धरान । नेपाल सरकारद्वारा जारी स्वास्थ्य बिमाका कारण नीजि क्षेत्रबाट सञ्चालित औषधि पसलहरु धरासायी बन्दै गएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल औषधि व्यवसायी संघ सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो गुनासो पोखेका हुन् । उनीहरुले सरकारले पूर्वाग्रही तरिकाले ठुलठुला अस्पताललाई मात्र वीमा कार्यक्रम दिएकाले सबै थोक एवं खुद्रा ब्यबसायीहरु मर्कामा परेको बताएका हुन् । सो अवसरमा बोल्दै संघका महासविच नविनराज गौतमले सरकारको विमा नीतिका कारण ब्यबसाय नै धरापमा पर्ने खतरा रहेको बताउनुभयो ।

इटहरीस्थित होटल गंगा जमुनामा आयोजित कार्यक्रममा संघका अध्यक्ष दीपेन्द्रकुमार साहले पछिल्लो समय सुनसरीमा औषधी व्यवसायी संचालन गर्दै आएका ब्यवसायीहरुको समस्यामा संघले केही समाधान गर्ने उपायका विषयमा थोक व्यापारीहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । १ सय जना व्यवसायी संघमा दर्ता भएपनि कार्यक्रममा ५० जना व्यवसायीको मात्र सहभागिता रहैको थियो । उनीहरुले कारोवारमा कमिसँगै ै अस्वस्थ्य प्रतिस्पर्धा बढेको, स्वास्य विमा लागु भएका फार्मेसीहरुमा थोक विक्रेता मार्फत नभएर सिधै कम्पनी तथा आयातकर्ता मार्फत औषधि खरिद हुने गरेकोले औषधीका थोक विक्रेताहरु थप समस्यामा परेको बताएका थिए ।
