इन्द्रप्रस्थ जेष्ठ नागरिकले जेष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग-यो

धरान । जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ २८ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए । धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको सहकार्यमा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरबाट १ हजार ६ सय भन्दा बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएको समाजकी अध्यक्ष दिव्यश्वरा गौतमले जानकारी दिनुभयो । यसमा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. ६ ले भरपुर सहयोग पु¥याएको छ । स्वास्थ्यको पहुच नपुगेका, अस्पतालसम्म जान नसक्ने वर्गलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर लाभदायक भएको नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष एवम् इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजका अगुवा बासुदेव गौतमले बताउनुभयो । जेष्ठ नागरिकमा स्वास्थ्य सचेतना नहुने, सिकिस्त भएपछिमात्र अस्पतालसम्म पुग्ने अवस्था भएकोले स्वास्थ्य चेकजाँचसँगै सचेतनामूलक कार्यक्रम गर्दै आयोजना गरिएको स्वास्थ्य शिविर लाभदायक भएको बताउनुभयो । शिविरबाट जेष्ठ नागरिकहरुले गाउँमै विशिष्ट चिकित्सकहरुद्वारा मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका जेष्ठ नागरिकहरुले भरपुर फाइदा उठाएका थिए ।


स्थानीय सरकारको प्रत्याभूति दिनकै लागि जेष्ठ नागरिकका हरेक कार्यक्रममा सहयोग पु¥याउदै आएको ६ नंं वडा कार्यालयले बार्षिक क्यालेन्डरमा राखेर निरन्तता दिने जनाएको छ । वडाध्यक्ष भुपेन्द्र भट्टराईले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर भएकोले यसलाई निरन्तता दिने बताउनुभयो । स्थानीय सरकार धरान ६ ले यस भन्दा अगाडि वैसाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा सबैले आ आफ्ना ढंगबाट आमालाई खानपिन र लत्ताकपडा वितरणसँगै सम्मान गरेको थियो । ज्येष्ठ नागरिकको सम्मानस्वरुप स्थापना भएको इन्द्रप्रस्थ ज्येष्ठ नागरिक समाजले वडा कार्यालयसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याइदने, साँस्कृतिक कार्यक्रम भजन कीर्तन संगीनि जस्ता कार्यक्रममा जेष्ठ नागरिकसँगै युवा पुस्तालाई समावेश गरेर आयोजना गर्ने लगायतका धेरै कार्यक्रम गरिदै आएको छ । यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई समाज तथा परिवारबाट एक्लो भएको महसुस नै नहुने गरेको जेष्ठ नागरिकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया