरकार धरान उपमहानगरपालिमा जानकारी गराउँदा उपमहानगरपालिकाले वेवास्ता गरेपछि टोल कमिटीबाट रकम संकलन गरेपछि नेपाली काँग्रसले थप रकम थपिएको बताउदै ट्याक्टर सहयोग स्थानीय विक्रम तामाङले गरेको बताउनुभयो । उहाँले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो । धरानमा जनश्रमदान तथा स्थानीयबासी जुटेर विकासको मोडलका कामहरु भने अहिलेदेखि भएको होइन । विगतमा पनि धरानका सडकहरु बन्दा धरान उपमहानगरपालिकाको ६० र स्थानीय टोलबासीको ४० प्रतिशत लगानीमा बन्ने गर्दथ्यो र अहिले पनि त्यही ट्रेन जारी छ । यस्तै विपत्तका समयमा समेत धरानका स्थानीयहरु कसैको मुख नताकी आफ्नो काम आफै गर्ने परम्परा अझै कायम छ । यसले गर्दा धरानमा बाढी तथा प्राकृतिक प्रकोपबाट ठूलो क्षति भएको पाइदैन ।

तपाईको प्रतिक्रिया