धरान/शक्ति सम्पन्न राष्ट्र
भारतले आफ्नो स्वतन्त्रताको ६९ औं बर्ष गााठ भव्यताका साथ आज मनाउदै छ ।
आजको गौरवपूर्ण दिनलाई उसले आफ्नो मुलुकभित्र मात्र नभएर आफ्ना कुटनीतिक नियोगहरुमार्फत संसारभरि नै खुशी साटासाट गर्देछ । धरान स्थित
रहेको पेन्सन वितरण कार्यालयले समेत विगतका बर्षहरुमा झौ यस बर्ष पनि आफ्नै परिषरभित्र आजको दिनलाई भव्यताका साथ मनाउदै छ ।
धरानका लब्ध प्रतिष्ठित समाजसेवीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, उद्योग व्यवसी, पूर्वाञ्चलमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरु आमन्त्रित रहने उक्त समारोहमा पेन्सन वितरण कार्यालय
परिषरमा रहेको बीर सैनिकहरुको
स्मारकमा माल्यार्पण हुने छ । लगत्तै आगन्तुक सबैसाग शुभकामना आदाप्रदान, स्वतन्त्रता दिवसको ऐतिहासितामाथि प्रकाश पार्ने काम समेत सोही अवसरमा हुने गरेको छ ।
