धार्मिक तथा साँस्कृतिक पक्ष नेपाल र नेपालीका सम्पत्ति हुन्–मुख्यमन्त्री हिकमत कार्की

धरान । धरानमा विहीबारदेखि विधिवत रुपमा बोलबम शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पिण्डेश्वर मन्दिरमा जल अभिषेक गर्दै विधिवत रुपमा बोलबम शुरु भएको घोषणा गरेका छन् । यस बर्षको बोलबम मेला शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जल अविशेष गरी विहीबार बोलबम मेलाको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले धार्मिक तथा सांस्कृतिक कुराहरु नेपालीहरुको पहिचान भएको बताए । धार्मिक तथा साँस्कृतिक पक्षले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई परिचित गराउने उल्लेख गर्दै यसको प्रवद्र्धन, विकास तथा संरक्षण गर्ने दायित्व सबैको भएको स्पष्ट पारे ।


उनले पिण्डेश्वर मन्दिरसम्म जोड्ने जीर्ण बाटोको विषयमा कोशी प्रदेश यसमा गम्भीर भएको बताउदै यो बाटो निर्माणका लागि कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यस बर्षको बजेटमा दन्तकालीदेखि पिण्डेश्वरसम्म जाने सडकको लागि डेढ करोड रुपैया बजेट छुट्याएको बताउदै आगामी दिनमा अन्य बजेट थपेर विजयपुरका मठमन्दिर आसपासका जीर्ण बाटाहरु निर्माण गर्ने प्रतिबद्धता जनाए । यसबर्षको बोलबममा अत्याधिक भीड हुने अवस्था रहेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने बताए । साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास रही आएको छ । त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेका छन् । धरानमा बोलबम मेला २०३९ सालबाट शुरु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया